Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनभित्रै उपगठबन्धनको कसरत
गठबन्धनभित्रै उपगठबन्धनको कसरत
सम्झना राई
सम्झना राई सोमबार, वैशाख ४, २०८०
prachanda madhav upendra
RBB RBB
– माओवादी केन्द्र, जसपा र नेकपा एस मोर्चाबन्दीको कसरतमा – तर छैन मोर्चाको संरचनागत मोडालिटी – राजनीतिक, सैद्धान्तिकजस्ता विषयमा सहमति जुट्नै बाँकी – एकअर्का दलको दस्तावेज अध्ययनमा कार्यदल – थप शक्ति आर्जन गर्ने प्रधानमन्त्री दाहालको रणनीति भएको अड्कल काठमाडौं– हरेक निर्वाचनबाट शक्ति क्षिण हुँदै जाँदा सरकारमा रहेका तीन दलबीच मोर्चाबन्दीको अन्तिम तयारी भइरहेको छ । मोर्चाबन्दीमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी समेटिन लागेका छन् । नेताहरूका अनुसार यही वैशाखभित्र मोर्चाबन्दी हुने सम्भावना छ । तीन दल रहेको मोर्चाबन्दी यदि सफल भए एकता प्रक्रियामा अघि बढ्न सकिनेबारे पनि यी दलहरूले यसअघि गठन गरेको कार्यदलमा छलफल हुँदै आएको छ । सरकारको नेतृत्व गरेको दलसमेत रहेको माओवादीका सचिव गणेश साहले समाजवादी धारका दलहरूबीच सम्भव भए एकता, नभए मोर्चाबन्दी गरेर अघि बढ्नु आवश्यक भएको बताएका छन् । पार्टीको कार्यनीति र कार्यक्रम समान भएका कारण पनि एकता गरेर अन्ततः बृहत्तर समाजवादी शक्तिहरूबीच एकताको आधार निर्माण गर्न लागिएको बताए । ‘जसपा र नेकपा एस समाजवादी दलहरू हुन् । माओवादी त यी दलहरूभन्दा पहिलेदेखि समाजवादी यात्रामा छ । समान विचार, कार्यनीति र राजनीतिक गन्तव्य मिलेपछि किन पार्टीलाई नमिलाउने ?,’ उनले प्रभावसँग भने, ‘हामी मिल्दा त सबै समाजवादी धाराका दलहरू एक ठाउँ आउने वातावरण पनि बन्छ ।’ मोर्चाको नाम ‘समाजवादी मोर्चा’ हुने भनिएको छ । तर, टुंगो लागेको छैन । मोर्चाको संरचनागत ‘मोडालिटी’ पनि कस्तो हुने ? बहसकै क्रममा छ । राजनीतिक, आर्थिकजस्ता मुद्दामा समान दृष्टिकोण बनेको छैन । माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र युद्धलाई हेर्ने दृष्टिकोणमा समानता छैन । यी कारणहरूसँगै र सभामुख/उपसभामुख, राष्ट्रपति/उपराष्ट्रपति, राष्ट्रियसभा उपाध्यक्ष र यही १० वैशाखमा हुने उपनिर्वाचनले तीन दलका वार्ता समितिहरू निरन्तर छलफल गर्न नपाएको साहले बताए । माओवादीले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा संयोजक रहेको वार्ता समिति गठन गरेको छ । जसपाले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र नेकपा एसले महासचिव डा. बेदुराम भुसाल संयोजक रहेको वार्ता समिति गठन गरेका छन् । जसपा प्रवक्ता मनिष सुमनको भनाइमा वार्ता समितिहरूले एकअर्का दलको घोषणापत्रदेखि अन्य राजनीतिक, आर्थिकलगायतका कार्यक्रम उल्लेखित दस्तावेज अध्ययन गरिरहेका छन् । यसपछि तात्कालिकरूपमा मोर्चाबन्दी गर्न सकिने आधारहरूबारे छलफल हुनेछ । तर, निर्णायक छलफल हुन नसकेको सुमन बताउँछन् । ‘समाजवादी दलहरू छिन्नभिन्न भएर भएन । एकताबद्ध हुनुप¥यो । यो जनताको पनि चाहना हो,’ सुमन भन्छन्, ‘तर, मोर्चाबन्दीको प्रक्रिया अपेक्षितरूपमा अघि बढेको छैन ।’ प्रतिनिधिसभामा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल नेतृत्वको माओवादीको ३२ सिट छ । अघिल्लो संसद्मा ५३ सिटको दल माओवादी थियो । यसपटक २१ सिटले माओवादी खुम्चिएको हो । जसपा पनि १८ सिटपछि खुम्चिँदै १२ सिटमा आइपुगेको छ । नेकपा एस भने पहिलोपटक चुनावी प्रतिस्पर्धाबाट १० सिटसहित प्रतिनिधिसभाको सातौं दलीय हैसियतमा छ । यसरी तीनवटै दल कमजोर अवस्थामा रहँदा समाजवादी मोर्चाको नामबाट शक्ति आर्जन गर्न यी दलहरू अघि बढ्न लागेको देखिएको हो । र, मोर्चा भएको अवस्थामा यी तीन दलको सिट प्रतिनिधिसभामा ५४ सिट हुनेछ । प्रतिनिधिसभामा कांग्रेसका ८८ र एमालेका ७९ सिट छन् । तेस्रो शक्तिशाली दलको हैसियत आर्जन हुनेबित्तिकै कांग्रेससँग मात्रै गठबन्धन गर्दा पनि सरकार गठन हुने अवस्था हुन्छ । एमालेसँग गठबन्धन गर्दा भने पाँच सांसद पुग्दैन । कुनै साना दललाई समावेश गर्नेबित्तिकै सरकार बन्ने अवस्था हुन्छ । यही हिसाबले समाजवादी मोर्चाको औचित्य पुष्टि हुने सुमनले बताए । ‘संसद्मा १० दलको सरकार छ । यस्तो पनि हुन्छ ? हुँदैन,’ उनले भने, ‘कम दलहरू मिलेर सरकार बनाउन पनि मोर्चाको आवश्यकता देखियो ।’ १० पुसमा सरकार गठन हुनुभन्दा पहिले पनि मोर्चाको कसरत भएको थियो । डा. बाबुराम भट्टराई यसका अवधारणाकर्ता हुन् । उनले गत माघमा प्रभावसँग भनेका पनि थिए, ‘छलफल मैले सुरु गरें । तर, छलफलमा दाहालजी, माधवजी, उपेन्द्रजी हामी सबै छौं ।’ उनका अनुसार मोर्चा समाजवादी दलहरूबीचको ध्रुवीकरणको आधारबिन्दु हो । यसमा अहिले भने एमाले अट्दैन । किनभने माओवादी, जसपा र नेकपा एसको दृष्टिमा एमाले प्रतिगामी दल हो । असंवैधानिकरूपमा यसअघि दुईपटक संसद् विघटन गरेपछि यी दलहरूले एमालेलाई प्रतिगामी कित्तामा राखेका हुन् । त्यही भएर समाजवादी दल एमाले हुँदाहुँदै पनि समाजवादी मोर्चामा समावेश नगरिने यी दलहरूको तयारी हो । समाजवादी मोर्चामा प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजसपा)लाई भने समेट्ने पक्षमा तीन दल छन् । यो दलसँग प्रतिनिधिसभामा एक सिट छ । तर, मोर्चा निर्माण गर्न लाग्नुलाई कतिपयले प्रधानमन्त्री दाहालको थप शक्तिशाली हुने जुक्तिका रूपमा अथ्र्याउने गरेका छन् । हुन पनि संसदीय अंकगणितका आधारमा जो शक्तिशाली हुन्छ, उसको राजनीतिक सौदावाजी गर्ने क्षमतामा वृद्धि हुन्छ । यस आधारमा पनि मोर्चा निर्माणलाई दाहालको रणनीतिक हतियार भएको रूपमा विश्लेषण हुँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप शुक्रबार, वैशाख २६, २०८२
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन मंगलबार, वैशाख २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP