Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
समाचार
  • Home
  • समाचार
  • मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार २८, २०८३

काठमाडौं- सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ का तयारी गरेको हो । 

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले डेङ्गी, औलो, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’को तयारी गरिएको बताए ।  उनले संघ, प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तरअनुसार तीनै तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

“रोगको नियन्त्रणमा पहिले भन्दा धेरै नै प्रगति भएको छ । मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न लागेका छौँ”, उनले भने, “सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल भइरहेको छ ।” राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेतना गराउन थालिएको जानकारी दिए । 

Hardik health

“हामीले रोग नै लाग्न नदिनका लागि सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सचेतना अभियान सञ्चालन गराउन सुरु गरेका छौँ”, उनले भने, “पहिलको तुलनामा सर्वसाधारणमा सचेतना बढेकाले रोगको प्रकोप पनि कम हुँदै गएको छ ।” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेण्ट फिजिसियन डा विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताए ।

उनले डेंगी हैजा, झाडापखला जस्ता रोग मनसुनमा बढी देखिने भएकाले सचेत रहन आग्रह गरे । महाशाखाका कीटजन्य शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानीजन्य रोगका प्रकोप बढी हुने भएकोले सचेत रहन आग्रह गरे। उनले मनसुन सुरु हुन साथ डेंगी संक्रमण बढन् बताए । 


प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने
प्रतिनिधिसभा बैठक सुरु, चार मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने मंगलबार, भदौ २, २०८३
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP