Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
समाचार
  • Home
  • समाचार
  • एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।
प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो ।

गत भदौ र असोजमा एक-एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दुई, वैशाखमा चार र जेठ महिनामा तीन जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिए । हाईअल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा ५० वर्षदेखि ८४ वर्ष उमेर समूह पर्यटक तथा तीर्थयात्री रहेको उनले जानकारी दिए ।

गत आव २०८१/०८२ मा लेक लागेर नौ जनाको मृत्यु भएको थियो । त्यस आर्थिक वर्षमा पाँच भारतीय, तीन नेपाली र एक जना अमेरिक नागरिकले लेक लागेर ज्यान गुमाएका हुन् । मुस्ताङ पुगेका पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा मानवीय क्षति हुन पुगको हो । देश तथा विदेशका समथर ठाउँबाट हिमाली जिल्लामा यात्रा गर्ने पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युडका कारण अक्सिजनको लेवल कम भई लेक लाग्ने समस्या देखिन गरेको डा कँडेलले बताए ।

Hardik health

मुस्ताङ आउने पर्यटकमध्ये शारीरिक रुपले अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगका नियमित औषधि सेवन गर्ने पर्यटकलाई हाईअल्टिच्युडको जोखिम उच्च रहने गरेको छ । हाईअल्टिच्युडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय निकाय, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा पम्प्लेट वितरण लगायतका कार्य गर्दैआइरहेका छन् । 

म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि लेते, खन्ती, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथलगायतका स्थानमा हाईअल्टिच्युडसम्बन्धी सचेतनामूलक बोर्ड राखिएको छ । मुस्ताङ प्रवेश गर्ने पर्यटकलाई होल्डिङ गर्दै यात्रा गराउन पर्नेमा मुक्तिनाथ पु¥याइदा लेक लाग्ने जोखिम बढेको हो ।     अस्पतालले तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाईअल्टिच्युडका सम्बन्धमा समयमै ज्ञान दिलाउन पर्ने आवश्यकता औँल्याइएको छ ।

पर्यटकको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ ।  मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेष भुसालका अनुसार मुक्तिनाथ मन्दिरमा अक्सिजनसहित दुई जना हेल्थ असिस्टेन परिचालित भईरहेको जानकारी दिए ।
 


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'राष्ट्रियता र सीमा सुरक्षाको सवालमा सरकार गम्भीर छैन ' :सांसद लिम्बु सुब्बा
'राष्ट्रियता र सीमा सुरक्षाको सवालमा सरकार गम्भीर छैन ' :सांसद लिम्बु सुब्बा शुक्रबार, असार २६, २०८३
राष्ट्रियसभाको बैठक प्रारम्भ
राष्ट्रियसभाको बैठक प्रारम्भ शुक्रबार, असार २६, २०८३
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ :  सांसद सुब्बा
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ :  सांसद सुब्बा शुक्रबार, असार २६, २०८३
गाईलाई हटाएर राष्ट्रिय जनावर गैँडा बनाउने आयोगकाे प्रस्ताव
गाईलाई हटाएर राष्ट्रिय जनावर गैँडा बनाउने आयोगकाे प्रस्ताव शुक्रबार, असार २६, २०८३
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ :  प्रमुख सचेतक थापा
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ :  प्रमुख सचेतक थापा शुक्रबार, असार २६, २०८३
लागुऔषधसहित २० जना पक्राउ
लागुऔषधसहित २० जना पक्राउ शुक्रबार, असार २६, २०८३
प्रतिनिधि सभाको बैठक सुरु
प्रतिनिधि सभाको बैठक सुरु शुक्रबार, असार २६, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP