Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनभित्रै उपगठबन्धनको कसरत
गठबन्धनभित्रै उपगठबन्धनको कसरत
सोमबार, वैशाख ४, २०८०
prachanda madhav upendra
Hardik health
– माओवादी केन्द्र, जसपा र नेकपा एस मोर्चाबन्दीको कसरतमा – तर छैन मोर्चाको संरचनागत मोडालिटी – राजनीतिक, सैद्धान्तिकजस्ता विषयमा सहमति जुट्नै बाँकी – एकअर्का दलको दस्तावेज अध्ययनमा कार्यदल – थप शक्ति आर्जन गर्ने प्रधानमन्त्री दाहालको रणनीति भएको अड्कल काठमाडौं– हरेक निर्वाचनबाट शक्ति क्षिण हुँदै जाँदा सरकारमा रहेका तीन दलबीच मोर्चाबन्दीको अन्तिम तयारी भइरहेको छ । मोर्चाबन्दीमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी समेटिन लागेका छन् । नेताहरूका अनुसार यही वैशाखभित्र मोर्चाबन्दी हुने सम्भावना छ । तीन दल रहेको मोर्चाबन्दी यदि सफल भए एकता प्रक्रियामा अघि बढ्न सकिनेबारे पनि यी दलहरूले यसअघि गठन गरेको कार्यदलमा छलफल हुँदै आएको छ । सरकारको नेतृत्व गरेको दलसमेत रहेको माओवादीका सचिव गणेश साहले समाजवादी धारका दलहरूबीच सम्भव भए एकता, नभए मोर्चाबन्दी गरेर अघि बढ्नु आवश्यक भएको बताएका छन् । पार्टीको कार्यनीति र कार्यक्रम समान भएका कारण पनि एकता गरेर अन्ततः बृहत्तर समाजवादी शक्तिहरूबीच एकताको आधार निर्माण गर्न लागिएको बताए । ‘जसपा र नेकपा एस समाजवादी दलहरू हुन् । माओवादी त यी दलहरूभन्दा पहिलेदेखि समाजवादी यात्रामा छ । समान विचार, कार्यनीति र राजनीतिक गन्तव्य मिलेपछि किन पार्टीलाई नमिलाउने ?,’ उनले प्रभावसँग भने, ‘हामी मिल्दा त सबै समाजवादी धाराका दलहरू एक ठाउँ आउने वातावरण पनि बन्छ ।’ मोर्चाको नाम ‘समाजवादी मोर्चा’ हुने भनिएको छ । तर, टुंगो लागेको छैन । मोर्चाको संरचनागत ‘मोडालिटी’ पनि कस्तो हुने ? बहसकै क्रममा छ । राजनीतिक, आर्थिकजस्ता मुद्दामा समान दृष्टिकोण बनेको छैन । माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र युद्धलाई हेर्ने दृष्टिकोणमा समानता छैन । यी कारणहरूसँगै र सभामुख/उपसभामुख, राष्ट्रपति/उपराष्ट्रपति, राष्ट्रियसभा उपाध्यक्ष र यही १० वैशाखमा हुने उपनिर्वाचनले तीन दलका वार्ता समितिहरू निरन्तर छलफल गर्न नपाएको साहले बताए । माओवादीले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा संयोजक रहेको वार्ता समिति गठन गरेको छ । जसपाले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र नेकपा एसले महासचिव डा. बेदुराम भुसाल संयोजक रहेको वार्ता समिति गठन गरेका छन् । जसपा प्रवक्ता मनिष सुमनको भनाइमा वार्ता समितिहरूले एकअर्का दलको घोषणापत्रदेखि अन्य राजनीतिक, आर्थिकलगायतका कार्यक्रम उल्लेखित दस्तावेज अध्ययन गरिरहेका छन् । यसपछि तात्कालिकरूपमा मोर्चाबन्दी गर्न सकिने आधारहरूबारे छलफल हुनेछ । तर, निर्णायक छलफल हुन नसकेको सुमन बताउँछन् । ‘समाजवादी दलहरू छिन्नभिन्न भएर भएन । एकताबद्ध हुनुप¥यो । यो जनताको पनि चाहना हो,’ सुमन भन्छन्, ‘तर, मोर्चाबन्दीको प्रक्रिया अपेक्षितरूपमा अघि बढेको छैन ।’ प्रतिनिधिसभामा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल नेतृत्वको माओवादीको ३२ सिट छ । अघिल्लो संसद्मा ५३ सिटको दल माओवादी थियो । यसपटक २१ सिटले माओवादी खुम्चिएको हो । जसपा पनि १८ सिटपछि खुम्चिँदै १२ सिटमा आइपुगेको छ । नेकपा एस भने पहिलोपटक चुनावी प्रतिस्पर्धाबाट १० सिटसहित प्रतिनिधिसभाको सातौं दलीय हैसियतमा छ । यसरी तीनवटै दल कमजोर अवस्थामा रहँदा समाजवादी मोर्चाको नामबाट शक्ति आर्जन गर्न यी दलहरू अघि बढ्न लागेको देखिएको हो । र, मोर्चा भएको अवस्थामा यी तीन दलको सिट प्रतिनिधिसभामा ५४ सिट हुनेछ । प्रतिनिधिसभामा कांग्रेसका ८८ र एमालेका ७९ सिट छन् । तेस्रो शक्तिशाली दलको हैसियत आर्जन हुनेबित्तिकै कांग्रेससँग मात्रै गठबन्धन गर्दा पनि सरकार गठन हुने अवस्था हुन्छ । एमालेसँग गठबन्धन गर्दा भने पाँच सांसद पुग्दैन । कुनै साना दललाई समावेश गर्नेबित्तिकै सरकार बन्ने अवस्था हुन्छ । यही हिसाबले समाजवादी मोर्चाको औचित्य पुष्टि हुने सुमनले बताए । ‘संसद्मा १० दलको सरकार छ । यस्तो पनि हुन्छ ? हुँदैन,’ उनले भने, ‘कम दलहरू मिलेर सरकार बनाउन पनि मोर्चाको आवश्यकता देखियो ।’ १० पुसमा सरकार गठन हुनुभन्दा पहिले पनि मोर्चाको कसरत भएको थियो । डा. बाबुराम भट्टराई यसका अवधारणाकर्ता हुन् । उनले गत माघमा प्रभावसँग भनेका पनि थिए, ‘छलफल मैले सुरु गरें । तर, छलफलमा दाहालजी, माधवजी, उपेन्द्रजी हामी सबै छौं ।’ उनका अनुसार मोर्चा समाजवादी दलहरूबीचको ध्रुवीकरणको आधारबिन्दु हो । यसमा अहिले भने एमाले अट्दैन । किनभने माओवादी, जसपा र नेकपा एसको दृष्टिमा एमाले प्रतिगामी दल हो । असंवैधानिकरूपमा यसअघि दुईपटक संसद् विघटन गरेपछि यी दलहरूले एमालेलाई प्रतिगामी कित्तामा राखेका हुन् । त्यही भएर समाजवादी दल एमाले हुँदाहुँदै पनि समाजवादी मोर्चामा समावेश नगरिने यी दलहरूको तयारी हो । समाजवादी मोर्चामा प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजसपा)लाई भने समेट्ने पक्षमा तीन दल छन् । यो दलसँग प्रतिनिधिसभामा एक सिट छ । तर, मोर्चा निर्माण गर्न लाग्नुलाई कतिपयले प्रधानमन्त्री दाहालको थप शक्तिशाली हुने जुक्तिका रूपमा अथ्र्याउने गरेका छन् । हुन पनि संसदीय अंकगणितका आधारमा जो शक्तिशाली हुन्छ, उसको राजनीतिक सौदावाजी गर्ने क्षमतामा वृद्धि हुन्छ । यस आधारमा पनि मोर्चा निर्माणलाई दाहालको रणनीतिक हतियार भएको रूपमा विश्लेषण हुँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
समानुपातिक सांसद चुन्दै छ दल
समानुपातिक सांसद चुन्दै छ दल आइतबार, चैत १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP