Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वडानम्बर १ सार्वजनिक सुनुवाईमा पहिलो
वडानम्बर १ सार्वजनिक सुनुवाईमा पहिलो
admin123
admin123 आइतबार, असार १७, २०७५
36531118_10216373812767092_1811441408146407424_n
नेपालगञ्ज/नेपालगञ्ज उपमहानगरपालिकाको वडानम्बर १ ले सार्वजनिक सुनुवाई गरेको छ । बासको सहजिकरणमा असार १७ गते नेपालगञ्जको धम्बोझीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । २३ वटा वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकामा निर्बाचित भईसकेपछि सार्वजनिक सुनुवाई गर्ने पहिलो वडा बन्न सफल भएकोछ वडानम्बर १ । १५० बढि स्थानीयहरुको सहभागितामा सम्पन्न सार्वजनिक सुनुवाईमा वडानम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले यस आर्थिक बर्षमा भएका गतिविधिहरुबारे जानकारी गराएका थिए । जानकारीका क्रममा रिजालले वडाको समग्र बिकासका लागि वडा कार्यालय लागि परेको बताएका थिए । वडाबासीको सहयोग भएमा ५ बर्ष भित्र वडानम्बर १ लाई नेपालगञ्जको पहिलो वडा बनाउने उद्घोष गरेका थिए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा बास अध्यक्ष मन भण्डारीले वडा कार्यालयले दिने सेवा, सुबिधाबारे नागरिकहरुबाट लिईएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत संकलनको नतिजा प्रस्तुत गरेका थिए । सुनुवाईको खुला छलफलमा सहभागिहरुले वडाध्यक्ष लगाएत पदाधिकारीहरुसँग बिभिन्न बिषयमा जिज्ञाशाहरु राख्नुका साथै सुझावहरु दिएका थिए । उनीहरुले वाटरपार्क निर्माण, सडक, नाली निर्माण, फोहर व्यवस्थापन, लक्षित बर्ग उत्थान कार्यक्रमको प्रभावकारिता लगाएतका बिषयमा प्रश्नहरु गरेका थिए । स्थानीय प्रदिप डिसी, कमला पोख्रेल, किरण आचार्य, मिना ढकाल, भोजराज शर्मा, खड्क राई, बल बहादुर थापा, बिरेन्द्र कुमार थापा, जगत कुमारी बुढा, प्रबिण कुमार शाह, अनन्त देवकोटा, देब सुनार, मोतिलाल थापा लगाएतले प्रश्न सोधेका थिए । प्रश्नहरुको उत्तर वडाध्यक्ष रिजाल लगाएतले दिएका थिए । सार्वजनिक सुनुवाईको अन्तमा ७ बुँदे सार्वजनिक प्रतिबद्धता व्यक्त भएकोछ, व्यक्त भएका प्रतिबद्धताहरुमा ढलमा सेफ्टि ट्याँकिको फोहर फाल्न पूर्ण रुपमा निषेध गर्ने, नेपालगञ्ज वडानम्बर १ र १८ मा पर्ने वाटरपार्कलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने, वडानम्बर १ लाई हरियाली तथा उज्यालो वडा बनाउने, वडानम्वर १ को फोहर व्यवस्थापन गर्न बिशेष अभियान सञ्चालन गर्ने, नागरिकहरुको गुनासो सुनुवाई सम्बोधन गर्ने, छरिएर रहेका टोलहरुको बिकासका लागि प्राथमिकताका साथ कार्य गर्ने, वडाको योजना र लक्ष्य पूरा गर्नका लागि वडावासीहरुले सहयोग गर्ने र तत्काल बिज्ञ समूह गठन गर्ने रहेकाछन् । प्रतिबद्धतामा वडाध्यक्ष रिजाल, सचिव मक्खन गिरी, वडा सदस्य डम्बर थापा, जगमोहन काँदु, राजरानी पासी, नेपाल कम्युनिष्ट पार्टीको नेता प्रमोद धिताल र नेपाली काँग्रेसकी नेता सीता काफ्लेले हस्ताक्षर गरेका छन् । यसैगरी नरैनापुर गाउँपालिकाको वडानम्बर ३ कालाफाँटा र वडानम्बर ४ नरैनापुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकोछ । नरैनापुर गाउँपालिकाको वडानम्बर ३ कालाफाँटामा आज सम्पन्न सार्वजनिक सुनुवाईको अन्तमा नागरिकताका लागि घुम्ती शिबिर सञ्चालन गर्न आवश्यक पहल गर्ने, भावपुरवामा कब्रस्थान बनाउन पहल गर्ने, वडामा व्याप्त छाडा चौपाया नियन्त्रणका लागि गाउँपालिका बैठकमा छलफल गरि कान्जि हाउस निर्माण गर्ने, कालाफाँटा स्वास्थ्यचौकीमा औषधीको अभाव भएकाले नियमित आपूर्तिको लागि पहल गर्ने, वडामा सञ्चालित योजनाहरुको नियमित अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । बासको सहजिकरणमा सम्पन्न सुनुवाईको सहजिकरण बासका मकबुल मुकेरीले गरेका थिए भने स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बासका उपनिर्देशक हेमराज भट्टले गरेका थिए । सुनुवाईमा सहभागिहरुले सोधेका प्रश्नहरुको उत्तर वडाअध्यक्ष राज कुमार मौर्य, सदस्य मकबुल खाँ, साकरुन बेगम, गोपेन्द्र श्रीबास्तव, धर्मावती चमारिन, वडा सचिव खड्क बहादुर बस्नेत र स्वास्थ्यचौकी प्रमुख दिप्ती शाहले दिएका थिए । १३० बढि स्थानीयहरु कार्यक्रममा सहभागि थिए । यसैगरी नरैनापुरको वडानम्बर ४ नरैनापुरमा पनि सार्वजनिक सुनुवाई सम्पन्न भएकोछ । सुनुवाईको अन्तमा वडा भित्र सञ्चालित योजनाहरुको अनुगमनका लागि अनुगमन समिति बनाउने, नरैनापुर स्वास्थ्यचौकीमा १ महिना भित्र सोलार जडान गर्ने, तारवार गरि चौकिदार नियुक्त गर्ने, एकल महिलाहरुले भत्ता नपाएको सन्दर्भमा आवश्यक कागजात पुर्याएमा भत्ता तत्काल दिनका लागि पहल गर्ने, हरेक घरधुरीबाट गाउँपालिकाले ५/५ हजार रकम उठाई सोलार जडान नगरेको गुनासोका सन्दर्भमा तत्काल सोलार जडान गर्न अनुरोध गर्ने, र सेवा, सुविधालाई चुस्त, दुरुस्त पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ । वडाध्यक्ष दिनेश प्रसाद शर्मा, सचिव खड्क बस्नेत वडा सदस्य चाँद खाँ लगाएतले सहभागिहरुको जिज्ञाशा मेटाएकाथिए ।
प्रकाशित मिति: आइतबार, असार १७, २०७५  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP