Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • घरमै खोलियो कला संग्राहलय
घरमै खोलियो कला संग्राहलय
admin123
admin123 मंगलबार, चैत १३, २०७४
20180228_114900
Hardik health
हेमराज भट्ट नेपालगञ्ज/सरकारले कलाकारहरुको कला संरक्षणमा ध्यान दिन नसकेको बेला नेपालगन्जका एक कलाकारले आफ्नै घरमा कला संग्रहालय स्थापना गरेका छन् । बिगत ३ दशक देखि पेन्टिङ्ग र हस्तकला बनाउँदै आएका कलाकार श्यामानन्द सिंहले नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ९ बाँकेगाउँ स्थित आफ्नै घरमा कला संग्रहालय स्थापना गरेका हुन् । बाल्यकाल देखिनै कलाकारिता क्षेत्रमा सक्रिय सिंहले कलाको संरक्षण तथा सम्बद्र्धनमा लागि परेको भएपनि कतै बाट सहयोग नपाईएपछि आफुले घरमै संग्रहालय संचालन गरेको बताए । कलाकार श्यामानन्द सिंहले आफ्नो घर भाडामा नदिई हाल संग्राहालय स्थापना गरि आम नागरिकका लागि निःशुल्क अवलोकन गर्ने गरि खुल्ला गरेका छन् । दिनरात पेन्टिङ्ग र हस्तकलाका सामाग्रीहरु बनाउनमा ब्यक्त सिंहको संग्रहालयमा हाल ५०० भन्दा बढी पेन्टिङ्ग तथा हस्तकलामा सामाग्रीहरु राखिएको छ । उनले सामान प्रयोग गरेर फ्याकिएका सामाग्रीहरु कागज, बोत्तल, प्लाष्टिक, काठ लगायतका सामाग्रीहरुको प्रयोग गर्ने गर्दछन् । संग्रहालयमा हाल विभिन्न प्रख्यात मठ मन्दिरहरु, विभिन्न धर्म तथा जातजातिको पहिचान झल्किने पेन्टिङ्गहरु राखेका छन् भने धरहरा, रानी महल, विभिन्न हातहतियार, भगवानका मुर्तिहरु, सवारी साधन, घरमा आवश्यक सामाग्री निर्माण गरेका छन् भने सन्देशमुलक चित्रहरु समेत राखिएका छन् । यस क्षेत्रकै पुराना कलाकार मध्येका एक सिंहले बनाएका हस्तकलाका सामाग्री तथा पेन्टिङ्गहरु यस क्षेत्र सँगै बाहिरका ठुल—ठुला होटेल तथा रेष्टुरेन्टहरुमा राखिएका छन् । कलाकार सिंहले संचालनमा ल्याएको संग्राहालयमा ५ रुपैया देखि ४ हजार सम्मका पेन्टिङ्गहरु रहेका छन् । कलाकारिता क्षेत्रलाई सबै क्षेत्रले उपेक्षा गरेकोमा सिंह निरास छन् । उनी भन्छन् —मैले कलाकारिताको उत्थानका लागि सबैलाई अनुरोध गरेको भएपनि कतैबाट सोचे अनुसार सहयोग पाएन् । उनले कला संग्रहालय सबैका लागि निःशुल्क अवलोकनका लागि संचालनमा ल्याएको बताए । एक बर्ष देखि संचालनमा ल्याएको उनको संग्रहालयमा सोचे अनुसार अवालोकनका लागि आउने नगरेको उनी बताउँछन् । कलाकारिता प्रतिको अभिरुचि नहुनु र बजारीकरण समेत नहुुनुले समस्या सिर्जना भएको उनको भनाई थियो । कागजबाट मुर्ति बनाउने पहिलो कलाकारको रुपमा स्थापित सिंहले संग्रहालय मार्फत कलाकारिता प्रतिको आकर्षण बढाउने र कलाकार उत्पादन गर्न सहयोग पुग्ने बिश्वास उनले लिएका छन् । आराम गर्ने उमेरमा समेत अहोरात्र हस्तकलाका सामाग्री निर्माण गरिरहेका कलाकार सिंहको यो कार्य निकै प्रशंसनिय छ । यस्ता कार्यहरुको प्रशंसा गर्दै कलाकारलाई उत्प्रेरीत गर्न सबै क्षेत्र लाग्न जरुरी छ । हाम्रो समाजमा रहेका यस्ता अदृष्य नायकहरुको खोजी गरि उनीहरुको कलाको सम्मान गर्न तर्फ सरकारी निकायको ध्यान जान जरुरी छ ।  
प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चितवनमा  कर्फ्यू हटा्यो निषेधाज्ञा जारी
चितवनमा कर्फ्यू हटा्यो निषेधाज्ञा जारी बिहीबार, भदौ २६, २०८२
आगामी नेतृत्वको चर्चामा जो छन्...
आगामी नेतृत्वको चर्चामा जो छन्... बिहीबार, भदौ २६, २०८२
जेन–जी समूहबाट सुशीला कार्कीको नाम प्रस्ताव
जेन–जी समूहबाट सुशीला कार्कीको नाम प्रस्ताव बिहीबार, भदौ २६, २०८२
नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने
नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने बिहीबार, भदौ २६, २०८२
रामेछाप कारागार तोडेर भाग्न खोज्दा २ जनाको मृत्यु
रामेछाप कारागार तोडेर भाग्न खोज्दा २ जनाको मृत्यु बिहीबार, भदौ २६, २०८२
निषेधाज्ञा तथा कर्फ्यू जारी
निषेधाज्ञा तथा कर्फ्यू जारी बिहीबार, भदौ २६, २०८२
जंगीअड्डामा  तृत्वको सन्दर्भमा असन्तुष्टि
जंगीअड्डामा तृत्वको सन्दर्भमा असन्तुष्टि बुधबार, भदौ २५, २०८२
लोकप्रिय
  • Week
  • Month
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
पच्चीस सयले बढ्याे सुनकाे मूल्य
पच्चीस सयले बढ्याे सुनकाे मूल्य
सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी
सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP