Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रात दिन नजर बन्धनमा
रात दिन नजर बन्धनमा
admin123
admin123 शुक्रबार, जेठ ११, २०७५
IMG_20180525_123247
नेपालगञ्ज/बालबालिका मनोरञ्जन चाहन्छन्, स्वतन्त्रता चाहन्छन् । त्यसमा पनि रोजाई अनुसारको क्रियाकलाप गर्न पाउँछन् उनीहरु । यहि भएर त बयस्कहरु पनि बालापना घरिघरि सम्झिन्छन् । तर बाँके जिल्लाको जानकि गाउँपालिका वडानम्वर ४ साजदपुरका एक बालकको रोजाई त टाढाको कुरा भयो स्वतन्त्रतापूर्बक बाँच्न पाउने अधिकार समेत बाट उनी बञ्चित भईरहेका छन् । सामान्य मज्दुरी गरि घर खर्च टार्ने अकवाल खाँ र कलसुम खाँका ९ बर्षिय छोरा नजर खाँ हिँडडुल गर्नेभए देखिनैं पशु सरह बाँधिएका छन् । उनी बाँधिनुको एक मात्र कारण उनमा भएको अपाङ्गता हो । २०६६ मंसिर ५ गते जन्मिएका नजर जन्मजातनैं अपाँगता भएका व्यक्ति हुन् । उनी न बोल्न सक्छन्, न त सुन्न नैं । २०७३ साउन १२ गते बौद्धिक अपाँगताको परिचयपत्र पाएका उनमा मानसिक समस्या समेत भएको घर परिवारको भनाईछ । आमा कलसुम खाँ का अनुसार, सानोमा छोराको उपचारका लागि बिभिन्न अस्पताल पुर्याएपनि सञ्चो नभएपछि उनलाई घरमैं बाँधेर राख्न थालिएको हो । आमा—बुवा मज्दुरी गर्न जाने, घरमा उनलाई रेखदेख गर्ने कोही नभएपछि घरबाट टाढा—टाढा गई समस्या गरिदिनेभएका कारण डोरीले बाँध्ने गरिएको छ । घर परिवारका अनुसार, उनी हिँड्ने भएदेखिनैं उनलाई बाँध्न थालिएको हो । नजरलाई दिउसो मात्र होईन, राती पनि बाँध्नुपर्छ नभएर भागेर कतै गईहाल्छ—आमा कलसुमले भनिन्—के गर्ने बाध्यता छ हाम्रो । कहिले आफूसँग त कहिले छुट्टै खाटमा सुत्दा पनि बाँध्छौं—उनले भनिन् । सामान्य परिवारका उनीहरुको पहिलो सन्तान बाबु पनि नजर जस्तै अपाँगता थिए । डेढ बर्षको हुँदा उनको मृत्यु भयो । त्यसपछि जन्मिएकी छोरी ताहिदा अहिले ११ बर्षकि भईन् । उनी स्थानीय बिद्यालयमा कक्षा ४ अध्ययनरत छिन् । ६ बर्षको अर्काे छोरा दिलसाद पनि पढ्न जान थालेकाछन् भने नजर भन्दा सानो छोरा गुल्जार नजर जस्तै समस्याबाट ग्रसित भएर २ बर्षमा बितेका थिए । एउटै प्रकृतिको समस्याबाट २ छोरा गुमाएका उनीहरुले सानो छोरा बचाउन घरका भैंसि, कुखुरा समेत बेच्नु प¥यो तर छोरा बचाउन सकेनन् । ४ कठ्ठा मात्रै जमिन भएका उनीहरु मध्ये श्रीमान अकवाल ईट्टा भट्टामा दिउसो काम गर्न जान्छन् भने श्रीमती कलसुम पनि अरुको खेतमा काम गर्न जान्छिन् । १ छोरा र १ छोरी दिउसो पढ्न जान्छन्, अपाँगता भएका नजर दिउसो घर परिसरमा डोरीले बाँधिन्छन् । यहि परिवेशमा उनीहरुको घर चलिरहेकोछ । खुल्लै छोडेपछि यताउती हिँड्छ, छिमेकीको घरमा गएर बिगार गर्छ — नबाँधेर के गर्ने ?—नजरकी आमा भन्छिन् —न सुन्छ, न बोल्छ, के गरौं ? हामी समस्यामा छौं । आमा हुँ छोरालाई बाँध्नु पर्दा दुःख लाग्छ, दुःख मानेर के गर्ने ? छिमेकीको घरमा गएर सामान फालिदिने लगाएतका कार्य गरेपछि छिमेकीहरुका डरका कारण छोरालाई बाँध्ने गरिएको उनका वुवा अकवाल बताउँछन् । आमाको आग्रहमा नेपालगञ्ज स्थित मिलाप नामक गैससले एचआरडिसि लगाएतका संस्थामा उपचारका लागि लगेपनि मानसिक रुपमा समस्या भएकाले उपचार सम्भव नभएको संस्थाकी सहजकर्ता प्रेमा रोकायले बताईन् । उनका अनुसार, कलसुम संस्थाद्धारा स्थापित एकता समूहमा आवद्ध एकपछि उनको छोराको बारेमा थाहा भएको थियो । आमा घरमैं बस्न सक्ने भएपछि छोरालाई बाँध्न नपर्ने देखेर उनलाई सिलाई कटाई तालिम सिक्न पहल गरिदिएको रोकायले बताईन् । हाल कलसुम सिलाई कटाई तालिम सिकिरहेछिन् । प्रतिनिधि उनको घरमा जाँदा उनी डोरीमा बाँधिएको अवस्थामा थिए । उनलाई बाँध्नका लागि ठाउँ—ठाउँमा डोरीहरु राखिएका थिए । पशुहरुलाई बाँध्न प्रयोग हुने डोरी जस्तै उनलाई फरक—फरक ठाउँमा बाँध्ने गरिएकोछ । उनलाई खुला ठाउँमा बाँध्ने गरिएकोछ, जहाँ उनी माटोमैं सुत्ने, उठ्ने गर्दछन् । उनी भात, रोटी भन्दा बिस्कुट खान रुचाउँछन् । बाध्यताले बाँध्नु परेको बताउने आमा कलसुम दिउसो आफु घर नहुँदा पानी कसले दियो, खाजा कसले दियो भन्ने बिषयमा चिन्तामा हुने गरेको बताउँछिन् । तथापी उनका श्रीमान भने छोरा प्रति सकारात्मक नभएको बताईन्छ, आफुलाई श्रीमानले छोरालाई कतै लगेर छोड्देउ भन्ने गरेको घटना सम्झिन्छिन् । भन्छिन्—आमा हुँ, आमाको मन कहाँ मान्छ ? घरमा भेटिएकि नजरकी हजुर आमा जैतुन आफुले नातीको रेखदेख गर्ने बताउँछिन् तथापी उनले नातीका कारण समस्या भएको र उनलाई कसैले लग्दिएको भए हुन्थ्यो भन्ने लागेको बताईन् । छोराको उपचार र रेखदेखका लागि सहयोग गरिदिन आमा कलसुमले सम्बद्धहरुलाई आग्रह गरेकि छिन् । यस बारे राष्ट्रिय अपाँग महासँघ नेपालका मध्यपश्चिम अध्यक्ष भावुक जँग थापाले उनको उपचारका लागि पहल गर्ने बताए ।  
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP