Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालगञ्जकी किशोरी स्वस्तिकाको मृत्यु रहस्यमय
नेपालगञ्जकी किशोरी स्वस्तिकाको मृत्यु रहस्यमय
admin123
admin123 आइतबार, वैशाख ८, २०७६
58376572_314703849221765_303213657326616576_n
Hardik health
नेपालगञ्ज/६ महिनाअघि प्रेमविवाह गरेकी नेपालगञ्जकी एक युवतीको रहस्यमय मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका—१० भृकुटीनगर निवासी १९ बर्षिया स्वस्तिका लिम्बुको रहस्यमय मृत्यु भएको हो । बैशाख १ गते उनी आफ्नै निवासमा मृत फेला परेकि हुन् । माईती पक्षले उनकै पतिले हत्या गरेको आरोप लगाईरहेका छन् भने घर पक्षकाले झुण्डिएर आत्महत्या गरेको बताईरहेका छन् । जानकारी अनुसार, प्रहरी घटना स्थलमा पूग्दा लिम्वु बिस्तरामा मृत अवस्थामा थिईन्, पासो लगाई पंखामा झुण्डिएकि श्रीमतीलाई बचाउन खोज्दा, खोज्दै निधन भएको उनका श्रीमानले प्रहरीलाई बताएको बताईन्छ । नेपालगञ्ज वडानम्वर २० मनिकापुर राँझा सम्झना चौककी स्वस्तिकको नेपालगञ्ज उपमहानगरपालिका—१० भृकुटीनगरका मुकेश भन्ने आयुष बुढाक्षेत्रीसँग २०७५ कार्तिक ५ गते प्रेमविवाह भएको थियो । लिम्बुको शरीरमा कुटपिटको नीलडाम देखिएको दाबी गर्दै माइती पक्षले उनको पतिमाथि कारबाही गर्न प्रहरीसमक्ष आग्रह गरेको छ । उनको हत्या भएको भन्दै माइती पक्षले कारबाहीका जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रदर्शन गरेका थिए । माइती पक्षले पतिले नै लिम्बुको हत्या गरेको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका थिए । पतिले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको जानकारी आफुलाई भएको मृतककी आमा लिला लिम्बुले बताइन् । नयाँ वर्षको दिन बिहान छोरीले माइत आउँछु भनेको भन्दै उनकी आमाले मध्याह्न १२ बजे पतिले आउन नदिएको फोनबाट जानकारी गराएको बताइन् । लगत्तै छोरीको मोबाइल स्विचअफ भएको उनले जानकारी दिइन् । आफूहरूले दिउँसो तीन बजे खबर पाएको भन्दै मृतक लिम्बुका फुफाजु दीपक भण्डारीले आफुहरु पूग्दा स्वस्तिका मृत अवस्थामा भेटिएको बताए । मृतकका आफन्त बेग बहादुर थापाले अचानक स्वस्तिका पंखामा झुण्डिएर मरेको भन्ने जानकारी पाएपछि आफुहरु घटना स्थल पूग्दा शवलाई निकालेर बेडमा राखिएको आफुहरुले पाएको बताए । उनले आफुहरु पूग्दा आफुहरु भन्दा अगाडी घटना स्थलमा प्रहरी पुगिसकेको बताए । उनका अनुसार मृतकको घाँटिमा डोरीले बाँधिएर घाउ भएको, छातिमा नङ्ग्राले घाउ बनाएको, शरिर भर निलडाम भएको, कान, ढाड, पाखुरामा समेत चोट लागेको थियो । घर परिवारले स्वस्तिका पँखाको पातामा झुण्डिएर मरेको बताएपनि माईतीले सो कुरा अस्विकार गरिरहेका छन् । घटना घटिसेकपछि माईती पक्ष पूग्दा झुण्डिएको भनिएको अग्लो पँखाको पाता, पँखा केही पनि नभएको, पँखा सम्म पूग्ने कुर्सी, स्टुल केही पनि नभएको माईती पक्षको भनाई रहेको छ । मृतकका आफन्तले ६० देखि ६२ केजि तौल रहेकी स्वस्तिका एउटा पातामा झुण्डिन असम्भव रहेको बताए । उनीहरुले स्वस्तिकालाई मारिसकेपछि आफु बच्न उनका पतिले सल पँखामा झुण्ड्याएको आरोप लगाए । उनीहरुले मृतकको रक्ताम्य कपडा परिवर्तन गरि टिसर्ट लगाईदिनु, प्रहरीले मुचुल्का बनाउन हतार गर्नुबाट उनको मृत्यु आत्महत्याबाट नभई हत्याबाट भएको हो भन्ने कुरा आफुहरुले थाहा पाएको बताए । प्रहरीसँगै घरका व्यक्तिहरुले कुर्ता च्यातिएका कारण बदलेर टिसर्ट लगाइदिएको भनेर भनेको आफुहरुले सुनेको पीडितहरुको भनाई रहेको छ । मृतककी आमा लिला लिम्बुले आफ्नी छोरीलाई मुकेशले कुटपिट गरि घाँटीमा डोरीले कसेर तड्पाई, तड्पाई मारेको बताईन् । लिम्बुको हत्यारालाई कारवाहीको माग गर्दै बैशाख ३ गते नेपालगञ्जमा प्रदर्शन समेत गरिएको थियो । माईती पक्षल लगाएतले नेपालगञ्जको धम्बोझी चोकदेखि खजुरा रोडस्थित जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनमा करिब पाँच सय जनाको सहभागिता थियो । प्रर्दशनमा मृतककी आमा बेहोस् भएकि थिईन् । भारतको राजस्थानमा रहेका वुवा घटना सुनेपछि भक्कानिएर नेपाल फर्केका थिए । बैशाख ३ गते बिहान ८ बजे नेपालगञ्ज आईपूगेका बुवा बिनोद लिम्बुले सबै घटना बिबरण सुन्दा, बुझ्दा छोरीलाई केटाले कुटपिट गरि, डोरीले कसेर मारेको र आफु बच्न सल पंखामा झुण्डाएको बताए । घर पक्षले लास कहाँ छ, के भईरहेको छ भनेर चाँसो नदिएको दुःखेसो उनले गरे । आफु र छोरीको ससुरा दुबै सेनामा रहेको बताउँदै उनले आफुहरु एउटै पल्टनमा हुँदा आफु सिपाही र मुकेशको बुवा नायक रहेको बताए । आफु हवल्दारबाट पेन्सन भएर निस्केको बताउने लिम्बुले हाल छोरीको ससुरा मेजरको रुपमा सेनामा कार्यरत रहेको बताए । आफै फोन गरेर आउनुस्, छलफल गरौं भन्दा पनि छोरीको ससुरा नआएको बताउँदै उनले बैशाख ४ गते पोष्टमार्टम गर्ने दिनमा समेत चाँसो नदिएको बताए । मेडिकल कलेजमा रहेको छोरीको लाशको पैंशा आफै तिरेर पोष्टमार्टम गर्न लगेको उनले बताए । पोष्टमार्टम गर्ने स्थलमा प्रहरीको पहलमा उनीहरु आएको, पोष्टमार्टम स्थलमा अक्रोशित महिलाहरुलाई घर पक्षको व्यक्तिले अपशब्द बोल्दै हेल्मेटले हानेर मारिदिन्छु भनेको सुन्दा समेत प्रहरीले बेबास्ता गरेको लिम्बुले बताए । उनका अनुसार, आक्रोशित महिलाहरुलाई ढुँगा समेत प्रहार हुँदा केही समय पोष्टमार्टम स्थल तनाबग्रस्त बनेको थियो । माईती पक्षले बैशाख ५ गते अगैयामा स्वस्तिकाको दाहसँस्कार गरेको छ भने घर पक्षले बैशाख ६ गते कुशको शब बनाई दाहसंस्कार गरेको जानकारी प्राप्त भएको छ । हत्या हो वा आत्महत्या भन्ने बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले बताए । उनका अनुसार, घटना घटेकै दिन उनका पति आयुष बुढा क्षेत्रीलाई पक्राउ गरि हिरासतमा राखिएको छ । मृतक स्वस्तिकाका माईती पक्षधरले श्रीमान् मुकेशविरुद्ध किटानी जाहेरी दिएको र दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरी उपरीक्षक पौडेल जानकारी दिए । उनका अनुसार, म्याद थप गरि अनुसन्धान भईरहेको छ । यस घटनालाई राजनीतिकरण गर्न खोजिएको आरोप समेत लगाईएको छ । मुकेश भनिने आयुष बुढा क्षेत्री साँसद नन्दलाल रोकायका छोरी पट्टिका छोरा हुन् । रोकाय उनलाई छुटाउन दवाव दिन जिल्ला प्रहरी कार्यालयमा पूगेको आरोप माईती पक्षको छ । यद्यपि प्रहरीले रोकाय आफ्नै कामको सिलसिलामा आएको, कुनै प्रकारको दवाव नदिएको बताएको छ । अर्काे तर्फ मृतक स्वस्तिका राप्रपाका महामन्त्री तथा साँसद राजेन्द्र लिङ्गलेनकी आफन्त हुन् । लिङ्गदेनले सो घटना बारे प्रहरीलाई सम्पर्क गरि निष्पक्ष छानविन गर्न भनेको स्रोतले बतायो । यस बारेमा प्रहरी उपरीक्षक पौडेल कसैको दबाब र प्रभावमा नपरि निष्पक्ष रुपमा अनुसन्धान गर्ने बताउँछन् । उनका अनुसार, पोष्टमार्टम रिपोर्टमा प्रष्टता नआएपछि भिसेरा रिपोर्टका लागि काठमाण्डौं पठाईएकोछ । कार्तिक ५ गते प्रेम बिबाह गरेको यो जोडीको दाम्पत्य जीवन सफल हुन सकेन । घटना घट्नु भन्दा अघि पनि दुई जनाको बिबाद हुने गरेको माईती पक्षको भनाई रहेको छ । तिमी मेरो आँखाको तारा, तिमी बिना कोही छैन साहरा, म तिमीलाई माया गर्छु भन्नै पर्दैन जस्ता गितहरुमा टिकटक बनाएकि स्वस्तिकाका भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेका छन् । तर उनले टिकटक बनाएका गितहरु उनको जीवनमा उल्टो सावित भए । उमंग र सुखीका साथ मनाईने नयाँ बर्ष उनका लागि कालो दिन बनेर आयो र सोही दिन उनले मृत्युबरण गर्नु पर्यो । घटना घटिसकेपछि मृतकको शरिरमा देखिएका निलडाम, चोटपटकहरुको तस्विर सामाजिक सञ्जालहरुमा भाईरल बनाउँदै उनका आफन्त, शुभेच्छुकहरुले घटनाको निन्दा गर्नुका साथै दोषिलाई कार्वाही गरि पीडितलाई न्याय दिन माग गरिरहेका छन् । यस तर्फ सम्बन्धित निकायले निष्पक्ष छानबिन गरि घटनाको बास्तविकता सार्वजनिक गर्नुका साथै दोषिलाई कार्वाही गर्न जरुरी छ । यसो भयो भने मात्रै कलिलो उमेरमा जीवन गुमाएकि लिम्बुको दिवंगत आत्माले शान्ति पाउनेछ भने उनका आफन्तहरुले न्याय पाउनेछन्, समाजमा यस्ता घटना नहुनका लागि सन्देश प्रबाह हुनेछ ।
प्रकाशित मिति: आइतबार, वैशाख ८, २०७६  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP