काठमाडौं - रास्वपा नेता बालेन्द्र (बालेन) सरकारविरुद्ध काठमाडौँको माइतीघरमा सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकारले ७८ दिनसम्म सुकुमबासी व्यवस्थापन गर्न नसकेको, गैरन्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले ‘दमन होइन न्याय दे’, अभियान्तामाथिको दम बन्द गर, होइन भने होस् गर’ जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।
सरकारले ७८ दिनअघि काठमाडौँको थापाथलीलगायतका स्थानबाट सुकुमबासीहरुलाई होल्डिङ सेन्टरमा राखेपनि स्थायी बन्दोबस्त गरेको छैन । जसका कारण पीडितहरू थप पीडा भोग्न बाध्य भएका छन् ।