Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस भव्य
नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस भव्य
admin123
admin123 शुक्रबार, वैशाख ६, २०७६
56855374_432800100815810_5692410333969252352_n
Hardik health
नेपालगञ्ज/नयाँ वर्षको पहिलो दिन राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको छ । बिगत चार बर्ष देखि नेपालगञ्जबाट शुरु गरिएको झण्डा दिवस वैशाख १ गते बिभिन्न स्थानहरुमा मनाउन थालिएको हो । नेपालगञ्जमा क्रियाशिल अन्तरालले २०७३ साल बैशाख १ गते देखि झण्डा दिवस बनाउन शुरु गरेको हो । पहिलो बर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगञ्ज रंगशालामा सम्पन्न भएको थियो भने दोश्रो बर्ष २०७४ बैशाख १ गते चन्द्र शुर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगञ्जको रामलिला मैदानमा सम्पन्न भएको थियो भने तेस्रो बर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगञ्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो । तेस्रो बर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने पोखरा लगाएतका स्थानहरुमा पनि दिवस बनाईएको थियो । चौथो बर्ष अन्तरालले नेपालगञ्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगञ्जको बी.पि. चौकमा मनाएको थियो । दिवसको अवसरमा आयोजित कार्यक्रमका बक्ताहरुले झण्डाले राष्ट्रियतालाई एकताको शुत्रमा बाँधेकाले झण्डाको महत्व बढाउने कार्य दिवसले गरेको बताएका थिए । झण्डाले नेपालीलाई एकताबद्ध गरी विश्व मानचित्रमा स्थापित गराएको भनाई बक्ताहरुको थियो । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणाले चन्द्र र सुर्य अंकित पृथक राष्ट्रिय झण्डाका कारण नेपालीहरु बिश्वमा परिचित भएको बताए । उनले झण्डा दिवस महत्वपूर्ण कार्यक्रम भएको बताउँदै नेपालगञ्जको कुनै एक सडकलार्ई झण्डा सडकको रुपमा निर्माण गर्ने प्रश्ताब अघि सारेका थिए । उनले झण्डा दिवसलाई सरकारले मनाउनु पर्ने बताए । यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपालीको पहिचान नै राष्ट्रिय झण्डा भएकाले यसको महत्वलाई प्रबद्र्धन गर्न झण्डा दिवस सफल हुने भएकाले दिवसलाई निरन्तरता दिन आग्रह गरे । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले राष्ट्रिय झण्डाको सबैले सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर, आठौं राष्ट्रिय खेलकुद मुल समारोह समितिका संयोजक तथा राष्ट्रि खेलकुद परिषदका सदस्य विनोद मैनाली, नेपाल पत्रकार महासँघका निबर्तमान केन्द्रीय सदस्य झलक गैरेले राष्ट्रिय झण्डा नेपाल र नेपालीको शान भएकाले यसको महत्व बढाउन सबैले सहयोग गर्नुपर्ने बताए । राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले स्वागत गर्दै दिवसको औचित्यमाथि प्रकाश पारेका थिए । उनले बाँके जिल्लाबाट शुरु गरिएको दिवस देशैभर मनाउन थालिएकोमा खुसी व्यक्त गरे । उनले बाँकेसगैं देशका विभिन्न जिल्लामा यो दिवस मनाउन थालिएकोले सरकारले नै यसको जिम्मेवारी लिई राष्ट्रिय झण्डा दिवस मनाउनुपर्ने बताए । हरेक दिन राष्ट्रिय, अन्तराष्ट्रिय दिवस मनाईन्छ तर देशलाई बिश्व मानचित्रमा चिनाउने, राष्ट्रको प्रतिक राष्ट्रिय झण्डालाई सम्झिने कुनै दिन छैन —परिकल्पनाकार शाहले भने—जसका कारण झण्डाको रंग समेत गलत प्रयोग गर्ने परिपाटी बढेर गएको छ । यस्तो समस्या हुन नदिन, झण्डाको महत्व बढाउन दिवस मनाउने सोच आफुमा आएका हो । राष्ट्र, राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाध्ने गरेको उल्लेख गर्दै शाहले झण्डाको महत्वलाई बुझि झण्डाको मर्यादा कायम राख्न सबैलाई आग्रह गरे । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा उल्लेख्य व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापन नेपालगञ्ज उद्योग बाणिज्य सँघका अध्यक्ष नन्दलाल बैश्यले गरेका थिए । यस बर्ष पनि पोखरा लगाएतका स्थानहरुमा झण्डा दिवस मनाईएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP