काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएका विषयका बारेमा सभामुख अर्यालले सरकारलाई रुलिङ गरेका हुन् ।
सभामुख अर्यालले मनसुनजन्य विपद्का कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन सरकारलाई रुलिङ गरेका हुन् ।