काठमाडाैं - अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । केही दिनयता देखिएकाे बेतिथिमाथि प्रश्न गर्दै नेकपा (एमाले)सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको हाे ।
उनीहरूले राज्य आतंक बन्द गर, सिंहदरबार खबरदार, यो सरकार जनताको कि विदेशीको भन्दै नाराबाजी गरेका थिए । उनीहरूको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो ।
लगत्तै प्रहरीले उनीहरूलाई हटाएको थियो । केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा अनेरास्ववियुका अध्यक्ष दीपक धामीलगायत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टाईका अनुसार उनीहरूलाई होल्ड गरेर सिंहदरबार वृत्तमा राखिएको ।