Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #छठ
  • #‘जेरी अन टप’
Search Here
समाचार
  • Home
  • समाचार
  • हिउँदे याम नसकिँदै सुरु भयो गर्मी
हिउँदे याम नसकिँदै सुरु भयो गर्मी
मंगलबार, फागुन ९, २०७९
Hardik health
काठमाडौं– यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको बताए । उनले भने “अहिले अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ । पश्चिमी वायु सक्रिय नभएकाले वर्षा नहुँदा चिसो बढ्न नसकेकाले पनि तापक्रम बढेर चाडै गर्मी महसुस गरिएको हो ।” अघिल्लो वर्ष हिउँदमा पश्चिमी वायु बढी सक्रिय रहेकाले हिउँदे वर्षा राम्रोसँग भएको थियो । यस पटक वर्षा गराउने मौसमी प्रणाली प्रभावकारी नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ । मौसमविद् लामिछानेका अनुसार प्रि मनसुनको सिजन नजिकिएकाले पनि तापक्रम बढिरहेको छ । हिउँदे वर्षा गराउने मौसमी प्रणाली विकसित भए पनि त्यसको सक्रिय प्रभाव नभएकाले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी वर्षा भएको छ । बाँकी क्षेत्रमा अपेक्षित वर्षा नभएकाले बाली लगाएका किसानसमेत मर्कामा परेका छन् । सुक्खापनले पर्यावरणमा समेत असर परेको छ । सामान्यतया नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । तर यस वर्ष हिउँदे वर्षा पर्याप्त मात्रामा हुन सकेन । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहेको छ । धार्मिक विश्वासअनुसार शिवरात्रि पर्वका बेला मौसम धुम्मिन्छ र केही मात्रामा चिसोसमेत हुन्छ । तर यो वर्ष शिवरात्रिका बेला पनि पानी पर्न सकेन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश नं १ लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ । प्रदेश नं १ का पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मंगलबारसम्म धेरै ठाउँको मौसम घमाइलो,बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना
मंगलबारसम्म धेरै ठाउँको मौसम घमाइलो,बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना शुक्रबार, कात्तिक ७, २०८२
देशभर मौसम सफा रहने
देशभर मौसम सफा रहने शुक्रबार, असोज ३१, २०८२
आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा
आज कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा सोमबार, असोज २७, २०८२
उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन: जल तथा मौसम विज्ञान विभाग
उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन: जल तथा मौसम विज्ञान विभाग आइतबार, असोज २६, २०८२
मनसुन क्रमशः कमजोर हुँदै
मनसुन क्रमशः कमजोर हुँदै बिहीबार, असोज २३, २०८२
मनसुन क्रमशः कमजोर हुँदै
मनसुन क्रमशः कमजोर हुँदै बुधबार, असोज २२, २०८२
 मनसुनी वायुको प्रभाव कमजोर हुँदै
 मनसुनी वायुको प्रभाव कमजोर हुँदै मंगलबार, असोज २१, २०८२
लोकप्रिय
  • Week
  • Month
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
 ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा
 ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP