काठमाडाैैं- रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ । आईतबार साँझ ४ बजेर ३० मिनेटमा भूकम्प गएको हाे
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको छ।
भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ । अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लाका स्थानीयहरूले कडा धक्का महसुस भएको उल्लेख गरेका छन् । भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन ।