Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै
कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिँदै
बिहीबार, फागुन ११, २०७९
1677137870-FMC0h
Hardik health
नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका(१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रको रूपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब आठ करोडको लागतमा शिव मन्दिर निर्माण गर्दैछ । मन्दिरका पुराना भग्नावशेष भेटिएको भन्दै कलात्मक शिलाको प्रयोगबाट मन्दिर निर्माण गरिँदैछ । आश्रममा करिब नौ सय वर्ष अघि निर्माण भएको र हाल भग्नावशेषका रूपमा रहेको वास्तुकलाले भरिएको ढुंगाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम भइरहेको आश्रमका अध्यक्ष पुष्पराज घिमिरेले बताए । ‘गजुर छोडेर ५१ फिट उचाइ र चौडाइ १७ देखि १९ फिट भएको यो मन्दिर पाँच वर्ष अघि उत्खनन गरी निकालिएका वास्तुकलाले भरिएका ढुंगाले निर्माण गरिदैछ’, अध्यक्ष घिमिरेले भने, ‘मन्दिरको भित्र पुरानो शिव लिंग राखिने छ ।’ पहिले महादेव स्थानका रूपमा रहेको यो स्थलमा आदिवासी थारु समुदायले शिख्रौली कुमारवर्ती ९परिक्रमा पूजा० सालका वृक्षमुनि केही माटाका प्राचीन मूर्ति राखी चैत शुक्ल पक्षमा पूजाआजा गर्दै आएका थिए । २०१६ मा पुनर्वास योजनाअन्तर्गत पहाडी भू(भागमा बसोबास गर्ने व्यक्ति बसाइँसराइ आएपछि भारतको कानपुरबाट खयर संकलन गर्न आउने ठेकेदारलाई अनुरोध गरी शिव मन्दिर स्थापना गरेर सोही समयदेखि नै यहाँ पूजाअर्चना हुँदै आइरहेको छ । २०३५ पछि यहाँको मन्दिरको नाम कैलाश सन्न्यास आश्रम राखिएको अध्यक्ष घिमिरेले बताए । यस स्थानको मन्दिर १३ औँ शताब्दीको भएको पुरातत्व विभागले जनाएको छ । ‘अहिलेसम्म पुरातत्व विभागले आश्रमलाई मन्दिर हस्तान्तरण गरेको छैन’, घिमिरेले भने, ‘विभागले सम्पन्न भइसकेपछि मन्दिर आश्रमलाई हस्तान्तरण गर्ने छ ।’ पूर्व(पश्चिम राजमार्गबाट आठ सय मिटर दक्षिणमा रहेको यस मन्दिरलाई पुरातात्विक, धार्मिक र प्राकृतिकरुपमा पर्यटकीयस्थल बनाउन सकिन्छ । मन्दिरको नजिकै कलकल बगेको नारायणी नदी, नदी पारीको चितवन राष्ट्रिय निकुञ्जमा देखिने गैंडा, बँदेल, मृग, मयुर र नदीमा बसोबास गर्ने विभिन्न चराचुरुगिं र गोही देख्न पाइने यस स्थान रमणीय रहेको छ । गैँडाकोट(१३ मा रहेको आश्रम परिसरमा सेनकालीन सभ्यता झल्काउने शिव मन्दिर बनाइएको छ । यहाँ ढुंगामा कलात्मक हस्तकलाले कुँदिएका करिब एक हजार पाँच सय बढी शिला फेला परेपछि विभागले आफ्नो मातहतमा ल्याएर खोज अनुसन्धान र अन्वेषण गरी मन्दिर बनाउने प्रक्रियामा रहेको छ । चालु आर्थिक वर्षका लागि २० लाख बजेट छुट्टिएको छ । अब दुई वर्षमा सो मन्दिरले पूर्णता पाउने अध्यक्ष घिमिरेले बताए । स्थानीय बुद्धिप्रसाद न्यूरेले धार्मिक आस्थाको केन्द्र र धार्मिक पर्यटकीय क्षेत्रको रूपमा यसलाई विकास गरेर अगाडि बढ्नुपर्ने बताए । ‘यो मन्दिर र यहाँको महत्व धेरै छ । विशेषत शिव भगवानको आराधना र पूजा गर्दा आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वासका आधारमा मन्दिर आउछन्’, उनले भने । हाल भग्नावशेषका रूपमा भेटिएका कलात्मक वास्तुकलाले भरिएको ढुंगाबाट शिखर शैलीको उक्त शिव मन्दिर पुनःनिर्माणको काम गरिएको हो । गैँडाकोट(१३ का मोहन भण्डारीले पुरातत्व विभागले खोज गरेर अहिले मन्दिर निर्माण सकेको बताउँदै यसको महत्वलाई उजागर गर्नुपर्ने जानकारी दिए । राष्ट्रिय गौरवको रूपमा रहेको यस आश्रमको दुई वर्ष लगाएर उत्खनन गरी पुरातत्व विभागले पुराना र नयाँ शिलाको प्रयोगबाट शिव मन्दिर बनाएको आश्रमका महासचिव नेत्रप्रसाद रिजालको भनाइ छ । यसको ऐतिहासक र पुरातात्विक महत्वलाई उजागर गरेर अगाडि ल्याउन काम गरिरहेको रिजालले बताए । यहाँ अहिले मठमन्दिर, साधुसन्त बस्ने घर, विभिन्न देवीदेवताका मठमन्दिर, धर्मशाला निर्माण गरिएको छ । नारायणी नदीको कटान रोक्न र मन्दिर सुरक्षित राख्न गण्डकी प्रदेश सरकारले पर्खाल निर्माणका लागि रु ४० लाख विनियोजन गरेको थियो । पर्खाल निर्माण सम्पन्न भएको छ । यहाँ रहेको पाँच बिघा भूगोलको अहिलेसम्म गुरुयोजना बन्न सकेको छैन । सिखर शैलीको मन्दिर निर्माण गरिए तापनि किन र के कारणले भग्नावशेषको अवस्था आयो यसको खोज भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP