काठमाडाैं - सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सिंहदरबारमा निर्णायक वार्ता जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा सरकारी टोली र अवधेश कुसवाहको संयोजनमा पीडित पक्षबीच वार्ता भइरहेको हो ।
दुवै पक्ष आजै लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारीमा छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हिजो भएको सहमतिलाई आधार बनाएर आज अन्तिम सम्झौता गर्ने तयारी गरिएको छ ।