Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मिड_डे_मील
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #सुनचाँदीकाे_मूल्य
  • #अमेरिका_ठगी
  • #बर्डफ्लु
  • #राष्ट्रिय_जनावर
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २९, २०८३

कास्की- मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल-विरेठाँटी-घान्द्रुक सडकमा यातायात बन्द भएको छ ।

अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो । सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन् ।

घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले सडक बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिए ।“खोलाले सडक बगाएकाले अहिले गाडी चलेको छैन । अधिकांश पर्यटक आफ्नै साधन लिएर आएकाले अहिले बाटो खुल्ने प्रतीक्षामा बसिरहनुभएको छ । साना साधनका लागि वैकल्पिक सडकको खोजी गरिरहेका छौँ,” गुरुङले भने ।

Hardik health

मोटरसाइकल र स्कुटरमा गएका पर्यटकहरुलाई घान्द्रुकबाट-खुलिबाङ-मोहरिया-तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकबाट यात्रा गराउनका लागि अहिले बाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले घान्द्रुक घुम्न गएका र एबिसी पदयात्रामा गएका पर्यटक समस्या परेपछि अहिले सडक खुलाउन स्थानीय प्रशासन, प्राविधिक टोली स्याउलीबजार पुगेको बताए । 

“समस्यामा परेका पर्यटकलाई वैकल्पिक सडक मर्मत गरेर आवतजावत गराउने कि भनेर छलफलमा छौँ । हाल पानी पर्न कम भएको र नदीको बहाव पनि घटेकाले सडक बगाएको स्थानमा एकतर्र्फी भए पनि यातायात चलाउन सकिन्छ कि भनेर प्रशासनसँग छलफल गरिरहेका छौँ,” गाउँपालिका अध्यक्ष केसीले भने । अन्नपूर्ण गाउँपालिका-११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर (एबिसी) र घोरेपानी-पुनहिल पदयात्राको प्रवेशद्वार पनि हो ।  
 


प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी
ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डंगाेल विजयी आइतबार, असार २८, २०८३
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा शनिबार, असार २७, २०८३
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता शुक्रबार, असार २६, २०८३
पर्यटन मन्त्रालयकाे  १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी बुधबार, असार २४, २०८३
आधुनिक बाल उद्यान
आधुनिक बाल उद्यान मंगलबार, असार २३, २०८३
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल सोमबार, असार २२, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP