Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कलवा लोप हुँदै
कलवा लोप हुँदै
admin123
admin123 बुधबार, साउन २, २०७५
37212734_1068380253330280_6491971779483926528_n
Hardik health
रामकुमार चौधरी नेपालगञ्ज/थारु समुदायको बाहुल्यता रहेको बाँके, बर्दिया, कैलाली लगाएतका क्षेत्रहरूमा रोपार्इंंको क्रम जारी छ । कृषिमा निर्भर रहने थारु समुदायको खेतीपाती गर्ने शैली फरक छ । केही समय अगाडि थारु समुदायमा खेतीपाती गर्ने चलन र अहिलेको चलनमा भिन्नता देख्न सकिन्छ । थारु चलन अनुसार खेतीपाती गर्न जानु भन्दा पहिले खेतमा भोज खाने चलन छ जसलाई थारु भाषामा कलवा दिने भनिन्छ । बडघर (मुखिया) को उपस्थितीमा गाउँलेहरुको सल्लाह अनुसार कलवा दिने दिनको तय गरिन्छ । खेत पुजा गरि भोज खाने चलन छ । कलवा खवाइमा माछा, मासु, मादक पदार्थ, गेडागुडीको ब्यवस्था गरिन्छ । स्थानीयहरुलाई कलवा दिएमा खेती सफल हुने र पशु, मानिसको रोग, ब्यथाबाट बच्ने कामना गरिन्छ । त्यस्तै थारु समुदायमा खेती लगाई सकेपछि भोज खाने र रमाइलो गर्ने चलन चलिआएको छ, जसलाई हर्दुइ खाने भनिन्छ । गाउँमा सबै किसानहरुले खेत लगाई सकिएपछि एकै साथ हर्दुइ खाने चलन छ । हर्दुइमा बिशेषगरि बंगुरको मासु र जाँड खाने गरिन्छ । हर्दुइलाई खुशी साटासाट र थकाइ मार्ने अवसरको रुपमा लिने गरिन्छ । अहिलेको समयमा कलवा दिने र हर्दुइको चलनमा ब्यापकताको अभाव देखिन्छ । पुरुषहरुले खेत जोत्ने बेला गीत गाउने गर्छन्, जसलाई सजना भनिन्छ । सजनामा पशुपंक्षी, राजा माहराजाको दुःख, ब्यथाको कथा समेटि गीत बनाइएको हुन्छ । अब यस्तो गीत गाउने चलनलाई बृद्धहरुले मात्रै निरन्तरता दिएको पाईन्छ । समय र कृषिमा भएको आधुनिकिकरणको कारणले थारु साँस्कृतिक लोपहुने सम्भावना रहेको दुःखेसो थारु अगुवाहरुको छ । कुनै बेला थारु समुदायमा रोपाईंको बेला प्रयोग गरिने कृषि औजार गाउँ घरमा पाइने कच्चापदार्थबाट बनाउने गर्थे । अहिले ती समाग्रीको अभाव देखिन्छ । जसमध्ये एक छत्री हो । परम्परागत रुपमा घरमा हातले बनाएको छाता जसलाइ थारु भाषामा छत्री भनिन्छ । यसको प्रयोग खेत जोत्ने बेला र धानको बेर्ना उखेल्ने बेलामा घाम र पानीबाट बच्नको लागि प्रयोग गरिन्छ । छत्री महुराइन (भोर्ला वा मालु) को पात र बाँसबाट बनेको हुन्छ । हाल थारु समुदायमा छत्रीको प्रयोग पनि कमै मात्रामा देख्न पाइन्छ । कुनैबेला पुरै समुदाय कृषिमा मात्र निर्भर रहेकोमा अहिले अन्य पेशामा संलग्नता बढेकाले कृषि पेशा छाडने क्रम बढिरहेको छ । नयाँ पुस्तालाई अन्य पेशा ब्यापार, नौकरी र वैदेशिक रोजगारले लोभ्याएको छ । मधुवन नगरपालिका बर्दियाका अधिकांश युवा वैदेशिक रोजगारको लागी जाने भएकोले खेतीयोग्य जमीन बाँझो हुनथालेको स्तानीय बताउँछन् । समयको आधुनिकिकरणले खेतीको काम गर्न महिनौं लाग्ने अवस्था अहिले छैन । आधुनिक कृषि प्रणालीसंगै थारु कृषि परम्परा बचाउन चुनौतीपूर्ण रहेको अगुवाहरु बताउँछन् । आधुनिक कृषि प्रणाली संगै परम्परागत कला संस्कृति जगेर्ना गर्न जरुरी रहेको छ । आधुनिकिकरण र युवाहरुको चासो सँस्कृती तथा कलाकृति जोगाउन तर्फ नगएको करणले पुराना परम्परागत सरसामान हराउदै गएको मधुवन ४ बसन्ता, बर्दियाका बडघर मानबहादुर थारु बताउँछन ।
प्रकाशित मिति: बुधबार, साउन २, २०७५  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना बिहीबार, पुस १०, २०८२
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज बिहीबार, पुस १०, २०८२
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै बिहीबार, पुस १०, २०८२
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा बिहीबार, पुस १०, २०८२
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण बिहीबार, पुस १०, २०८२
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP