काठमाडाैं - स्टन्टबाजी गर्न आएकाे हाेइन भन्दै भावुक हुँदै गृहमन्त्री सुदन गुरुङले बताए । प्रतिनिधि सभामा गृहमन्त्री सुदन गुरुङ भावुक हुँदै हामी काम गर्न आएकाे हाे ,स्टन्टबाजी गर्न नआएकाे बताएका हुन् ।
उनले भने ,'युवाहरुकाे आशा बाेकेर आएका छाैं । तपाइहरुकाे गल्तिले हामीले सिक्नुपर्ने । एक नागरिककाे लागि रातभर खट्याैँ । रातभर गणेश नेपालीकाे लागि उच्च सुरक्षाका साथ लागेका थियाैँ । '
गृहमन्त्री गुरुङले भने,'अगाडि जसरी बाेल्ने पछाडि के के बाेल्नु हुन्छ । मानिन्यज्यू जसरी अगाडि बाेल्नु हुन्छ, पछाडि त्यसरी बाेल्नुस् ।'
'टाफ्रिक रुल यसै बनेकाे हाेइन ।टाफ्रिकले चाहेर जरिवाना लगाउने हाेइन् । विधेयकविना कुनै रुल बन्दैन । के याे मैले सदनलाई सिकाउनुपर्ने । सबैले सदन उठाएर लाने हाेइन? उनले प्रश्न गरे । निर्मला पन्तकाे हत्यामा पनि राजनिति भएकाे छ । तपाइहरुलाई नै थाहा छ । नेपाल सरकारकाे तर्फबाट जति सक्छाैँ ,गर्छाैँ । '