काठमाडौं- नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सांसद बोलिरहँदा बीचबाट हिँडेकोमा आपत्ति जनाएकी छन् ।बिहीबार प्रतिनिसभाको बैठकको विशेष समयमा कांग्रेस सांसद शुसीला ढकाल र एमाले सांसद क्षितिज थेबे बोलिरहँदा सत्तापक्षका सांसदहरू बीचबाट हिँडेकोमा उनले आपत्ति जनाएकी हुन् ।
उनले नियम २० को ६ मा सभामुख र सांसद बोलिरहँदा बीचबाट हिँड्न नपाइने व्यवस्था रहेको सम्झाइन् । “बारबार स्क्रिन छोप्ने गरी नै बाटो हुँदाहुँदै माननीयज्यूहरू सभामुखज्यू र बोलिराख्ने माननीयज्यूको बीचबाट आवतजावत गरिराख्नुभएको छ । त्यसमा मेरो घोर आपत्ति छ,” उनले बताइन् ।