काठमाडौं- बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको आईसीयूमा उपचार हुँदैछ । शनिबार बिहान सवा ६ बजेतिर काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित एक घरमा डेरा गरी बस्दै आएका उनले आत्मदाहको प्रयास गरेका हुन्।
राउतले आफ्नै भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनको शरीरमा ५० प्रतिशत जलन रहेको एसपी पवन भट्टराईले बताए। घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
यसैगरी, सर्लाहीका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। उनलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो। अहिले कीर्तिपुरको बर्न अस्पतालको आइसियूमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।