काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक शिवकुमार साहविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
जग्गाको अंशबण्डा अनुसारको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने कार्यमा सेवाग्राहीलाई दुःख हैरानी दिई एक लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएपछि आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
आरोपित साहमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर पुष्टि भएकाले बिगो एक लाख रुपैयाँ कायम गरी कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ।