Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, साउन २०, २०८३

 

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनलाई नै चुनौती दिनेगरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राजीनामा दिन अस्वीकार गरेका छन् । कार्कीले गरेको अस्वीकारले कोशीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँगको गठबन्धनअनुसार एमालेले नयाँ सरकार गठन गर्न सकेको छैन ।

उता कर्णालीमा भने गठबन्धनको सहमतिअनुसार मंगलबहादुर शाहीको नेतृत्वमा नेकपाले सरकार गठन गरिसक्यो । कोशीमा निर्देशन अवज्ञा गर्दै मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीलाई सीधा चुनौती दिएका हुन् । अध्यक्ष ओलीको सन्देश लिएर कोशी पुगेका पार्टी सचिव शेरधन राईलाई कार्कीले ‘पार्टीको संस्थागत निर्णयविना पद नछाड्ने’ जवाफ दिएका छन् । कार्कीको यस्तो अडानले कोशी प्रदेश सरकार परिवर्तनको प्रक्रियामात्रै होइन, एमालेभित्रको शक्ति संघर्ष पनि सार्वजनिक भएको छ ।

sherdahn-rai-1785911538.jpg
अध्यक्ष कमरेडले प्रस्ट निर्देशन दिएपछि निर्देशन कार्यान्वयन र नेकपासँगको तीन बुँदे सहमति कार्यान्वयन गर्नका निम्ति हामीले छलफल गरेका छौं तर निष्कर्षमा पुग्न बाँकी छ ।
शेरधन राई
सचिव तथा कोशी इञ्चार्ज, एमाले

Hardik health

यही ९ साउनमा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच सातमध्ये पाँच प्रदेशमा नयाँ समीकरणअनुसार सरकार गठन गर्ने तीनबुँदे सहमति भएको थियो । सोही सहमतिको आधारमा कोशी प्रदेश एमालेको भागमा परेको छ । अहिले नेपाली कांग्रेससँग रहेको गठबन्धन तोडेर नयाँ सरकार बनाउने तयारी भइरहेको छ । त्यही सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीको सन्देश लिएर एमालेका सचिव तथा कोशी प्रदेश इञ्चार्ज राई कोशी पुगेका थिए । उनले मुख्यमन्त्री कार्कीसँग नेतृत्व हस्तान्तरणबारे छलफल गरेका थिए ।

राईले प्रभावसँग भने, ‘अध्यक्ष कमरेडले प्रस्ट निर्देशन दिएपछि निर्देशन कार्यान्वयन र नेकपासँगको तीन बुँदे सहमति कार्यान्वयन गर्नका निम्ति हामीले छलफल गरेका छौं तर निष्कर्षमा पुग्न बाँकी छ ।’ उनका अनुसार अहिलेको मुख्य विषय वर्तमान मुख्यमन्त्रीलाई निरन्तरता दिने कि नयाँ नेतृत्वलाई अवसर दिने भन्ने हो । ‘अब उहाँको निरन्तरता र नयाँ साथीहरूलाई पालो दिने भन्ने कुरामै हामी अलिकति छलफल गरिरहेका छौं,’ उनले भने ।

hikmat-kumar-karki-1785911404.jpg
शेरधनजी जो हाम्रो प्रदेश इञ्चार्ज हुनुहुन्छ, उहाँ मेरै साथी हो र उहाँले अध्यक्ष कमरेडको निर्देशन भनेर राजीनामा दिनु भन्ने कुरा गर्नुभयो तर मैले लिखित रूपमा उहाँको निर्देशन आए विचार गरौंला भनेको छु ।
हिक्मत कार्की
मुख्यमन्त्री, कोशी प्रदेश

कार्की लामो समयदेखि मुख्यमन्त्री छन् । त्यसो हुँदा अन्य नेताले पनि अवसर पाउनुपर्ने आवाज पार्टीभित्र उठेको छ । तर, कार्कीले भने नेताको आग्रहलाई पार्टीको निर्णय मान्न अस्वीकार गरेका छन् । उनले अध्यक्ष ओलीको मौखिक सन्देशभन्दा संस्थागत निर्णयलाई मात्रै मान्ने अडान लिएका छन् ।

‘शेरधनजी जो हाम्रो प्रदेश इञ्चार्ज हुनुहुन्छ, उहाँ मेरै साथी हो र उहाँले अध्यक्ष कमरेडको निर्देशन भनेर राजीनामा दिनु भन्ने कुरा गर्नुभयो तर मैले लिखित रूपमा उहाँको निर्देशन आए विचार गरौंला भनेको छु,’ उनले भने । तर, उनले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको पनि बताएका छन् । उनका अनुसार प्रदेशसभाको कार्यकाल अब करिब एक वर्षमात्रै बाँकी रहेकाले फेरि सरकारको नेतृत्व परिवर्तन गर्नु उचित हुँदैन । यद्यपि, पार्टीले संस्थागत निर्णय गरे आफू नमान्ने अवस्थामा नरहेको बताए ।

कार्कीको यो अभिव्यक्तिलाई एमालेभित्र अध्यक्ष ओलीको निर्देशन कार्यान्वयनमाथिको चुनौतीका रूपमा हेरिएको छ । सचिव राईका अनुसार पार्टी सचिवालयका केही प्रभावशाली नेताहरूको समर्थन कार्कीलाई रहेकाले पनि विषय जटिल बनेको छ । उता कार्कीले भने आफूलाई हटाउने प्रयास पार्टी नेतृत्वको भन्दा प्रदेश तहका केही नेताको चाहनाबाट प्रेरित भएको संकेत गरेका छन् । तर, राईले त्यसलाई अस्वीकार गरेका छन् । आफू कुनै व्यक्तिगत स्वार्थका लागि नभई अध्यक्ष ओलीको निर्देशन कार्यान्वयन गर्नमात्रै कोशी पुगेको उनको दाबी छ ।

यसबीच एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अध्यक्ष ओलीले मुख्यमन्त्री कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएको बताएका छन् । सो छलफलपछि मात्रै प्रदेश सरकारको नेतृत्वबारे अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ । कोशी प्रदेशमा पछिल्लो एक दशकमा नौ पटक मुख्यमन्त्री फेरिएका छन् । तीमध्ये पाँचपटक एमालेकै नेतृत्वमा सरकार बनेको छ । कार्की यसअघि पनि दुई कार्यकाल गरी करिब नौ महिना मुख्यमन्त्री भइसकेका थिए । हालको कार्यकाल जोड्दा उनी दुई वर्षभन्दा बढी समयदेखि सरकारको नेतृत्वमा छन् ।

अनि ढले मुख्यमन्त्रीका आकांक्षी...

jaggabatha-thapaliya-1785911644.jpg

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सोमबार राति बागमती प्रदेश सरकार गठन र भावी मुख्यमन्त्रीबारे छलफल थियो । त्यहाँ बहुमत जुटाएर सरकार गठन गर्ने एमालेले हो ।

सोही विषयमा छलफलका लागि ओलीले बोलाएका थिए- बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई । प्रदेशका अन्य सांसद र नेताहरू पनि थिए । थपलिया ती नेता हुन्, जसले ओलीलाई वर्षौंदेखि साथ दिए । छलफलमा भने ओलीले थपलियालाई थर्काए ।

छलफलमा सहभागी एक सांसदका अनुसार सांसदहरू बोल्न नपाउँदै अध्यक्ष ओलीले थपलियालाई तारन्तार हप्काए । सहनै नसकेपछि थपलियाले प्रतिवाद गरे । ओलीनिकट अन्य नेताको पनि थर्काइ थपलियाले खाए । बागमतीका ती सांसदले भने, ‘अति नै भएपछि जेएन कमरेडले प्रतिवाद गर्नुभयो । तर, उहाँलाई अरूले पनि थर्काए । यस्तो लाग्छ, त्यहाँ कुनै मानवीयता झल्किएन । जबकि जेएन कमरेड बिरामी पनि हुनुहुन्थ्यो ।’

ती सांसदको विचारमा सोमबारको बैठक नियोजितरुपमै थपलियाको अपमान गर्न बोलाइएको थियो । अपमान सहन नसकेपछि उठेर हिँड्दा प्रेसर बढेर थपलिया ढलेको उनले बताए । ‘जसले जीवनभर काँध हाले । अहिले अवसर आउँदा मुख्यमन्त्री बन्छु भन्दा त्यत्रो थर्काइ खानुपर्ने ? त्यत्रो अपमान ? यसपछि उहाँ (थपलिया) उठेर हिँड्न लाग्नुभयो । त्यहीबेला प्रेसर बढेछ र ढल्नुभयो ।’ अर्का एक सांसदले थपलिया ढलेपछि पनि ओली आक्रोशित भएका थिए । उनले भनेका थिए, ‘यस्तो सामान्य छलफल थेग्न नसक्नेले कसरी प्रदेश सरकार चलाउँछ ? यो सेरिएर मर्ने भयो, यसलाई उठाएर लैजाऊ ।’

त्यसपछि एमाले बागमती प्रदेश उपाध्यक्ष दावादोर्जे लामाले पानी छर्केर थपलियालाई होसमा ल्याएको स्रोतका भनाइ छ । मंगलबार नै वीर अस्पतालमा भर्ना भएका थपलियाको उपचार जारी छ । यसबीच बागमतीमा नयाँ मुख्यमन्त्री चयनलाई लिएर एमालेभित्र विवाद झन् चर्किएको छ । अध्यक्ष ओलीले मंगलबारसम्म बहुमत जुटाएर आउन निर्देशन दिएका थिए । स्रोतका अनुसार ओली किरण थापामगरलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । किरणकै लागि हस्ताक्षर अभियान चलिरहेको बताइएको छ ।

तर, त्यहाँ सरकार गठन गर्न सहज छैन । १०४ सदस्यीय प्रदेश संसद्मा ५३ जना सांसद बहुमतका लागि चाहिन्छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६ र एमालेका २५ जना गरी ५१ जना सांसद छन् । सरकार गठन गर्न दुई जना सांसद अपुग छ । त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२ जना, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन जना र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् । 

प्रदेश उपाध्यक्ष लामाका अनुसारका त्यहाँ राप्रपालाई सत्ता गठबन्धना आउन आग्रह गरिएको छ । राप्रपाले प्रस्ताव स्वीकारेको छैन । यदि, राप्रपाले प्रस्ताव स्वीकार्दै गठबन्धनमा सहभागी भए बहुमतीय सरकार गठन हुन्छ । यता हाम्रो नेपाली पार्टी भने कांग्रेससँगको गठबन्धनमा समाहित भएको छ । उक्त दलका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मुख्यमन्त्री इन्द्र बानियाँले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका छन् । यससँगै एमालेलाई सरकार गठनका लागि राप्रपाको साथ अनिवार्य देखिएको छ ।


प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
राष्ट्रिय कृषि नीति, २०८३ जारी
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
बेनी-जोमसोम सडक रातिमा बन्द
बेनी-जोमसोम सडक रातिमा बन्द बुधबार, साउन २०, २०८३
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै बुधबार, साउन २०, २०८३
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’ बुधबार, साउन २०, २०८३
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP