Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जो परिवर्तनको एजेण्डा लिएर रुविभ्यालीको अध्यक्ष चुनिए
जो परिवर्तनको एजेण्डा लिएर रुविभ्यालीको अध्यक्ष चुनिए
आइतबार, जेठ ८, २०७९
1111
Hardik health
काठमाडौं– राजनीतिमार्फत गाउँको विकास र सामाजिक परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ राजनीतिमा होमिएका युवा हुन् रामसिंह तामाङ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी त्यही सोचलाई मुख्य एजेण्डा बनाएर प्रतिस्पर्धामा उत्रिए । र, रामसिंहको एजेण्डालाई साथ दिँदै धादिङको रुविभ्याली गाउँपालिकाका जनताले अध्यक्षमा निर्वाचित गराए । यसअघि २०७४ सालको स्थानीय चुनावमा पनि उनी रुविभ्याली गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका थिए । तर, त्यसबेला उनले उपविजेतामै चित्त बुझाउनुपर्‍यो । उक्त पराजयपछि उनले आफ्ना कमजोर पक्ष पहिल्याउँदै त्यसलाई सुधार गरे, र पाँच वर्षपछि सफलता हासिल गरिछाडे । यसपटक रुविभ्यालीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो । गठबन्धनबाट अध्यक्षमा रामसिंह र उपाध्यक्षमा फेलामा तामाङ निर्वाचित भएका हुन् । वि.सं. २०३४ माघ ३ गते धादिङ जिल्लाको सेर्तुङ गाउँको साधारण परिवारमा उनी जन्मिएका थिए । तामाङ नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य, रुविभ्याली गाउँपालिकाका इञ्चार्ज तथा माओवादी केन्द्र जिल्ला समिति सदस्य छन् । राजनीतिसँगै उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । तामाङ स्थानीय शान्ति समितिमा सदस्य, नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष तथा गणेश हिमाल सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष समेत हुन् । २०६२/६३ को जनआन्दोलनमार्फत् मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै उनी तत्कालीन नेकपा माओवादी (हाल माओवादी केन्द्र) बाट राजनीतिमा सक्रिय भएका थिए । तामाङ बाल्यकालदेखि नै शालीन स्वाभावका थिए । केही नयाँ गर्नुपर्छ भन्ने अठोट लिएर अगाडि बढेका उनले छोटो समयमै यो राजनीतिक सफलता हात पारेका हुन् । उनी उत्तरी धादिङ रुविभ्याली मात्रै नभई समग्र धादिङको उत्पीडित जाति तथा समुदायको उत्थान, गरिबी, शिक्षा र भौतिक विकासको लागि जोड दिँदै सम्बन्धित निकायलाई दबाब दिन लागिपरेका युवा नेता हुन् । नवनिर्वाचित अध्यक्षतामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङका सहोदर भाञ्जा हुन् । उनलाई आफ्नो मामासँगको राजनीतिक विचारमा फरक मत राखेर अगाडि बढ्नु पक्कै सजिलो थिएन । तर, उनी आफ्नो विचार र समाज परिवर्तनका निम्ति कहिल्यै पछि नपरी अग्रसर भएर लागिरहे । र, जनतासामु आफ्ना विचार उद्देश्य प्रस्ट्याउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । यससँगै उनले रुविभ्यालीको परिवर्तनका लागि बनाएका योजना कार्यान्वयन गर्ने अवसर पाएका छन् । यो अवसर उनले आगामी पाँच वर्षमा कसरी सदुपयोग गर्छन् त्यो भने हेर्न बाँकी नै छ । नवनिर्वाचित अध्यक्ष तामाङले जनताबाट पाएको साथलाई सम्मान गर्दै गाउँपालिकाको विकास र सामाजिक रुपान्तरणको काममा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । उनले आफू रुविभ्यालीका जनताको सेवक भएर काम गर्ने बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख
तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख बिहीबार, चैत ५, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
चैत्र शुक्ल प्रतिपदाः ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै
चैत्र शुक्ल प्रतिपदाः ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै बिहीबार, चैत ५, २०८२
कम्बोडियाबाट २० नेपालीको उद्धार
कम्बोडियाबाट २० नेपालीको उद्धार बिहीबार, चैत ५, २०८२
दुई सय पाँच गोही नदीमा छाडियो
दुई सय पाँच गोही नदीमा छाडियो बिहीबार, चैत ५, २०८२
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु
ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु बिहीबार, चैत ५, २०८२
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP