Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
गणेश नेपालीको आत्मदाह प्रकरण वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असार २७, २०८३

 

काठमाडौं- बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअघि राइडर गणेश नेपालीले नगरप्रहरीसँगको सामान्य विवादपछि आत्मदाह गरे । मुगुको सोरु गाउँपालिकाका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएपछि देशको प्रणालीमाथि प्रश्नैप्रश्न उब्जिएको छ ।

 

sudan-gurung-1783747995.jpg
जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्विल लक गरेको होइन । कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा ? नगर प्रहरीले लगाएको छ । म विपक्षी दलका साथीहरूलाई, माननीयज्यूहरूलाई सोध्न चाहन्छु- स्थानीय सरकार कसको छ अहिले ? प्रदेश सरकार कसको छ अहिले ? दुई तहको सरकार त तपाईंहरूसँगै छ ।
सुधन गुरुङ
गृहमन्त्री

Hardik health


२०७९ माघ १० गते नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले यसरी नै आत्मदाह गरेका थिए । आचार्यको मृत्युपछि त्यतिबेला देशको प्रणालीमाथि प्रश्न उठेको थियो । सुशासन, भ्रष्टाचार, दण्डहीनता, युवालाई गरिने व्यवहारका कारण जनतामा आक्रोश छायो ।
यही आक्रोश अन्ततः जेन-जी विद्रोहमा फेरियो । सुशासन र देशको विकासका लागि भन्दै जेन-जी विद्रोहले राष्ट्रिय स्वतन्त्र पार्टीलाई झण्डै दुईतिहाइ मत दियो, फागुन २१ गतेको निर्वाचनले । उक्त निर्वाचनपछि बनेको बालेन्द्र शाह वालेन्द्र नेतृत्वको सरकारले १०० दिन मनाएको केही दिनमै गणेशले आत्मदाह गरेका हुन् ।

 

gyandra-shahi-1783747768.jpg
गृहमन्त्रीज्यू तपाईं गृहमन्त्री हो कि कन्टेट क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायकजस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो । साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो ।
ज्ञानेन्द्र शाही
नेता, राप्रपा

गणेशले गरेको विद्रोह सत्तामा बस्नेहरुका लागि सामान्य लाग्नु स्वाभाविक हो । तर अस्पतालहरु र उच्च सुरक्षा व्यवस्था भनिएको सहरमा मध्य दिनमै गणेशले न त उचित उद्धार पाए न त उचित उपचार नै । उनको उपचारका लागि भन्दै गृहमन्त्री सुधन गुरुङ वीर अस्पतालको आइसियू कक्षाबाहिर टाउको समाउँदै फनफनी घुमेको दृश्य सामाजिक सञ्जालमा देखियो । सुशासन स्थापनाका लागि थिति बसाल्नुपर्ने सरकारका मन्त्री पुरानै शैलीमा अस्पतालमा दबाब दिन पुग्नु आफैंमा लाजमर्दो विषय देखियो ।

यो विषयलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसद्मा खुलेर विरोध गरे । ‘गृहमन्त्रीज्यू, तपाईं गृहमन्त्री हो कि कन्टेट क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायकजस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो । साँच्चै उपचार गर्ने उद्देश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो,’ उनले भने ।

नयाँ सरकार पनि थिति बसाल्नेभन्दा पनि नायकत्व स्थापनातिरै लागेको शाहीको भनाइ थियो । ‘सरकार अर्बपतिलाई चाहिएको होइन, सरकार त निमुखा र अपहेलितहरूलाई चाहिएको हो । तर आज सरकारका ऐन, नियम र निर्णयहरू केवल हुनेखानेकै पक्षमा केन्द्रित छन्,’ शाहीले भने । गणेशले आत्मदाह गरेको भोलिपल्ट शुक्रबार सर्लाहीमा अर्का युवाले  आत्मदाह प्रयास गरेका छन् । गोडैता नगरपालिका-१० का विवेक मण्डललाई घाइते अवस्थामा सेनाको हेलिकोप्टरमार्फत काठमाडौंको कीर्तिपुर बर्न अस्पताल ल्याइएको छ । ३५ वर्षीय मण्डलले शुक्रबार पेट्रोल छर्केर आफैंलाई आगो लगाएका हुन् ।

एकपछि अर्को युवाले आत्मदाहको प्रयास गरेसँगै रास्वपा सरकारमाथि प्रतिप्रश्न उठेको छ- खै त शासन सुधारेको ? संघीय सरकारका गृहमन्त्री गुरुङले आफू पन्छिन सजिलो जवाफ दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री गुरुङले उल्टै प्रश्न गरे- स्थानीय सरकार कसको छ अहिले ?
गृहमन्त्री गुरुङले गणेशको बाइकमा ट्राफिकले ह्विल लक नगरेको दाबी गरे । ‘हाम्रो तीन तहको सरकार हुन्छ- एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार । जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्विल लक गरेको होइन । कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा ? नगर प्रहरीले लगाएको छ । म विपक्षी दलका साथीहरूलाई, माननीयज्यूहरूलाई सोध्न चाहन्छु- स्थानीय सरकार कसको छ अहिले ? राष्ट्रिय स्वतन्त्र पार्टीको छ ? यो प्रदेश सरकार कसको छ अहिले ? राष्ट्रिय स्वतन्त्र पार्टीको छ ? दुई तहको सरकार त तपाईंहरूसँगै छ ।’

गणेशको मृत्युपछि उठेको अर्को प्रश्न हो- राइड सेयरिङ कम्पनीको मनपरीतन्त्र । पठाओ, इनड्राइभ र याङ्गो तीन प्रमुख राइड सेयरिङ कम्पनीले गणेश आफ्नो प्रणालीमा ‘एक्टिभ’ नदेखिएको दाबी गरेका छन् । राइड सेयरिङ कम्पनीहरु आफ्नो रइडर दुर्घटनामा पर्नेबित्तिकै बिमाबराबरको रकम दिनबाट जोगिन यसरी पन्छिने गरेको पाइन्छ ।

गणेशको मृत्यु प्रकरणपछि देखिएको अर्को प्रवृत्ति हो- सुरक्षा निकाय र ट्राफिक व्यवस्थापनको कमजोरी । खासमा ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी सडक सुरक्षाको हो । यद्यपि, ट्राफिक प्रहरी ट्राफिक सुरक्षाभन्दा पनि कसरी नागरिकलाई दण्डित गराउने भन्ने ध्याउन्नमा लागेको हुन्छ ।  गणेश र नगर प्रहरीको विवादले पनि यो छर्लंग देखिन्छ । गणेश आफू दण्डित भएपछि उनले तिर्ने कर ट्राफिक प्रहरीकोमा नै पुग्छ । तर ह्विल लक लगाएपछि नगर प्रहरीसँग विवाद गरी आत्मदाह गरेका गणेशको मृत्युपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले कुनै जरिवाना नतिराएको दाबी गर्दै विज्ञप्ति नै निकालेको छ । ह्विल लक लगाएपछि जरिवाना गराउने प्रक्रिया सुरू भइसकेकोले ट्राफिक प्रहरी यसरी पन्छिन खोज्नु गैरजिम्मेवारीपन हो । प्रहरीले कि त न्याय सम्पादन आफ्नो कर्तव्य भन्न सक्नुपर्छ नभए यसरी विज्ञप्ति निकालेर भावनाको पछि दौडेर पन्छिन खोज्नु गम्भीर भूल नै हो ।  

सडक आन्दोलन सुरू
गणेशको निधन भएपछि माइतीघर, वीर अस्पताल र विभिन्न क्षेत्रमा नागरिकहरुले स्वतन्त्ररुपमा सरकारको विरोध सुरू गरेको छ । सरकारबाट वालेन्द्रको राजीनामा माग्दै उनीहरुले युवालाई रोजगारी, सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री वालेन्द्रको पुत्लासमेत दहन गरेका छन् ।

छानबिन समिति गठन
गृहमन्त्री गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । मन्त्री गुरुङले शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराएका हुन् । प्रतिनिधिसभाको बैठकमा गणेशको आत्मदाह र मृत्युको घटनाको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग सांसदहरूले गरेका थिए ।

सदनमा गृहमन्त्रीको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति
गृहमन्त्री गुरुङले सदनमा गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका छन् । उनले सुरुमा गणेशको उपचारका लागि विपक्षी सांसदहरूले भनेजस्तो कुनै लापवारही नगरेको दाबी गरे । ‘यो नियम-कानुन हामीले बनाएको हो ? तपाईंहरूले बनाएको, तपाईंहरूले कार्यान्वयन गर्न नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको हो । र, त्यही नियम-कानुनमा टेकेको हौं हामीले,’ गुरुङले भने ‘अहिले ब्ल्याक टिनको कुरा आइरहेछ । कालो सिसा लगायो । त्यो कालो सिसा बनाउने नियम हामीले कोरेका थियौं ? तपाईंहरूले कोर्नुभएको हो । त्यसलाई हामीले पालनामात्र गराएको । कति कुराहरू तपाईंहरूले जानेर पनि नबुझेको जस्तो गर्नुभएको हो कि ।’

उपचारका लागि भारत लैजान राज्यका सबै संयन्त्रहरू परिचालन गरे पनि सम्भव नभएको र चिकित्सकको निगरानीमै सबै कुरा भएको गुरुङको दाबी थियो । उनले संसद्मा प्रश्न उठेको विषयमा बोल्दै ‘सबै डाक्टर र विज्ञ भएको’ भन्दै व्यंग्य गरे । उनले आफू देश बनाउन आएको भन्दै ‘नेपाल रहे न हामी रहने हो’ भन्दै सांसदलक्षित टिप्पणी गरे । 

उनले ‘देश कसरी बनाउनुपर्छ थाहा छ’ भन्दै रातदिन नभनी काम गरिरहेको बताए । त्यस्तै गणेश नेपालीको हकमा पनि संघीय सरकारको नभई काठमाडौं महानगरपालिकाको दोष रहेको औंल्याए । ‘त्यही पनि त्यो जिम्मेवारी कसको थियो ? स्थानीय तहको सरकार कसको छ अहिले काठमाडौंमा ? तपाईंहरू आफैं भन्नुस् । स्थानीय सरकार कसको ? ह्विल लक लाको कसले ? हामीले भनिराख्नुपर्ने ? अनि त्यो दोष पनि हामीले भोग्नुपर्ने ? हामीले आफ्नो जिम्मेवारी निभाउँछौं । जोसुकैले गरेको होस् । आफूले अगाडि बढ्नुपर्छ । त्यसमा दोष लाउनु छैन । राज्यले गर्नुपर्ने कर्तव्य त यही त हो नि । आफ्नो नागरिकलाई जसरी भए पनि बचाउनुपर्ने । त्यो गर्छौं । ‘ताली’, तीन रात सुत्न नपरोस्, चार रात सुत्न नपरोस् । हामी सुत्दैनौं र आफ्नो नागरिकलाई बचाउँछौं । प्रयास गरेकै हो,’ गृहमन्त्री गुरुङले भने । 
 


प्रकाशित मिति: शनिबार, असार २७, २०८३  ११:२०
#गणेश नेपाली
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP