विराटनगर - जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दा प्रहरी नियन्त्रणमा परेका २६ युवालाई रिहा गरिने भएकाे छ । आइतबार विराटनगर जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बस्दा प्रहरी नियन्त्रणमा परेका २६ जना युवालाई रिहा गरिनेमोरङका एसपी कविद कटुवालले बताएका हुन् ।
उनीहरूलाई कागज गराएर अभिभावकको जिम्मा लगाउने तयारी भएको एसपी कटुवालले बताए । प्रहरीको आवागमनमा अवरोध गरेकाले उनीहरूलाई राति नियन्त्रणमा लिएको उनले बताए ।एसपीकटुवालले भने, ‘बिहान सम्झाई बुझाई गर्दा आइन्दा यस्तो गर्दैनौँ भन्नुभयो । माफी मागेपछि कागज गराएर छाड्ने तयारी भएको छ ।’
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमबासी डुबानमा परेपछि उनीहरूलाई भेट्न पुगेका अन्सारीसहितका अभियन्तासँग हिजो प्रहरीको विवाद भएको थियो । सोक्रममा प्रहरीकट कुटाइबाट उनी घाइते भएका छन् । दसो घटनाको विरोधमा शनिबार साँझ विराटनगरका युवाहरू जिल्ला प्रहरी कार्यालयको गेटमा धर्नामा बसेका थिए ।