Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पुनःएकीकरण कार्यक्रमका लागि ८१ पालिकाको प्रस्ताव
पुनःएकीकरण कार्यक्रमका लागि ८१ पालिकाको प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २१, २०७९
bairo sachibalaya _23
Hardik health
काठमाडौं -  वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको पुनःएकीकरण कार्यक्रमका लागि ८१ वटा स्थानीय तहले प्रस्ताव पेस गरेका छन् । वैदेशिक रोजगार बोर्डले स्वदेशमा नै रोजगारी तथा स्वरोजगारमा अभिप्रेरित गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गर्न माग गरेबमोजिम स्थानीय तहहरुले प्रस्ताव पेस गरेका हुन् । बोर्डले सुरक्षित आप्रवासन (सामी) परियोजना लागू गरिएका ३९ जिल्लाका ८१ पालिकामा पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सामीले विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । परियोजना लागू भएका जिल्लाहरुमा यसै वर्षबाट पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्न स्थानीय तहसँग समन्वय र सहकार्यका लागि प्रस्ताव माग भएको बोर्डले उल्लेख गरेको छ । अहिले स्थानीय तहबाट प्राप्त प्रस्तावमाथि आवश्यक छलफल तथा परामर्श भइरहेको भन्दै बागमती प्रदेशका पालिकाबाट आएका २१ मध्ये १९ वटा प्रस्ताव पारित भई कार्यक्रम सञ्चालनका लागि सम्झौता भइसकेको बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए । ‘आएका सबै प्रस्तावमाथि छलफल गरी स्थानीय तहसँग सम्झौता गर्छौं,’ उनले भने, ‘अबको हप्ता १० दिनभित्र यी सबै काम सक्छौं र प्रभावकारी कार्यान्वयनका लागि समन्वय पनि गर्छौं ।’ विभिन्न पालिकाहरुले विदेशबाट फर्किएका युवाहरुको ज्ञान, सीपका आधारमा आवश्यकता अनुसार पुनःएकीकरण कार्यक्रम सञ्चालनका लागि योजनासहित प्रस्ताव आएको अन्तर्गत विभिन्न कार्यक्रम गर्ने योजनासहित प्रस्ताव पेस गरेको बोर्डले जनाएको छ । स्थानीय सामग्री उत्पादनदेखि लिएर आधुनिक कृषि प्रणालीको प्रयोगमार्फत उत्पादन बढाउने तालिम सञ्चालनका लागि प्रस्ताव परेका छन् । यस्तै सिलाइबुनाइ तथा डोकाडाला, मुढा बनाउने तालिम सञ्चालन गर्न सकिने स्थानीय तहले पेस गरेको प्रस्तावमा उल्लेख गरिएको छ । कतिपय प्रस्तावमा स्थानीय तहले सहकारी प्रवद्र्धनमार्फत विदेशबाट फर्किएकाहरुलाई अवसर दिनेसमेत बताएका छन् ।‘विभिन्न पालिकाले फरक–फरक प्रस्ताव ल्याउनुभएको छ,’ बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलले भने, ‘उहाँहरुको प्रस्तावअनुसार कार्यक्रम सञ्चालनका लागि बोर्डले आवश्यक समन्वय र रकम विनियोजन गर्नेछ ।’ वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सहभागी हुने यकीन संख्याका आधारमा कार्यक्रम सञ्चालनका लागि रकम उपलब्ध गराइने पौडेलले बताए । चालु आर्थिक वर्षमा पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्न बोर्डले १५ करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरिसकेको उनले जानकारी दिए । कार्यक्रम सञ्चालन गर्ने पालिकालाई लाभान्वित हुने एक जना बराबर ४३ हजार रुपैयाँका दरले कार्यक्रम सञ्चालनका लागि बजेट उपलब्ध गराइने बोर्डले जनाएको छ । उल्लिखित बजेट विदेशबाट फर्किएका युवाहरुको सीप विकास तथा व्यवसाय प्रवद्र्धनका लागि खर्च हुने बताइएको छ । स्वरोजगार तथा उद्यमशिलता तालिमपछि कसैले व्यवसाय वा उद्यम सञ्चालन गर्न खोजेमा ‘सिड मनी’ (बिउ पुँजी) का रूपमा स्थानीय तहबाट एकजना बराबर ३५ हजार रुपैयाँ उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ । पुनःएकीकरण कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएर देशमै केही गर्छु भन्ने युवाहरुहरूलाई स्वरोजगार तथा उद्यमशिलताको अभ्यासका लागि मद्दत पु¥याउने बोर्डले विश्वास लिएको छ । साथै कार्यक्रमलाई सामाजिकीकरण, आर्थिक सशक्तीकरण र तालिमलाई आधार बनाए पनि स्वदेश फर्किएकाहरुको मनोपरामर्श सेवा, औषधि उपचार, सचेतना अभिबृद्धि, महिला श्रमिकका समस्या सम्बोधनमा समेत भुमिका खेल्न सक्ने बताइएको छ । यसका लागि सरकारले युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्न र आत्मनिर्भर बनाउन पुनःएकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ नै जारी गरेको छ । निर्देशिकामा कार्यक्रम सञ्चालन गर्न वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्नसक्ने उल्लेख भए पनि संघ, प्रदेश, स्थानीय तह र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालेसमेत पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्नसक्ने व्यवस्था गरिएको छ । सोही निर्देशिकाको अधीनमा रहेर स्थानीय तहले कार्यक्रम सञ्चालन गर्नुपर्ने र प्रभावकारी कार्यान्वयनका लागि निरन्तर नियमन हुने बोर्डले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP