Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ठगठाग पारेर टाप
ठगठाग पारेर टाप
admin123
admin123 शुक्रबार, असार १५, २०७५
34716296_1775683759165693_1970273636669456384_n
नेपालगञ्ज/हरेक कुरामा व्यापार छ, हुँदा—हुँदा स्वास्थ्य जस्तो सम्बेदनशिल कुरामा पनि व्यापार भईरहेको छ । यस्तै स्वास्थ्यका नाममा व्यापार गर्ने एक गिरोह सोझा—सोझा नागरिकहरुलाई ठगेर फरार भएको छ । प्रसङ्ग धनगढीमा प्रधान कार्यालय भई बाँकेको खजुरामा सम्पर्क कार्यालय भएको कर्णाली स्वास्थ्य हेल्थ फाउण्डेसनको हो । जसले हेपाटाईटिस बि को निःशुल्क रगत परीक्षणका नाममा सर्बसाधारणलाई ठगेकोछ । जानकारी अनुसार, उक्त संस्था सो कार्यको अनुमति माग्न जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा गएको थियो । जनस्वास्थ्यले संस्थाको बिश्वसनियता नदेखेपछी अनुमति दिएन, त्यसपछि उक्त संस्था चलाउनेहरु बाँकेको बैजनाथ गाउँपालिका पूगे । स्थानीयहरुको रगत परीक्षण निःशुल्क गरिदिने भनेपछि धेरै कुरा नबुझिकनै गाउँपालिकाले उक्त संस्थालाई अनुमति प्रदान गरिदियो । त्यहि अनुमति पत्रलाई भजाउँदै उक्त संस्थाले सबैको आँखामा छारो होल्दै ठगेर भागेकोछ । निःशुल्क रगत परीक्षण गर्ने भनेपछि सबैको भलाई हुने हेतुले अनुमति दिएको, पछि रगत परीक्षणका नाममा रकम उठाउन थालेको गुनासो आएपछि काममा रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र माझीले बताए । जेष्ठको पहिलो हप्ता तिर गाउँपालिकाबाट अनुमती लिएर उक्त संस्था बिभिन्न गाउँ छिरेको थियो । गाउँमा अवस्थित स्वास्थ्यचौकीमा त्यहि गाउँपालिकाको पत्र देखाउँदै रगत संकलनको कार्यमा उक्त संस्था लागेको थियो । जानकारी अनुसार, बैजनाथ गाउँपालिकाको टिटिहिरियाका स्वास्थ्य स्वयंसेबिकाहरुलाई आफ्नो साथमा लिई रगतको नमूना संकलन गरेको उक्त संस्थाले ५ जना परिवार भएको घरबाट १ सय ५० र त्यो भन्दा बढि परिवार सदस्य भएको घरबाट २ सय सम्म उठाएको थियो । २०९६ घरधुरी भएको टिटिहिरियामा उक्त संस्थाले स्वयंसेबिकाहरुलाई अघि लगाई २/३ वटा टोली परिचालन गरि १ हप्ता भित्र १५ सय बढि घरबाट रगतको नमूना संकलन गरेको थियो । दिनभर हिँडाएर स्वयंसेबिकाहरुलाई दैनिक सय रुपैयाँ दिएर श्रम शोषण गर्नुका साथै त्यहि रुपैयाँ पनि नदिएर काम गराउन थालेपछि स्वयंसेबिकाहरुले सो संस्था बिरुद्ध स्वास्थ्यचौकीमा गुनासो गरे । निःशुल्क भनि अनुमती लिएर सुशुल्क रगत परीक्षण गर्ने, रगत परीक्षणको रिपोर्ट नदिने र स्वयंसेबिकाहरुको दुरुपयोग गरेको भन्दै टिटिहिरिया स्वास्थ्यचौकीले काममा रोक लगाएको ईञ्चार्ज चन्द्र बहादुर खड्काले बताए । उक्त संस्थाले टिटिहिरिया मात्र होईन आसपासका नौबस्ता लगाएतका वडाहरुमा पनि सोही प्रकारको ठगि गरेको खुलेकोछ । नौवस्ता स्वास्थ्य प्रमुख मान बहादुर नेपालीका अनुसार, ४ सय बढि घरबाट उक्त संस्थाले टिटिहिरियाकै शैलीमा रगतको नमूना संकलन गरेकोछ । हचुवाका भरमा रगत परीक्षण गर्न थालेको जानकारी पश्चात उक्त संस्थाका प्रमुखलाई बोलाई आफूले संस्थाको दक्षता र बैद्यता माथि कुरा उठाई काम रोक्न भनेपछि उक्त संस्थाले काम रोकेको नेपालीले बताए । नौवस्ताका स्वयंसेविकाहरुले आफुहरुलाई संस्थाले ठगेको भन्दै उक्त संस्था बिरुद्ध प्रहरीमा उजुरी गरेका छन् । यसरी बिभिन्न ठाउँहरुमा संस्थाको नियत र बैद्यानिकता माथि प्रश्न उठाएपछि उक्त संस्थाका ठेकेदारहरु फरार भएका छन् । यस बारेमा संस्थाका सञ्चालक सुबाश कार्की सबै आरोपहरु गलत भएको बताउँछन् । सशुल्क भनेरै गाउँपालिकाबाट अनुमती लिएकाले यसमा ठगेको भन्न नमिल्ने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०७५  १३:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP