Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालगञ्ज उपमहानगरपालिकाकाको सार्वजनिक सुनुवाई सम्पन्न
नेपालगञ्ज उपमहानगरपालिकाकाको सार्वजनिक सुनुवाई सम्पन्न
admin123
admin123 मंगलबार, असार १९, २०७५
36652568_10216392325309894_8203329132394708992_n
नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिकाकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएकोछ । बासको सहजिकरणमा असार १९ गते नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । २०० बढि स्थानीयहरुको सहभागितामा सम्पन्न सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकिय अधिकृत तोयनारायण सुवेदीले यस आर्थिक बर्षमा भएका गतिविधिहरुबारे जानकारी गराएका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा बास उपनिर्देशक हेमराज भट्टले वडा कार्यालयले दिने सेवा, सुबिधाबारे नागरिकहरुबाट लिईएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत संकलनको नतिजा प्रस्तुत गरेका थिए । बास अध्यक्ष मन भण्डारीले स्वागत गरेको कार्यक्रममा सुनुवाईको खुला छलफलमा सहभागिहरुले वडाध्यक्ष लगाएत पदाधिकारीहरुसँग बिभिन्न बिषयमा जिज्ञाशाहरु राख्नुका साथै सुझावहरु दिएका थिए । उनीहरुले सिमा सुरक्षा, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक शौचालय, सडक, ढल निर्माण, छाडा चौपाय व्यवस्थापन, बधशाला निर्माण, सडक अतिक्रमण, खाद्य तथा मासुजन्य पदार्थको गुणस्तरियता लगाएतका दर्जनौं बिषयहरुमा जिज्ञाशा, गुनासो राखेका थिए । स्थानीय गंगा लम्साल, रमेश रेग्मी, हरि घिमिरे, नहकुल थापा, श्याम श्रेष्ठ, मानदत्त न्यौपाने, मुकुन्द शाही, अस्मिता शाह, लोकराज तिमिल्सिना, शैलेन्द्र कुमार बैश्य लगाएतले प्रश्न सोधेका थिए । प्रश्नहरुको उत्तर नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्सेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत तोयनारायण सुबेदी लगाएत बिभिन्न वडाध्यक्षहरुले दिएका थिए । स्थानीयहरुको गुनासो सम्बोधन गर्दै प्रमुख राणाले ९० किलोमिटर सडक बनिरहेको, ढल निकाशका लागि प्रयास भईरहेको, छाडा चौपाय, सडक अतिक्रमण नियन्त्रणका कार्यहरु भईरहेको बताएका थिए । उनले नेपालगञ्जलाई सभ्य शहर बनाउन लागि परेको बताएका थिए । सार्वजनिक सुनुवाईको अन्तमा ६ बुँदे सार्वजनिक प्रतिबद्धता व्यक्त भएकोछ, व्यक्त भएका प्रतिबद्धताहरुमा उपमहानगर भित्र सार्वजनिक शौचालयको अभाव रहेकोमा ३ महिना भित्र ४ वटा घुम्ती शौचालय सञ्चालनमा ल्याउने, उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा योग तथा व्यायमका कार्यक्रमहरु सञ्चालन गर्ने, सामाजिक सुरक्षा भत्ता बितरणका बिषयमा गुनासो आएकाले भत्ता बितरण गर्ने बैंकहरुका बारेमा आवश्यक छलफल गरि समस्याको समाधान गर्ने, उपमहानगरपालिका भित्र व्यवस्थित पार्किंगको व्यवस्था गर्ने, वडानम्बर ४ र ५ को केही घरहरुमा अव्यवस्थित रुपमा पशुबध हुने गरेको भन्ने गुनासो आएकाले उक्त समस्या समाधानका लागि सम्बन्धित वडाहरुले पहल गर्ने र नियमित सार्वजनिक सुनुवाई गर्ने रहेकाछन् । प्रतिबद्धतामा प्रमुख डाक्टर धवल शम्सेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकिय अधिकृत तोयनारायण सुबेदी, वडानम्बर १ का वडाध्यक्ष प्रमोद रिजाल, वडानम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहना, वडानम्बर ५ का वडाध्यक्ष कैफुलबरा जोलाह, वडानम्बर १० का वडाध्यक्ष बिन्दुभुषण बस्नेत, वडानम्बर ६ का वडाध्यक्ष समिर प्रताब शाह, वडानम्बर १३ का वडाध्यक्ष बिरेन्द्र बहादुर शाह, वडानम्बर २२ का वडाध्यक्ष बिद्याराम बर्मा, वडानम्बर ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता बैश्य, वडानम्बर ३ का वडाध्यक्ष मो. अयुव सिद्धिकी, नगर कार्यपालिका सदस्य बसन्ता जोशी, ईन्दिरा कुमारी शाही, कौशल कुमार धोवि लगाएतले हस्ताक्षर गरेका छन् । सुनुवाई ३ घण्टा भन्दा बढि सम्म चलेको थियो ।  
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP