Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा
भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा
शुक्रबार, फागुन १२, २०७९
bhojpur
Hardik health
भोजपुर– भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् । यहाँ योगमायाको तपोभूमि गौडेनी, प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोस्रो हलेँसी भनेर निचिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत यहाँ प्रशस्त धार्मिक तीर्थस्थल छन् । यी ठाउँका बारेमा स्थानीयलाई समेत कम जानकारी छ । त्यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थान जिल्लामा प्रसिद्ध छन् । यी स्थानबाट पर्यटकीयस्थलको सहज आनन्द लिन सकिन्छ । खासगरी बसाइँसराइ दर बढी भएका कारण यहाँको जनघनत्व कम छ । मानिसको चाप कम भएसँगै यस्ता स्थलका विकासमा प्रत्यक्ष असर पुग्ने स्थानीय जानकारहरूको भनाइ छ । ऐतिहासिक हतुवागढी, कोटगढी पनि छन् । हतुवागढी गाउँपालिकामा रहेको हतुवागढी र पौवादुङमा गाउँपालिकामा रहेको कोटगढी दुवै स्थान गुमनाम छन् । कतिपय ऐतिहासिक धरोहरको स्थानीयस्तरबाट संरक्षण गरिए पनि देश–विदेशमा चिनाउन नसक्दा यहाँ बाह्य पर्यटकको आवागमन कमै हुने गरेको छ । मानिसको बसोबास कम भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा मानिसको आवगमन घटेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क जिल्लाको जनसङ्ख्या ऋणात्मक रहेको छ । विसं २०६८ को जनगणनामा जिल्लाको कुल जनसङ्ख्या एक लाख ८२ हजार चार सय ५९ थियो । विसं २०७८ को राष्ट्रिय जनगणनामा यहाँको जनसङ्ख्या घटेर एक लाख ५८ हजार नौ सय ९१ भएको छ । दश वर्षमा यहाँको जनसङ्ख्या २३ हजार चार सय ६८ ले घटेको छ । जिल्लाको जनसङ्ख्या वृद्धिदर वार्षिक एक दशमलव ३२ ले ऋणात्मक देखिएको छ । कुनै पनि ठाउँको पर्यटकीयसँगै अन्य क्षेत्रको विकासमा जनसङ्ख्याले भूमिका खेल्ने गर्दछ । तर यहाँ भने जनसङ्ख्याले विकासमा असर पु¥याएको देखिन्छ । त्यससँगै सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार लगायतले पनि विकासको सूचक निर्धारण गर्दछ । यहाँ हिउँदयाममा यातायात सञ्चालन भए पनि बर्खायाममा मानिसलाई घुमफिरका लागि यातायातको सहज पहुँच छैन । यसका लागि कतिपय स्थानमा सडकको विकास गर्न आवश्यक छ भने कतिपय ठाउँका पर्यटकीय क्षेत्रमा पुग्न पैदलमार्गलाई व्यवस्थित बनाउनुपर्ने स्थानीयको माग छ । प्रचार अभाव तथा आवश्यक पूर्वाधार विकास अभावमा यहाँका पयर्टकीय क्षेत्र भएको तुलनामा पर्यटक नआउने गरेको जिल्लाका स्थानीय अजय राईको भनाइ छ । “यहाँ दर्जनौँ पर्यटकीय तथा धार्मिक क्षेत्र छन्”, उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रको तुलनामा घुम्न आउने मानिसको सङ्ख्या ज्यादै न्यून छ । कामविषेशले केही बाहिरबाट आए पनि यहाँको पर्यटकीय क्षेत्रलाई नै हेर्नका लागि भनेर आउने पर्यटकको सङ्ख्या कम छ । हामीले प्रचार–प्रसारमा ध्यान दिन आवश्यक छ ।” यहाँको मुन्दुम पदमार्गको पछिल्लो समयमा आएर परिचित बनेपछि आशा गरेअनुसारको अनुपातमा पर्यटक आउन नसकेको राईको भनाइ छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराइैका समथर फाँटका मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्न पाइने पदमार्ग भए पनि देशमा देखिएको कोभिडका कारण बाह्य पर्यटक आउन समस्या भएको राईको बुझाइ छ । उकालो–ओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक–३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ । यहाँका किराँत राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने अग्र्यानिक खानेकुरा, विभिन्न किसिमका वन–वनस्पती, जडीबुटीलगायत स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थानका रूपमा यसले चिनारी बनाएको छ । तर पर्यटकलाई यस्ता ठाउँको विषयमा कमै मात्रमा जानकारी हुँदा पनि आवगमन कम हुने स्थानीय जानकारहरूको भनाइ छ । रासस
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP