Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
समाचार
  • Home
  • समाचार
  • मर्यादित महिनावारी प्रवर्द्धन कार्यक्रम प्राथमिकतामाः मन्त्री वादी
मर्यादित महिनावारी प्रवर्द्धन कार्यक्रम प्राथमिकतामाः मन्त्री वादी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला तथा किशोरीलाई महिनावारी भएका बखत गरिने विभेद र हिंसा न्यूनीकरणका लागि छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ कार्यान्वयनमा रहेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उनले मन्त्रालयले मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशिकाको मस्यौदा तयार गरेको जानकारी दिइन् । मस्यौदामा मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी कार्यक्रम कार्यान्वयनको मार्गदर्शन, समन्वय तथा कार्यान्वयन तथा अनुगमनलगायतका विषयहरू समावेश गरिएको मन्त्री वादीले उल्लेख गरिन् ।

मन्त्रालयले तयार गरेको मस्यौदाउपर प्रदेशस्तरमा छलफल सम्पन्न भएको र प्रदेशस्तरको छलफलबाट प्राप्त सुझावअनुसार उक्त दस्तावेजलाई अन्तिम रूप दिइने व्यहोरा उनले सदनलाई जानकारी गराइन् । “मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा सामाजिक कुरीतिविरूद्धको सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट पाक्षिक रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ”, उनले भनिन् ।

Hardik health

मन्त्रालयले यही आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको अवगत गराउँदै उनले आगामी दिनहरूमा समेत मन्त्रालयले प्रदेश र स्थानीय तहमा समेत  मर्यादित महिनावारी प्रवर्द्धन तथा सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।
 


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ
नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ शुक्रबार, असार २६, २०८३
प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण शुक्रबार, असार २६, २०८३
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार शुक्रबार, असार २६, २०८३
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी शुक्रबार, असार २६, २०८३
‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’ :प्रतिनिधिसभा
‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’ :प्रतिनिधिसभा शुक्रबार, असार २६, २०८३
नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले
नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले शुक्रबार, असार २६, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP