Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

काठमाडौं- कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित कृषक तथा स्थानीय समुदायको सुरक्षा र राहत मन्त्रालयको प्राथमिकतामा रहेको बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको उत्तर दिँदै उनले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक संरचना निर्माण, रोकथाम तथा संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी गराइन् ।

“मानव-वन्यजन्तु सहअस्तित्व कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि ४१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ”, उनले भनिन् ।  मन्त्री चौधरीले उक्त बजेटबाट पानीपोखरी निर्माण, सोलार फेन्स निर्माण, घाँसेमैदान विकास, वन्यजन्तु ह्यान्डलिङ तथा उद्धारसम्बन्धी उपकरण खरिद, खेतीयोग्य जमिन संरक्षणका लागि मेस वायर फेन्स निर्माण तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँग सम्बन्धित अन्य पूर्वाधार निर्माणलगायत प्रत्यक्ष परिणाममुखी कार्यक्रम सञ्चालनमा समेत खर्च गरिने बताइन् ।

“उक्त कार्यक्रम मध्यवर्ती क्षेत्रमा सञ्चालन हुने भएकाले मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ बमोजिम समुदायको क्षमता विकास, जीविकोपार्जन, संरक्षण सचेतना तथा सीप विकाससम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्नु कानुनी रुपमा अनिवार्य व्यवस्था रहेको छ”, उनले भनिन, “त्यसैले तालिम तथा गोष्ठीका लागि गरिएको बजेट व्यवस्था पनि कार्यक्रमको अभिन्न अङ्गका रूपमा समावेश गरिएको हो ।”

जलवायुका असर न्यूनीकरण कार्यक्रम उच्च प्राथमिकतामा
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण तथा प्राकृतिक स्रोतको संरक्षण नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै मन्त्री चौधरीले त्यस उद्देश्यका लागि राष्ट्रिय चुरे संरक्षण आयोजना बजेट उपशीर्षकअन्तर्गत ९७ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गरिन् ।

Hardik health

उक्त कार्यक्रममार्फत चुरे तथा तराई-मधेस क्षेत्रमा गल्छी तथा पहिरो नियन्त्रण, बाँध निर्माण, नदी तथा खोला किनारा संरक्षण, डाइक, स्पर तथा बायो इन्जिनियरिङ प्रविधिबाट नदी व्यवस्थापन, सिमसार संरक्षण तथा व्यवस्थापनलगायतका क्रियाकलाप सञ्चालन हुने उनले बताइन् ।

मन्त्री चौधरीले जलाधार संरक्षण तथा सिमसार व्यवस्थापन कार्यक्रम बजेट उपशीर्षकअन्तर्गत  २३ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गरिन् । “यस कार्यक्रममार्फत कोशी, गण्डकी, कर्णाली तथा महाकाली बृहत् जलाधार व्यवस्थापन केन्द्रबाट गल्छी तथा पहिरो नियन्त्रण, जलवायु उत्थानशील कृषि-वन प्रवर्द्धन, नदी तथा खोला किनारा संरक्षण, पानीमुहान संरक्षण, सिँचाइ स्रोत संरक्षण, पानी स्रोतको बहुउपयोग तथा जलाधार व्यवस्थापनसम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन हुनेछन्”, उनले भने ।

नेपाल सरकारले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण तथा जलाधारको दिगो व्यवस्थापनलाई आगामी दिनमा समेत उच्च प्राथमिकताका साथ अघि बढाउने मन्त्री चौधरीले प्रतिबद्धता व्यक्त गरिन् । यसैगरी, मानव-वन्यजन्तु सहअस्तित्व कार्यक्रम बजेट उपशीर्षकअन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि  ४१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् । उनका अनुसार यसमध्ये सरकारको तर्फबाट  १९ करोड ९४ लाख  रुपैयाँ तथा वैदेशिक अनुदानतर्फ २१ करोड १७ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।

बाँदरको समस्या समाधानका लागि अध्ययन समिति गठन
मन्त्री चौधरीले बाँदरबाट उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकारले सम्बन्धित निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन समिति गठन गरेको बताइन् । “उक्त समितिले पेस गरेको प्रतिवेदनका सिफारिसका आधारमा बाँदर व्यवस्थापन, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा कृषकको हित संरक्षणका कार्यक्रमहरू क्रमशः कार्यान्वयन गरिनेछन्”, उनले भनिन् ।

मन्त्रालयले कृषकको सुरक्षा, कृषि उत्पादनको संरक्षण तथा मानव-वन्यजन्तु सहअस्तित्वलाई सुदृढ बनाउने उद्देश्यका साथ आवश्यक नीति तथा कार्यक्रमलाई निरन्तरता दिने उनले उल्लेख गरिन् । मन्त्री चौधरीले वन डढेलो नियन्त्रणका लागि वन क्षेत्रबाट पातपतिंगर संकलन गरी कम्पोस्ट मल उत्पादन गर्ने, उत्कृष्ट किसानलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउने, वनजन्य जैविक पदार्थको उपयोग गरी कम्पोस्ट तथा प्रांगारिक मल उत्पादन गर्ने तथा परीक्षण कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको जनकारी दिइन् ।

“यसबाट वन क्षेत्रको सरसफाइ, वन डढेलो न्यूनीकरण, माटोको उर्वराशक्ति संरक्षण तथा रासायनिक मलमा निर्भरता क्रमशः घटाउँदै दिगो कृषि प्रणाली विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ”, उनले भनिन ।


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP