Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मट्यांग्राे
  • #दक्षिण कोरिया
  • #लिपुलेक
  • #घुँगीफोर गरुड
  • #संसद
  • #विदेसिनेको संख्या
  • #दुर्घटना
  • #रेमिट्यान्समा रेकर्ड
  • #गाजा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बागेश्वरीको पाँचौं साधारण सभा सम्पन्न
बागेश्वरीको पाँचौं साधारण सभा सम्पन्न
admin123
admin123 शुक्रबार, असार १५, २०७५
36312679_10216356117804729_2656489989004591104_n
Hardik health
अछाम/बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र बिकास समिति, नागपर्वत, नाडा अछामको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षता, जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोप बहादुर रावलको प्रमुख आतिथ्यता र तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माको बिशिष्ठ आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका उप—प्रमुख टोप बहादुर रावलले धार्मिक सहष्णिुताले सामाजिक सद्भाव अभिबृद्धि गरेको बताउँदै संस्थाले धार्मिक, प्राकृतिक र पर्यटकीय बिकासका लागि महत्वपूर्ण काम गरेको बताए । कार्यक्रमका बिशिष्ठ अतिथि तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले परापूर्ब काल देखि प्रख्यात क्षेत्रको रुपमा सुपरिचित बागेश्वरी क्षेत्रलाई बिस्तार गर्न संस्थाले अहम भूमिका खेलेको बताए । तुर्माखाँद गाउँपालिकाको सहयोगमा धर्मशाला निर्माण गरि संस्थाले परोपकारी कार्य गरेको उनले बताए । उनले संस्थाको गतिशिलता, पारदर्शिता, चुस्तताको मुक्त कण्ठले प्रशंसा गरे, भने —सबैका लागि यो क्षेत्रकै उदाहरणीय संस्था हो, बागेश्वरी धार्मिक तथा प्राकृतिक, पर्यटकीय क्षेत्र बिकास समिति । यस संस्थाको प्रेरणा लिएर सबै संस्था, उपभोक्ता समितिले काम गरे गाउँको समग्र बिकास हुने उनले बताए । आगामी बर्षहरुमा पनि संस्थासँग सहकार्य गर्न गाउँपालिका तयार रहेको शर्माले बताए । कार्यक्रममा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, तुर्माखाँद गाउँपालिकाका वडानम्बर ३ का अध्यक्ष तुलाराम जैशी, समिति सदस्य तारा बहादुर चलाउने, गौमती शाही, सल्लाहकार सदस्य तथा तुर्माखाँद गाउँपालिकाका कार्यपालिका सदस्य दमन बहादुर घर्ती लगाएतले बोलेका थिए । कार्यक्रममा समितिका संरक्षक लाल बहादुर शाही, तुर्माखाँद गाउँपालिका वडानम्बर २ का वडाध्यक्ष शुभराज जैशी, वडानम्बर ४ का वडाध्यक्ष कबिराम बयक, वडानम्बर ६ का वडाध्यक्ष मुक्ति प्रसाद उपाध्याय, वडानम्बर ७ का वडाध्यक्ष रतन बहादुर चलाउने, संस्थाका सल्हाकार भीम बहादुर चलाउने, नारायण देब बुढा, कुल बहादुर शाह लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष लोकेन्द्र बहादुर शाहले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष छत्रकला बयकले प्रस्तुत गरेकी थिईन् । कार्यक्रमकै बिच बासका तर्फबाट अध्यक्ष मन भण्डारी र कार्यकारी निर्देशक नमस्कार शाहले संस्थालाई मायाको चिनो भित्ते घडी प्रदान गरेका थिए । घडी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर शाह, कोषाध्यक्ष छत्रकला बयकले ग्रहण गरेका थिए । कार्यक्रममा संस्थाका संरक्षक लाल बहादुर शाहीले समितिको झण्डोत्तलन गरेका थिए भने बागेश्वरी मन्दिरका मूल पूरोहित जयलाल उपाध्याले बागेश्वरीको पूजा, अर्चना सहित जयजयकार गराएका थिए । समितिका उपाध्यक्ष टेक बहादुर बयकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कमल प्रा.बि. तुमाखाँद चिसीका बिद्यार्थीहरुले स्वागत गित प्रस्तुत गरेका थिए भने उनीहरुले धार्मिक देउडा गित समेत प्रस्तुत गरेका थिए । गौरी बुढा र सरिता बयकले अतिथिहरुलाई व्याज बितरण गरेको कार्यक्रममा बागेश्वरी बन्दना समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थालाई योगदान दिने बिभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा नमस्कार शाह, दिला शाह, नारायण देब बुढा लगाएत रहेका छन् । उनीहरुलाई कार्यक्रमका बिशिष्ठ अतिथि तुर्माखाँद गाँपालिकाका अध्यक्ष पुष्पराज शर्मा र अध्यक्ष लोकेन्द्र बहादुर शाहले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेका थिए । कार्यक्रममा १०० बढीको सहभागिता रहेको थियो । समितिले यस आ.ब.मा गाउँपालिकाको सहयोगमा २ कोठे धर्मशाला निर्माण गर्नुका साथै निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन लगाएतका कार्यक्रमहरु सञ्चालन गरेको जनाएकोछ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०७५  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पोखराको आर्वामा माइक्रोबस दुर्घटना
पोखराको आर्वामा माइक्रोबस दुर्घटना सोमबार, भदौ ९, २०८२
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था 
पशुपति क्षेत्र विकास कोषले तिज विशेष पार्किङ व्यवस्था  आइतबार, भदौ ८, २०८२
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट
राष्ट्रपतिसँग विपिन जोशीका परिवारले गरे  भेट आइतबार, भदौ ८, २०८२
खोटाङमा श्रमदान अभियान
खोटाङमा श्रमदान अभियान आइतबार, भदौ ८, २०८२
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
 टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु आइतबार, भदौ ८, २०८२
शिक्षा विधेयकमा विरोध कायमै
शिक्षा विधेयकमा विरोध कायमै आइतबार, भदौ ८, २०८२
प्रहरी र पत्रकारबीच घम्साघम्सी 
प्रहरी र पत्रकारबीच घम्साघम्सी  शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP