Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जो परिवर्तनको एजेण्डा लिएर रुविभ्यालीको अध्यक्ष चुनिए
जो परिवर्तनको एजेण्डा लिएर रुविभ्यालीको अध्यक्ष चुनिए
सम्झना राई
सम्झना राई आइतबार, जेठ ८, २०७९
1111
Hardik health
काठमाडौं– राजनीतिमार्फत गाउँको विकास र सामाजिक परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ राजनीतिमा होमिएका युवा हुन् रामसिंह तामाङ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी त्यही सोचलाई मुख्य एजेण्डा बनाएर प्रतिस्पर्धामा उत्रिए । र, रामसिंहको एजेण्डालाई साथ दिँदै धादिङको रुविभ्याली गाउँपालिकाका जनताले अध्यक्षमा निर्वाचित गराए । यसअघि २०७४ सालको स्थानीय चुनावमा पनि उनी रुविभ्याली गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । तर, त्यसबेला उनले उपविजेतामै चित्त बुझाउनुपर्‍यो । उक्त पराजयपछि उनले आफ्ना कमजोर पक्ष पहिल्याउँदै त्यसलाई सुधार गरे, र पाँच वर्षपछि सफलता हासिल गरिछाडे । यसपटक रुविभ्यालीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो । गठबन्धनबाट अध्यक्षमा रामसिंह र उपाध्यक्षमा फेलामा तामाङ निर्वाचित भएका हुन् । वि.सं. २०३४ माघ ३ गते धादिङ जिल्लाको सेर्तुङ गाउँको साधारण परिवारमा उनी जन्मिएका थिए । तामाङ नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य, रुविभ्याली गाउँपालिकाका इञ्चार्ज तथा माओवादी केन्द्र जिल्ला समिति सदस्य छन् । राजनीतिसँगै उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । तामाङ स्थानीय शान्ति समितिमा सदस्य, नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष तथा गणेश हिमाल सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष समेत हुन् । २०६२/६३ को जनआन्दोलनमार्फत् मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै उनी तत्कालीन नेकपा माओवादी (हाल माओवादी केन्द्र) बाट राजनीतिमा सक्रिय भएका थिए । तामाङ बाल्यकालदेखि नै शालीन स्वाभावका थिए । केही नयाँ गर्नुपर्छ भन्ने अठोट लिएर अगाडि बढेका उनले छोटो समयमै यो राजनीतिक सफलता हात पारेका हुन् । उनी उत्तरी धादिङ रुविभ्याली मात्रै नभई समग्र धादिङको उत्पीडित जाति तथा समुदायको उत्थान, गरिबी, शिक्षा र भौतिक विकासको लागि जोड दिँदै सम्बन्धित निकायलाई दबाब दिन लागिपरेका युवा नेता हुन् । नवनिर्वाचित अध्यक्षतामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङका सहोदर भाञ्जा हुन् । उनलाई आफ्नो मामासँगको राजनीतिक विचारमा फरक मत राखेर अगाडि बढ्नु पक्कै सजिलो थिएन । तर, उनी आफ्नो विचार र समाज परिवर्तनका निम्ति कहिल्यै पछि नपरी अग्रसर भएर लागिरहे । र, जनतासामु आफ्ना विचार उद्देश्य प्रस्ट्याउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । यससँगै उनले रुविभ्यालीको परिवर्तनका लागि बनाएका योजना कार्यान्वयन गर्ने अवसर पाएका छन् । यो अवसर उनले आगामी पाँच वर्षमा कसरी सदुपयोग गर्छन् त्यो भने हेर्न बाँकी नै छ । नवनिर्वाचित अध्यक्ष तामाङले जनताबाट पाएको साथलाई सम्मान गर्दै गाउँपालिकाको विकास र सामाजिक रुपान्तरणको काममा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले आफू रुविभ्यालीका जनताको सेवक भएर काम गर्ने बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 विश्व ताल दिवस: आज
 विश्व ताल दिवस: आज बुधबार, भदौ ११, २०८२
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक
संविधानको व्यवस्थाविरुद्ध निजी विद्यालय सञ्चालक बुधबार, भदौ ११, २०८२
पोखराको आर्वामा माइक्रोबस दुर्घटना
पोखराको आर्वामा माइक्रोबस दुर्घटना सोमबार, भदौ ९, २०८२
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP