Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
समाचार
  • Home
  • समाचार
  • आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २६, २०८३

ललितपुर- आदिवासी जनजाति आयोगले संविधानमा अस्पष्ट प्रावधानलाई समयानुकूल परिमार्जन गर्दै समावेशी, न्यायपूर्ण र प्रभावकारी शासन व्यवस्था सुनिश्चित गर्न २५ बुँदे सुझाव सार्वजनिक गरेको छ ।

आदिवासी जनजाति आयोगले संविधान संशोधनका लागि तयार पारेका २५ बुँदे सुझाव सार्वजनिक गर्दै सङ्घीयता, समानुपातिक समावेशिता, गणतन्त्र, धर्मनिरपेक्षता तथा सांस्कृतिक विविधतालाई समावेश गर्दै आदिवासी जनजातिका संवैधानिक अधिकारलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । 

बिहीबार पुल्चोकमा  आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त संविधान संशोधनसम्बन्धी सुझाव मागका आधारमा आयोगले आफ्नो धारणा तयार गरी सरकारसमक्ष बुझाएको जानकारी दिए ।

Hardik health

अध्यक्ष थापामगरले नेपालको संविधान, २०७२ ले समेट्न नसकेका वा अस्पष्ट रहेका केही प्रावधानलाई स्पष्ट र पूर्ण बनाउन आवश्यक रहेको उल्लेख गर्दै ‘जेनजी आन्दोलन’ले समेत संविधान संशोधनको आवश्यकता उजागर गरेको बताए । उनले संविधान अपरिवर्तनीय दस्तावेज नभई समय, परिस्थिति, जनआकाङ्क्षा तथा सामाजिक-राजनीतिक परिवर्तनअनुसार परिमार्जन गरिनुपर्ने मूल कानुन भएको धारणा व्यक्त गरे ।

आयोगले आदिवासी जनजातिका लिपिमा लेखिएका सबै भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने, प्रदेश सरकारले तोकेका आदिवासी जनजातिका भाषामा राष्ट्रिय गान गाउन सकिने व्यवस्था गर्नुपर्ने, प्रत्येक समुदायको भाषा र संस्कृतिको संरक्षणको जिम्मेवारी राज्यले नै लिनुपर्नेलगायतका सुझाव दिएको छ ।

त्यसैगरी, स्वायत्त क्षेत्रलाई पनि सरकारको एउटा तहका रूपमा संवैधानिक मान्यता दिनुपर्ने, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा उपाध्यक्षजस्ता उच्च संवैधानिक पदमा फरक–फरक लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेको छ । आयोगले ती पदहरूमा खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित वा मुस्लिम समुदायबाट क्रमशः प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

त्यस्तै, राष्ट्रियसभामा आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, आदिवासी जनजाति आयोगको नाम परिवर्तन गरी ‘राष्ट्रिय आदिवासी जनजाति आयोग’ राख्नुपर्ने तथा आयोगका काम, कर्तव्य र अधिकार संविधानमै स्पष्ट  छ ।


प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १०:३८
#आदिवासी_जनजाति_आयोग
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वालेन्द्र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न
वालेन्द्र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न शुक्रबार, असार २६, २०८३
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान शुक्रबार, असार २६, २०८३
‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक
‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको सँगालो’ सार्वजनिक बिहीबार, असार २५, २०८३
अन्तरदेशीय ऊर्जा ‘कनेक्टिभिटी’ नेपालको उच्च प्राथमिकताः मन्त्री श्रेष्ठ
अन्तरदेशीय ऊर्जा ‘कनेक्टिभिटी’ नेपालको उच्च प्राथमिकताः मन्त्री श्रेष्ठ बिहीबार, असार २५, २०८३
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने
सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने बिहीबार, असार २५, २०८३
आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने
आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP