Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रियसभाः नेपालीको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिइयोस्
राष्ट्रियसभाः नेपालीको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिइयोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि मृत्यवरण भएका गणेश नेपालीको परिवारलाई उचित राहत र क्षतिपूर्तिको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् । 

बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायाले नेपालीको उक्त घटना कसरी हुन गयो ? किन भयो ? भन्ने विषयमा सरकारले सत्यतथ्य छानबिन गरेर संसद्लाई जानकारी गराउन माग गरे। आत्मदाह गरेर मृत्युवरण गरेका नेपालीको परिवारको आर्थिक अवस्था दयनीय रहेकाले उनको परिवारलाई पालनपोषण र हेरचाहका लागि सरकारले आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गरे ।

सांसद मनरुपा शर्माले बिहीबार त्रिपुरेश्वरमा घटेको जस्तो घटना आगामी दिनमा दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने धारणा राखिन् । सांसद रुक्मणी कोइरालाले जनतामा आत्मदाह गर्नुपर्ने बाध्यता किन सृजना भइरहेको छ ? सोको जवाफ माग गरिन् । सांसद रेनु चन्दले सेवाप्रवाहका नाममा जथाभावी कर र दण्डको त्रास आमनागरिकलाई दिन नहुने भन्दै यसबारे सरकार गम्भीर बन्नुपर्ने बताइन् ।

Hardik health

सांसद पूजा चौधरीले कैलालीमा कार्यरत प्रहरी नायब उपरीक्षकले केही बोलेकै आधारमा स्पष्टीकरण सोध्नु न्यायोचित नहुने धारणा राखिन् । सांसद विष्णुकुमारी सापकोटाले हिजो त्रिपुरेश्वरमा भएको जस्तो घटना आगामी दिनमा दोहोरिन नदिन सरकार सचेत बन्नुपर्नेमा जोड दिइन् ।

सासंद विष्णुदेवी पुडासैनीले आगामी दिनमा राज्यको जरिवानाकै विष्णु नेपालीको जस्तो कसैको पनि ज्यान जान नहुने भन्दै यसका लागि सबैलाई मान्य हुनेगरी दण्ड, जरिवानाको व्यवस्था गर्न सरकारसँग माग गरिन् । सांसद विष्णुबहादुर विश्वकर्मा आगोले जलिरहेको मान्छेलाई अपराधी जसरी घिसारेर अस्पताल लगिएको भिडियो सार्वजनिक भएको बताउँदै यसबारे पनि सत्यतथ्य खोजी गरिनुपर्नेमा जोड दिए ।

सांसद श्रीकृष्णप्रसाद अधिकारी गरिब, निमुखा जनतालाई केन्द्रमा राखी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सांसद सावित्री मल्लले गणेश नेपालीले आत्मदाहको बाटो रोज्नुको कारणका विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिन् ।


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १६:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ
नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ शुक्रबार, असार २६, २०८३
प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण शुक्रबार, असार २६, २०८३
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार शुक्रबार, असार २६, २०८३
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी शुक्रबार, असार २६, २०८३
‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’ :प्रतिनिधिसभा
‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’ :प्रतिनिधिसभा शुक्रबार, असार २६, २०८३
नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले
नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले शुक्रबार, असार २६, २०८३
मर्यादित महिनावारी प्रवर्द्धन कार्यक्रम प्राथमिकतामाः मन्त्री वादी
मर्यादित महिनावारी प्रवर्द्धन कार्यक्रम प्राथमिकतामाः मन्त्री वादी शुक्रबार, असार २६, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP