सुदूरपश्चिम- बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लंघनकर्ताबाट १२ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षमा संकलन गरिएको हो ।
उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्यांकर, १९ बस तथा मिनिबस, ७५४ जिप-कार-भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो ।
गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उनले १७६ जना घाइते भएका बताए ।