Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • यातायातमा चरम ढिलाई
यातायातमा चरम ढिलाई
admin123
admin123 आइतबार, साउन २९, २०७४
images
Hardik health
— राम कुमार चौधरी — केही सरकारी कार्यालयहरु यस्ता छन्, जसको नाम सुन्ने बित्तिकै आम नागरिकहरुले असहज महसुस गर्दछन् । त्यस्ता कार्यालयहरुमा नापी, भुमी सुधार, यातायात, मालपोत, भन्सार आदि पर्दछन् । यि कार्यालयहरुमा घुस बिना कुनै काम हुँदैन भन्ने मानसिकता आम नागरिकमा छ । जुन कुरालाई उल्लेखित कार्यालयहरुले पुष्टि गरेको बिभिन्न घटना क्रमले देखाउँछ । यिनै कार्यालयहरु मध्यको एक कार्यालय हो—यातायात व्यवस्था कार्यालय । जुन कार्यालय बिभिन्न बिबाद र गुनासोमा रुमल्लिरहेको हुन्छ । नेपालगञ्ज स्थित भेरी अञ्चल यातायात व्यवस्था कार्यालय लामो समय देखि अस्त—व्यस्त रुपमा चलिरहेको छ । जुन कार्यालयका प्रमुख लगाएतलाई अहिले भ्रष्टाचारको अभियोगमा निलम्बन गरिएको छ । आर्थिक वर्ष २०७४/२०७५ को सुरुवातीसँगै भेरी अञ्चल यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चाप बढेको छ, सेवा प्रवाह भने उही पुरानै पाराको छ । सेवाग्राहीहरु सवारी साधन नवीकरण, कर राजस्व दखिलाका लागि लाईन लाग्ने गरेका छन् । सेवाग्राहीहरुको सहजताका लागि कार्यालयले टोकनको ब्यवस्था गर्नुका साथै र बैंकिङ सेवा कार्यालयबाटै दिएको छ । तर यि दुबै सेवा, सुबिधाबाट सेवाग्राही सन्तुष्ट छैनन् । सेवाग्राहीको चाप अनुसार न्यून कर्मचारी पनि सेवा प्रवाह प्रभावकारी नहुनुको प्रमुख कारण हो तर त्यो मात्रै कारण चाहिँ होईन । मूख्य कारण कर्मचारीको ढिलाईपन र गैरजिम्मेवारीपननैं हो । राप्ती सोनारी कचनापुरका हरिभक्त कौडी यातायातमा दुःख पाएका सेवाग्राही मध्ये एक हुन् । मोटरसाइकल लाइसेन्स नविकरणको लागि कार्यालय आएका उनको काम तीन दिन बितिसक्दा समेत नभएको गुनासो गर्छन् । उनी भन्छन्—सहि सूचना दिनै कर्मचारी अन्काउँछन्, बुझ्नै एक दिन लाग्यो, प्रकृयामा यता, उता गर्दै दुई दिन बितिसक्यो काम भएको छैन । टोकन प्रणाली लागु गरिएपनि लाईन लाग्ने स्थान सेवाग्राहीमैत्री नभएको, हाकिमहरुका मान्छेहरु भित्रैबाट सेवा लिने गरेको गुनासो सेवाग्राहीहरुको छ । खजुरा—१ का दल बहादुर राना मगर पनि ११ बजे देखि ३ बजे सम्म बैंकको लाइनमा बसे तर पालो पाएनन् । बैंक ३ बजे बन्द भयो तर सेवाग्रहीहरुको लाइन सकिएको थिएन । सामान्य कामको लागि पनि दोश्रो दिन कार्यालय आउनुपर्ने बाध्यता भएको भन्दै उनले आक्रोश  पोखे । कार्यालयमा भएको नेपाल इन्भेष्टमेन्ट बैंकको काउण्टरमा सबै राजश्व बुझाउनु पर्ने, काउण्टर ३ बजेनैं बन्द हुने भएकाले पनि भिँड अस्वभाविक रुपमा बढ्ने गरेकोछ । सेवालाई छरितो बनाउनुपर्ने सबैको माग भएता पनि कार्यालयले यस तर्फ खासै चाँसो देखाएको पाईँदैन । प्रकृयागत रुपमा झण्झटिलो रहेको सेवा प्रदान गर्दा कर्मचारी भन्दा बिचौलियाहरु कार्यालय भित्र बढि सक्रिय रहेको पाईन्छ भने कतिपय काम सेवाग्राहीहरु आफैले गर्नुपर्ने बाध्यता रहेको छ । सेवाग्राहीहरुका अनुसार, कार्यालयमा रहेका महत्वपूर्ण रजिष्टर र फाईलहरु सेवाग्राही, बिचौलिया, बिभिन्न शोरुमका कर्मचारीहरुले बोकेकोे पाईन्छ । कसैको नियत खराव भएर बोकेर लगिदिए वा कतै फ्याँकिदिए सबै अभिलेखनैं नष्ट हुने खतरा अर्काे तर्फ छ । अव्यवस्थित पार्किङ्ग, यत्रतत्र गैरकानुनी रुपमा राखिएका व्यापारिक पसलहरुले त कार्यालयको शोभा घटेको छ नैं । सेवाग्राही बस्ने उचित व्यवस्था नहुँदा कार्यालय परिसरमा दिनहुँ मेला जस्तो दृश्य देखिने गरेको छ । सुशासन सम्बन्धि ऐन २०६४, सूचनाको हक सम्बन्धिको ऐन २०६४ बमोजिम  हरेक कार्यालयमा गुनासो सुन्ने अधिकारी र सूचना अधिकारी अनिबार्य रुपमा तोकि सुशासनको प्रत्याभुतिका लागि काम गर्नुपर्दछ । कार्यालयले नाम मात्रका अधिकारीहरु तोकेको छ । नागरिकका गुनासो प्रभावकारी ढँगले सुन्ने, सूचना सहज रुपमा उपलब्ध गराउने काम उक्त कार्यालयबाट भएको पाईदैन । सेवाग्राहीहरुले सहज तवरले बिना सास्ति सेवा दिनु सबै कार्यालयहरुको जिम्मेवारी हो । यो जिम्मेवारी बहन नगरे सम्म सेवाग्राही सेवाप्रदायक प्रति सन्तुष्ट हुुन सक्दैनन् । यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP