काठमाडौंं - जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई जितका लागि एक सय ५० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर एक सय ४९ रन बनाएको हो।
वर्षाका कारण निर्धारित समयमा शुरू हुन नसकेपछि खेल १५–१५ ओभरमा झारिएको थियो।
नेपालका लागि सन्दीप जोरा र लोकेश बममे आक्रामक अर्धशतकीय पाली खेले। सन्दीपले ५७ रन बनाए भने लोकेशले ५३ रन बनाएका थिए ।