Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असार २७, २०८३

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएका दुई वटा कार्ययोजना अनुमोदन गरेको छ । मुख्यमन्त्री एवं परिषद्का अध्यक्ष कमलबहादुर शाहको अध्यक्षतामा आज धनगढीमा बसेको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना-२०७७ (पाँचौँ संशोधन-२०८३)’ र ‘बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५-२०३०)’ लाई अनुमोदन गरेको हुन् । 

कार्ययोजना पारित भएसँगै प्रदेशमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा अन्तरनिकाय समन्वय, जिम्मेवारीअनुसार भूमिका निर्वाह, स्रोतसाधन व्यवस्थापन र बहुप्रकोप पूर्वसूचनाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादनका लागि थप सहज हुने विश्वास गरिएको छ । यसका साथै बैठकले मनसुनजन्य प्रकोपका जोखिम न्यूनीकरण, प्रतिकार्यका लागि समन्वयात्मक रुपमा परिचालन र क्षेत्रगत जिम्मेवारी निर्वाह गर्ने समझदारीसमेत गरेको छ ।  परिषद्का अध्यक्ष शाहले सरकार र जिम्मेवार निकायमाथि कुनै प्रश्न नउठ्ने गरी विपद् प्रतिकार्यका लागि तयार रहन सम्बद्ध निकायलाई निर्देशन दिए । उनले तीन तहका सरकार र विपद्का क्षेत्रमा क्रियाशील विकास साझेदारसमेत मिलेर काम गर्नुपर्नेमा जोड दिँदै सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी तयार रहन आग्रह गरे । 

“सुरक्षा निकाय र हाम्रा अन्य संयन्त्रले पनि जोखिमयुक्त क्षेत्रको पहिचान गरेकै छौँ । त्यसमा पनि प्राथमिकता निर्धारण गरेर विपद् प्रतिकार्यका लागि तयार रहौँ”, मुख्यमन्त्री शाहले भने, “हाम्रो तयारी र क्षमताको प्रभाव विपद्का बेला देखिने हो । त्यसलै हाम्रो भूमिकामा कुनै प्रश्न नउठ्ने गरी मिलेर प्रभावकारी रूपमा काम गरौँ । प्रदेश सरकार र नेतृत्वका हिसाबले गर्नुपर्ने सबै सहजीकरणका लागि प्रदेश सरकार तयार छ । तपाईंहरू पनि सम्पूर्ण रूपमा तयार रहनुहोला ।" बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले जलवायु परिवर्तनको प्रभावले विपद्को प्रवत्तिमा पनि फेरबदल भइरहेकाले सोहीअनुसार प्रतिकार्य योजना बनाइनुपर्नेमा जोड दिए । 

उनले नीतिगत, संरचनागत र प्रक्रियागत सहजताका साथै विपद्का बहुआयामकि स्वरुपसँग जुध्न सबै मिलेर काम गर्नुपर्ने बताए । नेता भट्टले सुदूरपश्चिम प्रदेश आन्तरिक भूबनोट मात्र नभई अन्तरदेशीय अवस्थितिका कारणले पनि विपद्को जोखिममा रहेकाले त्यसलाई सम्बोधन गर्न तीनै तहका सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको धारणा राखे ।  बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी, सामाजिक विकासमन्त्री बेलबहादुर राना, प्रदेशका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशीलगायतले विपद्, यसबाट बच्ने उपायलगायत विषयमा आआफ्नो धारणा राखेका थिए । 

Hardik health

यसैगरी नेपाल प्रहरीका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीलगायतले सुरक्षा तयारी र आवश्यक बन्दोबस्तीका बारेमा जानकारी गराए । नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष दीलबहादुर बुढा, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, फिल्ड कार्यालय सुदूरपश्चिमका प्रमुख बैजयन्ती सिंह गिरी, नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यालयका कार्यकारी निर्देशक ज्योति भट्टलगायतले विपद् प्रतिकार्यका लागि पूर्वतयारीदेखि विपद्का समयमा उद्धार तथा राहत प्रदान गर्न आफूहरू सरकारसँगै रहेको बताए । 

कार्ययोजना अनुमोदनले समेटेका विषय  
अनुमोदित मनसुन पूर्वतयारी कार्ययोजनामा बाढी, पहिरो, डुबान, कटान, सडक अवरोधलगायत वर्षायाममा देखिने सम्भावित जोखिमहरूको पूर्वानुमान, जोखिम न्यूनीकरणका उपाय, तथा विपद्को अवस्थामा गरिने खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनासम्बन्धी स्पष्ट कार्यविभाजन समेटिएको छ । साथै आपत्कालीन अवस्थामा कुन निकाय कसरी परिचालित हुने भन्ने विषय पनि कार्ययोजनाले निर्दिष्ट गरेको छ ।

कार्ययोजना तयार गर्दा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४’, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६’, ‘राष्ट्रिय विपद् विपद् प्रतिकार्य कार्यढाँचा, २०७०’, ‘प्रादेशिक विपद् व्यवस्थापन योजना-२०७७’, ‘प्रदेश विपद् प्रतिकार्य कार्यडाँचा २०८०’, ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०७६’, तथा ‘प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७६’ ले निर्दिष्ट गरेको विषयहरूलाई आधार मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव पवित्राकुमारी पुरीले जानकारी दिए । उनले यससम्बन्धी प्रस्तुतीकरणसमेत गरेका थिए ।

त्यसैगरी, बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५-२०३०) ले प्रदेशभर प्रभावकारी पूर्वसूचना प्रणाली विकास र विस्तारमा जोड दिएको छ । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई मध्यनजर गर्दै मानव केन्द्रित पूर्वानुमान, सञ्चार संयन्त्र सुदृढीकरण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत जोखिम न्यूनीकरण गर्ने लक्ष्य लिइएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इञ्जिनियर सञ्जयकुमार साहले बताए । उनले सुदूरपश्चिममा विपद्को अवस्थाबारे प्रस्तुतीकरण गर्दै उनले दुवै कार्ययोजना पारित भएसँगै प्रदेशमा विपद् प्रतिकार्यका क्षेत्रमा थप प्रभावकारी काम गर्न सहज हुने धारणा राखे । 

 


प्रकाशित मिति: शनिबार, असार २७, २०८३  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आत्मदाहकाे प्रयास गरेका राउत र  मण्डलकाे आईसीयूमा उपचार हुँदै
आत्मदाहकाे प्रयास गरेका राउत र  मण्डलकाे आईसीयूमा उपचार हुँदै शनिबार, असार २७, २०८३
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै शनिबार, असार २७, २०८३
पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु
पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु शनिबार, असार २७, २०८३
पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र शनिबार, असार २७, २०८३
ट्रमा सेवा विस्तार र दुर्घटना उपचार सहज बनाउन प्रदेश सरकारको प्रतिबद्धता
ट्रमा सेवा विस्तार र दुर्घटना उपचार सहज बनाउन प्रदेश सरकारको प्रतिबद्धता शनिबार, असार २७, २०८३
आयुक्त डा जानकीकुमारी तुलाधर
आयुक्त डा जानकीकुमारी तुलाधर शनिबार, असार २७, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP