काठमाडौं- जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोट्र्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रनको योगफल बनाएको हो। अफगानिस्तानका लागि फेसल खान अहमदजाईले ३० रन बनाए। त्यस्तै नजिबुल्लाह जाद्रानले ३० रन तथा नङ्गेलिया खानले अविजित १७ रनको योगदान दिए।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले चार तथा ललितनारायण राजवंशीले तीन विकेट लिए। समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो खेल हो। अफगानिस्तानको भने दोस्रो खेल हो। पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।