काठमाडौं- सरकारले चार महिनाको अवधिमा सुशासनका लागि गरेको पहल सकारात्मक भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।
समाजले आज जारी गरेको अवधारणापत्रमा सरकारले सुशासनका सन्दर्भमा आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सभापति रेनुका पौडेलले बताइन् ।
देशले विधिको शासन खोजेकाले नागरिक चाहेको आधारभूत स्वतन्त्रतासहितको सुशासनको पक्षमा सरकार दृढ भई अझ गहिर् याइमा पुगेर कार्य सम्पादन गर्न आवश्यक रहेको समाजको भनाइ छ ।