Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • छात्राबासमैं बस्ने छात्रालाई बलात्कार, बलात्कार अभियोगमा अध्यक्ष राना पुर्पक्षका लागि थुनामा
छात्राबासमैं बस्ने छात्रालाई बलात्कार, बलात्कार अभियोगमा अध्यक्ष राना पुर्पक्षका लागि थुनामा
admin123
admin123 शुक्रबार, पुस २७, २०७५
12195773_119788148385670_798898793452579402_n
Hardik health
नेपालगञ्ज/कसैले कसैलाई बिश्वास गर्न सक्ने स्थिती रहेन हाम्रो समाजमा । संरक्षकनैं भक्षक, अभिभावकनैं राक्षश भईंदिदा समाज कुन दिशा तर्फ अघि बढिरहेको छ भनेर चिन्ता गर्ने बेला आएकोछ । जतिसुकै शिक्षित व्यक्ति भएपनि नैतिकता गुमाउँदा उसले कुकर्म गर्दछ भन्ने कुरा बिभिन्न घटनाक्रमहरुले पुष्टि भईरहेकोछ । प्रसँग नेपालगञ्ज स्थित बाँके नेत्रहिन सँघका अध्यक्ष के.एल. राना भनिने कन्हैया लाल रानाको हो । जसको अगुवाईमा २०५५ सालमा नेपाल नेत्रहिन सँघको बाँके शाखा स्थापना भएको थियो जुन पछि गएर बाँके नत्रेहिन सँघका नाममा क्रियाशिल छ । जसले दृष्टिबिहिन, न्यून दृष्टि भएका बालबालिकाहरुको पठन–पाठनमा सहयोग गर्ने हेतुले नेपालगञ्जको रामबागमा छात्रबासनैं सञ्चालन गरिरहेकोछ । जसमा धेरै दृष्टिबिहिन बालबालिकाहरु आश्रित छन् । यो असल कार्य पनि हो । यहि असल कार्य भित्र अध्यक्ष रानाले दुराचारी कार्य गरेको घटना उजागर भएकोछ । जानकारी अनुसार, रानाले बिगत ३ बर्ष देखि छात्रबासमा बसिरहेकी एक नाबालिकालाई बलात्कार गर्दै आएको खुलेकोछ । छात्रबासमा बसेर मंगल प्रसाद मा.बि.को कक्षा ७ मा अध्ययनरत जनजाती थरकी छात्रालाई बिगत देखि यौन दुव्र्यवहार गर्दै बिभिन्न प्रलोभन देखाई बलात्कार गर्दै आएको दावि सहित जिल्ला प्रहरी कार्यालय बाँकेमा जवरजस्ति करणि अभियोगमा उजुरी परेपछि उक्त घटना बाहिर आएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेको मुद्धा शाखा प्रमुख प्रहरी निरिक्षक दिपक मल्लका अनुसार, मंसिर २४ गते पीडित छात्राले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि रानालाई पक्राउ गरिएको हो । प्रहरीले अनुसन्धान गरि पौष १५ गते जिल्ला अदालतमा मुद्धा पेश गरेको थियो । पौष २० गते जिल्ला अदालतले पुर्पक्षका लागि रानालाई कारागार चलान गरेकोछ । राना हाल बाँके जिल्ला कारागारमा रहेका छन् । बाँके नेत्रहिन सँघका सचिव भावकुजँग थापाले संस्थाका लेखापाल मार्फत छात्रालाई अध्यक्ष रानाले दुव्र्यवहार गरेको भन्ने जानकारी पाएपछि सो बारे संस्थाबाट आवश्यक छानविन गरिएको बताए । उनका अनुसार, संस्थामा अध्यक्षलेनैं अनुचित गरेको जानकारी आएपछि पीडित छात्रालाई बुझ्ने कार्य गरिएको थियो तर छात्राले खासै कुरा नगरेपछि केन्द्रलाई परिपत्र गर्ने कार्य समेत गरिएको थियो । केन्द्रमा परिपत्र गरेपछि नेपाल नेत्रहिन सँघकी संस्थापक केन्द्रीय अध्यक्ष मिरा अधिकारी नेतृत्वको टोली नेपालगञ्ज आई अनुसन्धान गर्दा छात्राले आफु माथि यौन दुव्र्यवहार हुनुका साथै बलात्कार भएको बयान दिएपछि राना बिरुद्ध जाहेरी दर्ता भएको बुझिएकोछ । यसरी संस्थामा अध्यक्षकै नैतिकताका बिषयमा प्रश्न चिन्ह खडा भएपछि उनीसँग राजिनामा माग गरिएको संस्थाका सचिव थापाले जनाए । रानाले असोज ९ गते राजिनामा दिएका थिए । उनको राजिनामा स्विकृति पश्चात उपाध्यक्ष धनमाया शर्मालाई अध्यक्षको जिम्मेवारी दिईएको छ । मंगल प्रसाद मा.बि.मा अध्यापन गराउने राना स्थापना काल देखिनैं संस्थाको अध्यक्ष रहँदै आएका छन् । कञ्चनपुर बिकासबस्ति घर भएका राना शिक्षणको शिलशिलामा नेपालगञ्ज आएका हुन् । उनी छात्रबास बनेदेखिनैं आफ्नो परिवार सहित छात्रबास बस्दै आएका थिए । उनी बिरुद्ध बिभिन्न कुराहरु उठ्न थालेपछि असार २२ गते देखि नेपालगञ्जमा रहेको निजी घरमा उनले बसाई सारेका थिए । बाँकेको बैजानथ गाउँपालिकामा घर भएकि न्यून दृष्टि भएकि पीडित बालिका ८ बर्षको हुँदा देखिनैं छात्रबास बस्दै आएको बुझिएकोछ । ब्रेल सिक्दा देखि हाल सम्म छात्रबासमैं बसिरहेकि ति छात्रालाई रानाले फलफुल, पैंशा दिएर यौन दुव्र्यवहार गर्दै बलात्कार गरेको बयान दिएकि छिन् । सो कुरा सत्य भएको भन्दै छात्रबासमैं बस्ने अन्य बालबालिकाहरुले पनि बयान दिएका छन् । तर रानाले घटना सत्य नभएको भन्दै ईन्कारी बयान दिएको जानकारी प्राप्त भएको छ । घटनाका बारेमा बालिकाले मुख नखोलेका कारण आफुहरुलाई समयमा जानकारी नभएको संघका कोषाध्यक्ष भोलानाथ त्रिपाठीले बताए । पीडितका तर्फबाट सरकारी वकिल लगाएत अधिबक्ता कृष्ण प्रसाद जैशी, सुसिल जोशीले बहस गरिरहेका छन् भने रानाका तर्फबाट अधिबक्ता ध्रुव बस्याल, पवन गुप्ता लागएतले पैरवी गरिरहेका छन् । जवरजस्ति करणि अभियोग प्रमाणित भएमा क्षतिपूर्ति लगाएत सजाय हुने व्यवस्था छ यस घटनाको सन्दर्भमा नाबालिका, अपाँगता र आफै संरक्षण गरि राखिएको भएका कारण थप सजाय हुने कानुन व्यवशायी बताउँछन् । अर्काे एक जानकारी अनुसार, १४ बर्ष र १८ बर्षिय २ छोराका बुवा रानाले यस अघि पनि एउटा घटना घटाएको थाहा भएको छ । स्रोतका अनुसार, केही बर्ष अघि छात्रबासमैं बस्ने एक बालिकालाई यसैगरि अनुचित सम्बन्ध राखेपछि उनको पेटमा गर्भ रहन गयो । यो मुद्धा केन्द्रमा पूगेपछि केन्द्रले छानविन गर्यो । केन्द्रले छानबिन गर्दा रानाले श्रीमती स्विकार्ने शर्तमा यो घटनालाई गुपचुप बनाईयो । उनीबाट छोरा जन्मियो । केही समय रानाले आफैसंग राखे । पछि बिभिन्न प्रलोभन देखाई उनको अन्यत्रनैं बिबाह गरिदिए । दैलेख बिबाह गरिएकि उनको उता पनि घरजम नभएपछि उनले कठिन तवरले छोरासँग जिन्दगि यापन गरिरहेको जानकारी प्राप्त भएकोछ । यहि घटनाका कारण रानालाई नेपाल नेत्रहिन सँघले केन्द्रीय सदस्य पदबाट पदमुक्त गरेको थियो । यसरी यि दुई घटनाहरुले रानाको मनोबृत्ति प्रष्ट पार्दछ । अन्तिम टुँगो लाग्न बाँकी रहेको उक्त घटनाका पीडितहरुले न्यायलयबाट न्याय पाउने आशा गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP