Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इपिएस
  • #मुक्तिनाथ_पदमार्ग
  • #कान्तिलोकपथ
  • #तामाखानी
  • #सप्तकोशी
  • #डल्फिन
  • #ग्रामीण_सडक
  • #अनलाइनबाट_नागरिकता
  • #आईसीसी क्रिकेट विश्वकप लिग २
Search Here
समाचार
  • Home
  • समाचार
  • तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित बन्दैँ
तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित बन्दैँ
सम्झना राई
सम्झना राई सोमबार, असार २७, २०७९
sabji kheti sdvdgds n ,msdfh
काठमाडौं-  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वडालाई समेटी तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । कावासोती नगरपालिकाको वडा नं ४, ९, १० १२, १५, १६ र १७, मध्यबिन्दु नगरपालिकाको वडा नं १, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिकाको १, २, ३, ४ वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ । तरकारी जोन कार्यक्रम आर्थिक वर्ष २०७६÷०७७ बाट सुरु भएको हो । परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेतीको क्षेत्रफल ५१२ हेक्टर रहेको थियो । हाल क्षेत्रफल विस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आबद्ध छन् भने दुई हजार ३५५ घरधुरी तरकारी जोनमा संलग्न छन् । नवलपुर जिल्ला कृषिमा अब्बल मानिन्छ । यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्या बाक्लै छ । परियोजना सुरु हुने अघि नै धेरै किसान तरकारी खेतीमा लागेका थिए तर परियोजना लागू भएपछि किसान थप हौसिएका छन् । धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने कृषकलाई ठूलो राहत मिलेको छ । जोनमा आबद्ध हुप्सेकोट–१ जुकेपानीको लेकबेँसी कृषक समूहका कृषक शङ्कर थापाले तरकारी जोन परियोजना लागू भएपछि मलचिङ, स्प्रे ट्याङ्की, जोख्ने काँटालगायतका सामग्री पाउँदा कृषक निकै उत्साहित भएको बताए । परियोजनाका बारेमा जानकारी नहुँदा पालिकामा मात्रै निर्भर रहनुपरेको, पालिकाबाट सानो सहयोग हुने गरेकोमा परियोजनामा आबद्ध भएपछि कृषकलाई आवश्यक धेर सामग्री अनुदानमा पाउँदा लागत घटेको उनी बताउछन् । परियोजनाको कामबाट आफ्नो समूह निकै खुसी भएको उनले बताए । “परियोजनाले विभिन्न सहयोग गरिरहेको छ, प्राविधिक ज्ञानसमेत प्रदान गर्ने गरेको छ”, “यसले धेरै सहजता मिलेको छ”, कृषक शङ्कर थापाले भने , “यसले कृषि पेसा गर्न उत्पे्ररित गरेको छ ।” हुप्सेकोटको जुकेपानी क्षेत्रमा अधिकांश किसान काँक्रा खेती गर्छन् । जुकेपानीबाट मात्रै एक सिजनमा रु १० करोड बराबरको काँक्रा बिक्री गरिएको छ । त्यसबाहेक टमाटर, आलु, बोडी, भिन्डी करेलालगायतका खेती गर्ने गरिएको छ । यस्तै कावासोती–१७ का किसान जोगबहादुर महतोले पनि परियोजना किसानका लागि निकै फलदायी भएको बताउछन् । परियोजनाबाट प्राप्त बीउबिजन राम्रो हुने भएकाले उत्पादन पनि राम्रो भएको उनको भनाइ छ । अनुदानमा सामग्री पाउँदा किसानलाई धेरै राहत मिलेको उनले बताए। परियोजना सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वको कार्यालयका कर्मचारी कृषकका समस्या समाधान गर्न लागि परिरहेका छन् । तरकारी जोन परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र टमाटर खेतीलाई प्राथमिकता दिएको छ । त्यसबाहेक आलु, बोडी, भिन्डी करेला, घिरौँला, खुर्सानीलगायतका तरकारी खेती यहाँ गरिन्छ । परियोजना नहुँदा किसानले उत्पादन सामग्री सबै आफ्नै खर्चमा किन्नुपर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामाग्री पाएपछि भने उत्पादन लागत घट्दा नाफा बढी भएको किसान बताउछन् ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
महानगर प्रहरी पाण्डे ६ महिनाका लागि निलम्बित
महानगर प्रहरी पाण्डे ६ महिनाका लागि निलम्बित मंगलबार, जेठ २०, २०८२
अन्नपूूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
अन्नपूूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण मंगलबार, जेठ २०, २०८२
सात पर्यटक बसलाई सुरक्षा दिएर गन्तव्यमा पठाइयो
सात पर्यटक बसलाई सुरक्षा दिएर गन्तव्यमा पठाइयो मंगलबार, जेठ २०, २०८२
दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान सुरु
दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान सुरु मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित मंगलबार, जेठ २०, २०८२
आज पनि यात्रुलाई सास्ती
आज पनि यात्रुलाई सास्ती मंगलबार, जेठ २०, २०८२
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट मंगलबार, जेठ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
तेक्वान्दो खेलाडी राईलाई सम्मान
तेक्वान्दो खेलाडी राईलाई सम्मान
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
सोमबारको तुलनामा घट्याे सुनचाँदीको मूल्य
सोमबारको तुलनामा घट्याे सुनचाँदीको मूल्य
गणतन्त्र दिवसमा सडक कब्जा !
गणतन्त्र दिवसमा सडक कब्जा !
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP