Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #भिनेता_धीरज_कुमार
  • #इयु_चीन
  • #बाँझोपना
  • #एनआरएनए_जापान
  • #छाउगोठ
  • #धुलिखेल-खावा_सडक
  • #सांसद
  • #मौद्रिक नीति
Search Here
समाचार
  • Home
  • समाचार
  • वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन
वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन
सम्झना राई
सम्झना राई मंगलबार, वैशाख ५, २०८०
air-pollution-in-kathmandu
काठमाडौं– वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ । समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागिता रहेको बैठकमा कामपा वातावरण व्यवस्थापन विभागले निरु महर्जनको अध्यक्षतामा ११ सदस्यीय उक्त सञ्जाल गठन गरेको हो । सञ्जालमा १० वटा वडामध्ये वडा नं १६ बाट दुई र बाँकी वडाबाट एक÷एकजना सहभागी गराइएको उक्त विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए। सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली छन् भने सदस्यहरुमा गोविन्द श्रेष्ठ, स्विट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहीरा डङ्गोल, कमल काफ्ले र गौरी देवकोटा छन् । स्टेट अफ ग्लोबल एअरले सन् २०२० गरेको अध्ययनअनुसार विश्वमा श्वासप्रश्वासका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने सङ्क्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत र इस्केमिक हृदय रोगका कारण २० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । वायु प्रदूषणकै कारण यस्ता समस्या बल्झिएको र यसैकारण २० प्रतिशत नवजात शिशुको पनि मृत्यु हुनाका साथै मानिसको औसत आयु पनि घट्दै गएको छ । वायु प्रदूषणका लागि ठूलाठूला कलकारखाना, आगलागी, इन्धनको प्रयोगमा जिम्मेवार छैनन्, व्यक्तिले घरभित्र र बाहिर गर्ने दैनिक व्यवहारका कारणले पनि प्रदूषण बढाउन सहयोग गरेको बताइएको छ । नागरिक समाज सञ्जालले के गर्छ ? उक्त सञ्जालले फोहोर तथा प्लास्टिक बाल्न रोक लगाउन सहजीकरण गर्न, विशेष सरसफाइ अभियान सञ्चालन गर्न र घरभित्रको प्रदूषण कम गर्न घरघरमा गएर सचेतना फैलाउने काम गर्छ । यसैगरी वायु गुणस्तरको सवालमा नियमित छलफल गरेर नीति, मापदण्ड तथा अनुगमन गर्ने विषयमा सुझाव दिने, संरचना निर्माणमा थप छलफल गर्ने, सामाजिक जवाफदेहिताका काम गर्ने गर्छ । साझेदार सङ्घसंस्थाहरुले अहिले कामपासहित ललितपुर महानगरपालिका, चन्द्रागिरि, चाँगुनारायण र शङ्खरापुर नगरपालिकामा स्वच्छ हावाका लागि कार्यक्रम थालिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP