Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगार लयमा फर्किएको वर्ष २०७९
वैदेशिक रोजगार लयमा फर्किएको वर्ष २०७९
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १, २०८०
bairo_2079
Hardik health
काठमाडौं– वर्ष २०७९ नेपालको वैदेशिक रोजगारीको क्षेत्रका लागि उत्साहजनक रह्यो । कोरोना महामारीका कारण थलिएको वैदेशिक रोजगार क्षेत्र यसै वर्षदेखि पुरानै लयमा फर्कियो । राजनीतिक उतारचढावका कारण श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको नेतृत्व सम्हाल्ने मन्त्रीहरु फेरबदल भइरहे । एकै वर्ष श्रम मन्त्रालयले चार जना मन्त्री पायो । कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, डिपी अर्याल र शरतसिंह भण्डारी श्रममन्त्री बने । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहालले अढाइ महिना श्रम मन्त्रालयको जिम्मेवारीसमेत सम्हाले । मन्त्रीहरुले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि गरेका प्रतिबद्धता र प्रयासहरु अपूरै रहे । २०७९ साल वैदेशिक रोजगारीको सवालमा फलदायी रह्यो । रोजगारीका लागि विदेश जाने नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भयो । वैशाखदेखि गत फागुन मसान्तसम्म सात लाख १० हजार ८६१ जनाले वैदेशिक रोजगारीका लागि नयाँ तथा पुनः श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । अघिल्लो वर्ष नेपालीहरुको पहिलो श्रम गन्तव्य बनेको साउदी अरेबियालाई उछिन्दै मलेसिया पहिलो स्थानमा परेको छ । मलेसियामा फागुन मसान्तसम्म दुई लाख ३४ हजार ६०९ जना नेपाली श्रम स्वीकृति लिएर काम गर्न गएका छन् । कोरोना कहरका कारण थला परेको वैदेशिक रोजगारी पुरानै लयमा फर्किएपछि यसको प्रभाव विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा देखियो । विदेशी मुद्रा (डलर) सञ्चितिमा ह्रास आइरहेको परिस्थितिमा विदेश गएका नेपालीले पठाएको रेमिट्यान्सले मुलुकको आर्थिक स्थितिमा महत्वपूर्ण योगदान पुर्‍यायो । २०७९ वैशाखमा ९२ अर्ब रुपैयाँ विप्रेषण भित्रिएकोमा गत फागुन मसान्तसम्ममा झण्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिसकेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सरकारले बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने नीति लिए पनि नेपाली युवाहरु विदेशिने क्रम बढ्दै गएपछि वैदेशिक रोजगार ऐन पुनरवलोकन तथा परिमार्जनको तयारी थालेको छ भने नयाँ श्रम गन्तव्य मुलुकको खोजी कार्यलाई जारी राखेको छ । मलेसियालगायतका मुलुकमा श्रमिक पठाउँदा ‘फ्रि भिसा, फ्रि टिकट’ को प्रावधानलाई यथावत् राख्दै श्रमिकमैत्री नीति अवलम्बन गरेको छ । वैधानिक च्यानलबाट विप्रेषण आप्रवाहलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्राथमिक साधारण सेयर (आइपिओ) निष्काशनमा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । बेलायतमा श्रमिक पठाउन सरकारले जिटुजी सम्झौता गरेको छ भने इजरायल र जापानसँग भएको सम्झौता कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ । यद्यपि, इजरायलमा यसै वर्ष एक हजार नेपाली रोजगारीको लागि गइसकेका छन् ।रोजगारीमा जाने युवाहरुलाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिएको भन्दै चर्को आलोचना भएपछि यसै वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्कलाई हटाइएको छ । तर, विदेशमा काम गरिरहेका नेपालीहरुको समस्या तथा जिज्ञासालाई सम्बोधन गर्नेगरी विदेशस्थित दूतावास एवं नियोगहरुमा श्रम (काउन्सेलर) र श्रम सहचारी खटाइएको छ भने छुट्टै हेल्प डेस्कको प्रबन्ध गरिएको छ । यस्तै वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको जिज्ञासा तथा समस्यालाई एकद्धार प्रणालीमार्फत समाधान गर्ने उद्देश्यले गत माघ १७ गतेबाट ‘२४ घण्टे श्रमाधान श्रम सहायता केन्द्र’को रुपमा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र पारदर्शी बनाउन यसै वर्ष मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९, रिक्र्युटमेन्ट एजेन्सीहरुको स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७९, कार्यविधि निर्देशिका तथा मापदण्डको एकीकृत संगालो, पुनःएकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९, कार्यान्वयनमा ल्याइएको छ । सरकारले वैदेशिक रोजगार बोर्ड सचिवालयमार्फत वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई लक्षित गर्दै ३९ जिल्लाका ८१ स्थानीय तहमा पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न सम्झौता गरिसकेको छ । यसैगरी बोर्डले यही चैत १५ गतेदेखि विदेशमा रहेका नेपाली कामदारहरुलाई स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । यसबाट झण्डै २०० जनाले सेवा लिइसकेका छन् । यतिमात्र नभई वैदेशिक रोजगार सेवालाई प्रविधिमैत्री बनाउँदै अनलाइनमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ भने विदेशमा रहेका नेपालीले सम्बन्धित मुलुकबाटै पुनः श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको छ । सरकारले यसै वर्षदेखि काठमाडौंमा मात्रै केन्द्रित रहेको वैदेशिक श्रमसम्बन्धी गतिविधिलाई सातवटै प्रदेशमा विकेन्द्रित गरेको छ । त्यस्तै सरकारले सबै ७५३ वटै स्थानीय तह (नगर तथा गाउँपालिका) बाट व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन लिने निर्णय गरेको छ । साथै, दुई वर्षे श्रम स्वीकृतिको व्यवस्था हटाएर अधिकतम पाँच वर्षे श्रम स्वीकृति दिने निर्णयसमेत गरेको छ । सरकारले मर्यादित श्रम, उत्पादनशील रोजगारी र दिगो समाजिक सुरक्षासहितको लक्ष्य राखेर पाँच वर्षे रणनीतिक योजनासमेत सार्वजनिक गरेको छ । जसअन्तर्गत चैत ८ गतेबाट विदेशमा रहेका श्रमिक तथा स्वरोजगारमा नेपालीहरुलाई सामाजिक सुरक्षा योजनामा अनिवार्य आबद्ध गराउन सूची संकलन कार्यको थालनी गरिएको छ । यस वर्ष समग्र वैदेशिक रोजगार क्षेत्र लयमा फर्किनुलाई सकारात्मक पाटोका रुपमा लिन सकिन्छ । तर, यस क्षेत्रमा चल्दै आएको ठगीलगायत बेथितिहरु अनियन्त्रित बनिरहेको छ । विभिन्न बहानामा श्रमिक ठगिने क्रम जारी नै छ । आशा गरौं वर्ष २०८० मा यस्ता गतिविधिहरु नियन्त्रण गरी वैदेशिक रोजागर क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सरोकारवाला सबैले भूमिका खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP