काठमाडौं - संघीय सांसदअन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ ।संघीय सांसदअन्तर्गत राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे माैखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।
त्यस्तै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन् ।
बैठकमा राष्ट्रिय समावेशी आयोगको आ.व. २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि सभामा छलफल हुने कार्यसूची रहेको छ ।