Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ
पर्यटकको गन्तव्यस्थल बन्दै ताप्लेजुङ
बिहीबार, वैशाख ७, २०८०
Taplejung
Hardik health
ताप्लेजुङ– वसन्त ऋतु घुम्नका लागि उपयुक्त समय हो । चरम मौसमी अवस्थाको सामना नगरी प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि उपयुक्त यो समयमा नेपालका थुप्रै ठाउँ हाम्रो रोजाइमा पर्न सक्छन् । तीमध्ये धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो । यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ । विश्वको तेस्रो अग्लो (८५८६ मिटरको उचाइमा रहेको) कञ्चनजङ्घा, हिमाल पर्वतारोही र पदयात्रा गर्नेका लागि उपयुक्त गन्तव्य हो । कञ्चनजङ्घासहित त्यस वरपरका परिदृश्यले आरोही एवं पदयात्रीलाई आनन्द प्रदान गर्ने भएकाले उक्त हिमालमा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । चैत, वैशाख, जेठ, कात्तिक र मङ्सिर महिनामा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु पदयात्राका लागि आउने गरेका छन् । आरोहण भने वैशाख र जेठमा हुने गरेको छ । पर्यटन व्यवसायीका अनुसार सामान्यतया ४५ दिनमा कञ्चनजङ्घा आरोहण गरेर फर्किन सकिन्छ भने सदरमुकाम फुङ्लिङदेखि कञ्चनजङ्घा आधारशिविर पदयात्रा गरेर फर्किन करिब १७ दिनको समय लाग्छ । कञ्चनजङ्घा जान तीन वटा पदमार्ग छन् । सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने तापेथोक, घुन्सा र अर्को सुकेटार हुँदै सिरिजङ्घा गाउँपालिकाको तेल्लोक याम्फुदिन भएर पुग्न सकिन्छ । यस्तै पाँचथरको गणेशचोक, आम्बेगुदिनस्थित हप्पुखोला र खेवाङ हुँदै अर्को बाटोबाट पनि जान सकिन्छ । याम्फुदिन र तापेथोकसम्म सवारी साधनमै जान सकिन्छ । झापाको विर्तामोडबाट मेची राजमार्ग र धरानबाट तमोर करिडोरको बाटो हुँदै ताप्लेजुङमा आउन सकिन्छ । कञ्चनजङ्घा पदयात्राका क्रममा पहाडका टाकुरा, हरियाली वनजङ्गल, खोला, झरना, हिमाली क्षेत्रका चराचुरुङ्गी र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । पदयात्राकै क्रममा विभिन्न जातजातिको वेषभूषा, भाषा, संस्कार संस्कृति र रहनसहनलाई समेत नियाल्न पाइन्छ । पदमार्गका विभिन्न ठाउँमा सामान्यदेखि सुविधासम्पन्न होटल सञ्चालनमा रहेका छन् । नेपालका प्रमुख शक्तिपीठमध्ये यहाँस्थित पाथीभरा मन्दिर पनि एक हो । समुन्द्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन् । अलौकिक शक्तिपीठका रुपमा मानिने पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ । यहाँ बडादसैँका बेला अन्य समयमा भन्दा धेरै तीर्थयात्री आउँछन् । त्यसपछि फागुन, चैत र वैशाखमा आउने गर्छन् । चैत, वैशाखमा प्रकृतिको सुन्दरता खुल्ने र मौसमसमेत न्यानो हुने भएकाले यो समयमा घुमघाम र पूजाआजा गर्ने दुवै खालका पर्यटक आउने गर्छन् । उच्च क्षेत्रमा पाइने विभिन्न प्रजातिका बोटविरुवा, गुराँस, रेडपाण्डासहितका जीवजन्तुको अवलोकन गर्दै पुग्न सकिने पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्णसहितका हिमालकोसमेत अवलोकन गर्न सकिन्छ । धार्मिकरुपले महत्वपूर्ण मानिने पाथीभरामा पुग्नेले प्राकृतिक सुन्दरताको समेत आनन्द लिन सक्छन् । सदरमुकाम फुङ्लिङबाट सुकेटार हुँदै काफ्लेपाटीसम्म सवारीसाधनमा र सोभन्दा माथि हिँडेर जानुपर्छ । काफ्लेपाटी र त्यसमाथि रहेको माथिल्लो फेदीमा दर्जनौं होटल, पसल सञ्चालनमा छन् । जति हेरे पनि हेरिरहु लाग्ने मनमोहक फुङ्फुङे झरना पनि यहाँको आकर्षक पर्यटकीय गन्तव्य हो । मिक्वाखोला गाउँपालिकाको साँवामा पर्ने यो झरनामा करिब तीन सय मिटर माथिबाट आरामदायी ध्वनिका साथ कञ्चन पानी झरेको दृश्य देख्न सकिन्छ । यो झरना हिउँदको समयमा पानी सुकेर केही सानो र बर्खाको समयमा निक्कै ठूलो देखिन्छ । झरना भएको ठाउँसम्म नै सवारीसाधन पुग्छन् । झरनाको अवलोकन गर्ने ठाउँसम्म पुग्न सडकदेखि करिब दुई सय मिटरभन्दा लामो दूरीमा पैदलमार्ग निर्माण भएको छ । झरनाको दृश्य अवलोकनका लागि हेर्ने र बस्ने ठाउँसमेत बनाइएको छ । झरनाको अवलोकनसँगै झरनासहितका तस्बीर कैद गर्न सकिन्छ । नजिकै लिम्बू समुदायको बसोबास भएकाले उनीहरुको रहनसहन समेत देख्न पाइन्छ । सदरमुकामदेखि सो क्षेत्रमा पुग्न सवारी साधनमा करिब तीन घण्टा लाग्छ । मुलुकका थुप्रै सिमसारमध्ये तिम्बुङ पोखरी सिदिङ्वा गाउँपालिकाअन्तर्गत साविकको कालिखोला गाविसमा पर्ने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको क्षेत्र हो । चार हजार चार सय ८१ मिटरको उचाइमा रहेको पोखरी चार सय ६६ मिटर उत्तर–दक्षिण लम्बाई र एक सय ४५ मिटर पूर्व–पश्चिम चौडाई रहेको जानकारहरु बताउँछन् । विशेषगरी नागपञ्चमी र जनैपूर्णिमाको दिन धेरै पर्यटक यहाँ पुग्ने गर्छन् । हिउँ पर्ने समयमा भने यहाँ पुग्न कठिन छ । वैशाखदेखि असोज, कात्तिकसम्म यो पोखरीमा जान सकिन्छ । यस पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै आवाज आउने गरेको बताइन्छ । पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने जनविश्वास छ । पोखरीको दर्शन गरे मनोकांक्षा पूरा हुने र भए गरेका पापबाट मुक्ति पाइने पनि मान्यता रहिआएको छ । मनसुनी समयमा प्राकृतिक सोन्दर्यतामा रमाउन चाहने धेरै मानिस बर्सेनी यो पोखरीमा पुगेर फर्किन्छन् । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गई सकेपछि ठाउठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ । केन्जो ९रेनुम नोविल० माइकोपिला, पदमचाललगायतका फूलहरुले भरिने त्यस क्षेत्रमा पुगेपछि फूलैफूलको बगैँचामा घुमेको आभास हुने गर्छ । विश्व संरक्षित सूचीमा रहेको रेडपाण्डा, बहुमूल्य जडीबुटी केञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइतो, यार्सागुम्बा, कुड्की, बुढो ओखतीलगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ । फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, गोठालाहरुसँग गोठमै खानु बस्नुको मज्जा छुट्टै छ । गोठमै पनि खान र बस्न पाइन्छ । पछिल्लो समय पदमार्गका केही ठाउँमा होमस्टेसहित होटल पनि खुलेका छन् । यो पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुई वटा फरक रुट रहेका छन् । जताबाट गए पनि दुई दिनकोसम्मको यात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरीजङ्घा स्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । पाँचथर तर्फबाट जाँदा कालीखोलासम्म र ताप्लेजुङतर्फ सिरीजङ्घाको खेवाङसम्म सवारी साधनमा पुगिन्छ । सोभन्दा माथि एक दिनको पैदल यात्रा गर्नुपर्छ । पोखरीको आसपासमा अरु पनि ससाना थुप्रै पोखरी रहेका छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयुर पोखरी, नीर पोखरीलगायतका दर्जनौं पोखरीहरु रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँसमेत देख्न सकिन्छ । दिकीछ्योलिङ गुम्बा चीनको तिब्बतसँग सीमा जोडिएको हिमाली गाउँ ओलाङचुङ्गोलामा रहेको छ । ऐतिहासिक गुम्बामा करिब सयौँ वर्ष पुराना धार्मिक पुस्तक, ऐतिहासिक बुद्धका मूर्ति र अखण्ड बत्ती रहेको छ । धार्मिक रुपमा महत्वपूर्ण र ऐतिहासिक यस गुम्बामा देश विदेशका बौद्ध धर्मावलम्बी पुग्ने गरेका छन् । करिब तीन हजार दुई सय मिटरको उचाइमा रहेको ओलाङचुङ्गोलामा भोटे समुदायका मानिसको मात्र बसोबास छ । पहाडी तथा हिमाली क्षेत्रका प्राकृतिक दृश्यको अवलोकन गर्दै पुगिने ओलाङचुङ्गोलामा ५२ घर परिवारको बाक्लो बस्ती छ । यहाँ पुग्दा भोटे समुदायको भाषा, वेषभूषा र रहनसहनको समेत अवलोकन गर्न सकिन्छ । यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलास्थित सोदु पोखरी, भूत पोखरीसमेत आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् । यी पोखरीमा वैशाखदेखि असोजसम्म आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ । सदरमुकामदेखि सवारीसाधन र पैदल गरी दुई दिनको समयमा त्यहाँ पुग्न सकिन्छ । यता सदरमुकाम फुङलिङ बजार नजिकै रहेको सिद्धी डाँडासमेत आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शिवालय मन्दिर र पोखरी रहेको सिद्धी डाँडामा विभिन्न संरचना निर्माण र प्रचारप्रसार हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । चाडबाड, नयाँ वर्षलगायतका अनुकूल समयमा घुमफिरका लागि ठूलो सङ्ख्यामा मानिस जान थालेपछि ती ठाउँको विकासमा समेत स्थानीय सरकारको ध्यानाकर्षण भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP