Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • यसरी बन्यो सुन्दर विमानस्थल
यसरी बन्यो सुन्दर विमानस्थल
admin123
admin123 शुक्रबार, भदौ १, २०७५
1489410922c50Dt3RUpQkmJVj7RkBy
Hardik health
नेपालगञ्ज/गर्यो भने नहुने के छ ? आफ्नै जिम्मेवारी पूरा गरिदिने हो भने सकारात्मक उपलब्धि हाँसिल गर्न सकिन्छ । हो यहि कुरालाई पुष्टि गरिदिए नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रताव बाबु तिवारीले । उनले गरेको अरु केही होईन, आफ्नो जिम्मेवारी पूरा गरेका हुन् । जिम्मेवारी पूरा गरिदिदा सबैले सुन्दर नेपालगन्ज बिमानस्थल पाएका छ्न् । अनुभुत हुने गरि बिमानस्थलमा व्यापक सुधार गरेका तिवारीले सफल कार्यकाल पूरा गरि नेपालगन्जबाट बिदा लिएका छन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सरुवा भएका तिवारीले आफ्नो कार्यकालमा थुपै्र परिवर्तनका काम गरेर नागरिक प्रति आफ्नो जवाफदेहिता प्रकट गरेकाछन् । कार्यालयले दिएको जानकारी अनुसार काठमाण्डौं लगाएत बिभिन्न पहाडी जिल्लाहरुमा जाने यात्रुहरुको भीड रहने नेपालगञ्ज बिमानस्थलमा प्रतिक्षा गर्नका लागि प्रयाप्त ठाउँ थिएन । सो समस्यालाई तिवारीको नेतृत्वमा रहेको कार्यालयले समाधान गरिदिएकोछ । हाल बोर्डिङ्ग पास लिनु पूर्ब बस्ने बाहिरको प्रतिक्षालयलाई फराकिलो बनाईएको छ । साँघरो स्थानमा रहेको क्यान्टिन, स्टेशनरी त्यहाँबाट हटाईएकोछ भने बोर्र्डिङ्ग पास लिईसकेपछि प्रतिक्षा गर्ने भित्रको प्रतिक्षालय समेत फराकिलो बनाईएकोछ । बस्ने ठाउँ नभएर उठ्नु पर्ने बाध्यताको अन्त भएको एक यात्रुले बताए । उनका अनुसार, बातानुकुलित प्रतिक्षालय निर्माण गर्नुका साथै दुर्गन्धित शौचालय समेत नयाँ निर्माण गरिएकोछ । जानकारी अनुसार, तिवारीले आफ्नो कार्यकालमा सबै भन्दा पहिलो प्राथमिकता सरसफाईलाई दिएका थिए । जस अनुरुप नेपालगञ्ज बिमानस्थल सुन्दर, आकर्षक बनेको जो कोहीले महसुस गरिरहेका छन् । यस अवधिमा यात्रुहरुका लागि बिभिन्न सेवा, सुबिधाहरु थप गर्नुका साथै सुधार गरिएकोछ । जसमा फ्रि वाईफाई, टेलिभिजन, मोवाईल चार्जर, खानेपानी लगाएतका सेवासुविधा थपिएकोछ । अपाँगता भएका व्यक्ति र बिरामीहरुलाई बस्ने छुट्टै कोठाको व्यवस्था गरिएको कार्यालयले जनाएकोछ । कार्यालययका अनुसार, यो दुई बर्षको अवधिमा कार्यालयको वेवसाईड व्यवस्गिथ गर्नुका साथै उडान तालिकाको अवस्था राख्ने गरिएकोछ, जसबाट यात्रुहरुलाई जहाँ बसेर भएपनि उडानका बारेमा जानकारी लिन सहज भएकोछ । कार्यालयले प्रदान गर्ने सेवा, सुविधा बारे तिवारीले नागरिक सहायता कक्ष स्थापना गरेका छन् । जसमा कर्मचारीहरु परिचालित भई नागरिकहरुले सहयोग गरिरहेका छन् । यात्रुहरुको चेकजाँचलाई सहज बनाउन हात झोला एक्सरे जडान गरिएकोछ । आगमन र प्रस्थान कक्षको नयाँ निर्माण गर्नुका साथै यस अवधिमा भिआईपि कक्ष व्यवस्थित गरिएको छ भने भिभिआईपि कक्ष नयाँ निर्माण गरिएकोछ । सरुवा भएर काठमाण्डौं जान लाग्नु अघिल्लो दिन आफुले गरेका कार्यहरु बारे जानकारी दिँदै तिवारीले आफ्नो नेतृत्वमा बिमानस्थललाई सुन्दर बनाउने क्रममा आकर्षक बगैंचाको निर्माणका साथै रंगरोगन, बिमानस्थलको नाम लेखनको कार्य गरिएको बताए । उनले नियमित कर्मचारी र करार तर्फका कर्मचारी मार्फत नियमित सरसफाई र बगैंचाको कार्यलाई अघि बढाउँदा बिमानस्थल आकर्षक बन्न सफल भएको बताए । उनले बिमानस्थल भित्र आधुनिक शौचालयहरु निर्माण गरेको बताए । यस अवधिमा बिमानस्थलको शुरक्षालाई मजबुत बनाउन सिसिटिभि क्यामेरा जडान, बिमानस्थल भित्रको सबै सडकमा कालोपत्रे, पूराना, खतराजन्य रुखहरुको कटान गर्ने कार्य गरिएको उनको भनाई छ । सेवाग्राहीहरुको सन्तुष्टिनैं आफ्नो सन्तुष्टि भएको बताउने तिवारीले आफ्नो कार्यकाल भरी नागरिकका गुनासोहरुलाई सहज रुपमा सुनेर समस्याको समाधानको पहल गरे । जसमध्ये उनको सबै भन्दा महत्वपूर्ण काम पहाडी जिल्लाहरु आउन, जानका लागि उडान चार्टर गर्नै पर्ने बाध्यताको अन्त्य हो । उनले नियमित उडान नराख्ने, रद्ध गर्ने र चार्टर भने उडान गरिहाल्ने एअरलाईन्सहरुलाई नियमन गर्ने कार्य गरेका थिए । जसबाट चर्काे भाडाको मारमा परेका यात्रुहरुलाई सहज भएको थियो । बर्षाैं देखि रहेको थोत्रो क्याण्टिनलाई हटाएर यात्रु बस्ने प्रतिक्षालय बनाएका तिवारीले सानो ठाउँलाई उपयोग गर्दै कफि सप सञ्चालनका लागि निजि एक होटेललाई टेण्डर प्रकृयाबाट जिम्मेवारी दिईसकेका छन् । बिकास भनेको गतिशिल हुन्छ यो रोकिने प्रकृया होईन —तिवारी आफ्नो कार्यशैली बारे भन्छन् —म जहाँ जान्छु त्यहाँ केही न केही नयाँ काम गर्ने कोशिष गर्छु । लुक्ला र पोखरा दुबै पर्यटकिय हिसावले पनि राम्रा बिमानस्थल भएतापनि त्यसलाई थप सुन्दर बनाउन पहल गरेका तिवारीको कार्यकालमा पोखरा बिमानस्थल नेपालकै उत्कृष्ट बिमान स्थल बन्न सफल भएको थियो । तिवारी कार्यालयका प्रमुख हुन्, धेरै प्रमुखहरु कुर्सीमैं बसेर दिन बिताउँछन् तर उनलाई जो कोहीले बगैंचा, प्यासेन्जरको रुपमा घुमिरहेको भेटाउँथे, त्यसको अर्थ उनी कर्मचारीले गरेको काम नियमित अनुगमन गर्नुका साथै के परिवर्तन आवश्यक छ भनेर हेरिरहन्थे । त्यति मात्र नभएर उनले अन्य कर्मचारीको कार्यमूल्याँकनका लागि सुपरभाईजर समेत परिचालन गर्ने गरेको कार्यालयले जनाएकोछ । कार्यालयको सम्पत्ति संरक्षण देखि बिमानस्थलको सुधार, सुरक्षा व्यवस्था कडा पार्ने लगाएतका कार्य गर्न तिवारीलाई त्यति सहज थिएन, फलामको चिउरा चपाउनु सरह थियो । यि सबै काम गर्न । काम गर्ने दौरानमा बिभिन्न खालका धम्कि, खप्किहरु खाएपनि उनले हरेश खाएनन् र आफ्नो योजनामा सफल भए । मान्छे छोड्न र ल्याउन भिड नै हुने देश हो हाम्रो । आफन्तलाई भित्रै गएर छोड्नुपर्ने, नेताहरुको अगाडी नै देखिएर स्वागत गर्नुपर्ने हाम्रो देशको संस्कारनैं भईसक्यो, यस्तो अवस्थामा विमानस्थल भनेको धेरै सम्बेदनशिल क्षेत्र हो भन्ने कुरा बुझाउनका लागि उनकै पहलमा कार्य विधी बनाएर समेत लागु गरिएकोछ । बिमानस्थलमा आवत जावतका लागि खुकुलो हुँदा सुरक्षमा समस्या आउन सक्ने भन्दै बनाईएको कार्यबिधिमा कुनै पनि ब्यक्तिले विमान स्थल प्रबेश गर्दा सुरक्षा चेकजाँच पछि मात्रै प्रबेश अनुमति पाउने, त्यसका लागि बिमानस्थलको मुल गेटमा आफ्नो परिचय खुल्ने कागजात अनिवार्य साथमा हुनुपर्ने व्यवस्था गरिएकोछ । भिआईपि कक्षको प्रबेशमा नियन्त्रण गर्नका लागि राजनीतिक पार्टीका प्रमुख आउँदा सम्बन्धित राजनीतिक पार्टीका तर्फबाट बढीमा १० जना र केन्द्रीय पदाधिकारी आउँदा बढीमा ५ जनालाई मात्रै प्रबेश दिईने नियम बनाईएको छ । यसैगरी सरकारी कार्यालय, संघ संस्थाहरुले गर्ने कार्यक्रमका लागि विभागिय मन्त्री तथा बिशिष्ट पदाधिकारी आउँदा स्वागतका लागि मातहत निकायका ३ जना र आयोजक तर्फबाट २ जना गरि ५ जनालाई मात्रै प्रबेश दिईने ब्यवस्था मिलाईएको छ । उनको कार्याकालमा राजश्व ५९ प्रतिशत बृद्धि भएको छ भने नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्लि जाने उडानको कार्य अन्तिम चरणमा पूगेकोछ । यसैगरी तिवारीले गरेको अर्काे महत्वपूर्ण कार्य भनेको बिमानस्थलको सम्पत्ति संरक्षण कार्य हो । बिमानस्थल हाता भित्र ३ कठ्ठा ३ धुर जग्गामा निर्मित नेपाल बायु सेवा निगम पश्चिमाञ्चल क्षेत्रिय केन्द्र अन्तरगतको ईञ्जिनियरिङ्ग भवनलाई उनको अगुवाईमा भत्काईएकोछ । बिमानस्थल हाता भित्र आफ्नो जग्गामा हालको टर्मिनल भवन नवनिसकेको अवस्थामा नेपालगञ्ज नागरिक उड्ययन कार्यालयले तत्काल टर्मिनल भवन प्रयोजनका लागि बनाएको भवन बिना आधार नेपाल बायु सेवा निगमले प्रयोग गरिरहेको जनाउँदै खालि गर्न अल्टिमेटम दिँदा समेत बायु सेवा निगमले बिगत ३५ बर्षदेखि प्रयोग गर्दैआएको बताउँदै खाली नगर्ने बताईए पछि उक्त संरचना कार्यालयले भत्काएको थियो । उक्त स्थानमा मानसरोवर जाने यात्रुहरुलाई लक्षित गरि नयाँ यात्रु प्रतिक्षालय र चमेना गृह निर्माण कार्य अघि बढेको कार्यालयले जनाएकोछ । यसैगरी बर्षाैं देखि नेपाली सेनाले आपसि समझदारीमा सञ्चालन गरिरहेको चेमना गृह हटाउन समेत कार्यालयले पत्राचार गरिसकेकोछ । कार्यालयले नयाँ चमेना गृह बनाउन लागेकाले सो चेमना गृह हटाउन आग्रह गरेको बताएकोछ । १९६१ मा बाँकेको खजुराबाट सेवा प्रारम्भ गरेको खजुरा विमान स्थलको १०८० मा राझा विमान स्थलको रुपमा राँझामा बिमान स्थल स्थान्तरण गरिएको थियो । हाल यस विमान स्थलबाट बुद्ध, यति, सौर्य, नेपाल एयरलाईन्स, श्री एयर, तारा, सीता र सुमित एयरलाईन्सले राजधानी काठमाण्डौ, डोल्पा, चौरजहारी, सल्ले, जुम्ला, रारा, सीमिकोट, बाजुरा लगायतका स्थानमा हवाई उडान भर्दै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना बिहीबार, पुस १०, २०८२
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज बिहीबार, पुस १०, २०८२
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै बिहीबार, पुस १०, २०८२
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा बिहीबार, पुस १०, २०८२
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण बिहीबार, पुस १०, २०८२
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP