Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
समाचार
  • Home
  • समाचार
  • कृषि, स्वास्थ्य, सडक सुधार र विस्तारमा सांसदको जोड
कृषि, स्वास्थ्य, सडक सुधार र विस्तारमा सांसदको जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

काठमाडौं- प्रतिनिधिसभामा सांसदहरुले साना तथा मझौला उद्योग प्रवर्द्धन, स्वास्थ्य, कृषि क्षेत्र, खानेपानी, सडक, वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या तथा जङ्गली हात्ती नियन्त्रण, विद्युत् पहुँच विस्तारलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले सार्वजनिकस्थलमा धुम्रपान निषेध, सीमा भन्सारको स्तरोन्नति, पार्किङ शुल्क र वैदेशिक रोजगारीमा हुने गरेको ठगीलगायतका विषय उठाए ।    

सांसद अनुष्का श्रेष्ठले साना तथा मझौला उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेकाले त्यस्ता उद्योग  व्यवसायलाई सरकारी सहयोग, तालिम तथा नीतिगत विषयमा सहयोग र सहजीकरण आवश्यक रहेको बताइन् । सांसद अभिषेकप्रताप शाहले लुम्बिनी प्रदेशको कृष्णनगर भन्सारको स्तरोन्नति गर्न माग गरे । सांसद अम्बिकादेवी सङ्ग्रौलाले संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले सोअनुसार नागरिकले सेवा पाए/नपाएको बारेमा स्वास्थ्य संस्थाको नियमित अनुगमन आवश्यक रहेको बताइन् ।

सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे ।  सांसद आकृति अवस्थीले सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् । सांसद आनन्दबहादुर चन्दले वैज्ञानिक कृषि ज्ञानको अभाव र मलको असन्तुलित प्रयोगले कृषि उत्पादन प्रभावित भएकाले माटो परीक्षण, मलको प्रयोगका सम्बन्धमा तालिम आवश्यक रहेको बताए ।

Hardik health

सांसद आरेन राईले खोटाङ-भोजपुर सडकखण्डको पुनर्निर्माण गर्न माग गरे ।  सांसद आशा झाले साना संस्थालाई पूर्ण लेखा परीक्षण गर्नै पर्ने हालको प्रावधानमा संशोधनको आवश्यकता औँल्याइन् । सांसद आशिष गजुरेलले भौतिक पूर्वाधारण निर्माणका क्षेत्रमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए। सांसद आशिका तामाङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन सरकारसँग आग्रह गरिन्। सांसद उत्तमप्रसाद पौडेलले सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिए । 

सांसद एशुदाकुमारी बरालले कर्णालीका सडक यातायात सेवालाई सुरक्षित तुल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सांसद ओजस्वी शेरचनले स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्न स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।  कमल सुवेदीले वैदेशिक रोजगारीमा जाने नेपाली ठगीमा पर्ने क्रम बढेकाले प्रभावकारी नियमनको नीति अवलम्बन गर्न आग्रह गरे । सांसद करिष्मा कठरियाले वर्षायामको मध्य समय भइसकेकाले धान रोप्ने किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग माग गरिन्।

सांसद कविन्द्र बुर्लाकोटीले गोरखाको अजिरकोट र सिरानचोक गाउँपालिकालगायतका क्षेत्रमा धारा भए पनि पानी नआउने समस्या रहेकाले त्यस क्षेत्रमा देखिएको खानेपानी संकट समाधान गर्न आग्रह गरे।  सांसद कामिनी कुमारीले जलेश्वर अस्पतालको स्तरोन्नति गर्न माग गरिन्।  सांसद कुलभक्त शाक्यले मेलम्ची खानेपानी आयोजना बन्द भएपछि काठमाडौँ उपत्यकामा खानेपानी संकट बढेको भन्दै वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरे । 

सांसद कुसुम महर्जनले सिंहदरबारस्थित राष्ट्रिय सम्पत्तिको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन् ।  सांसद खगेन्द्र कर्णले जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो वर्षमा धेरै जनधनको क्षति भएकाले यसको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन आग्रह गरे। सांसद खडकबहादुर बुढाले कर्णाली प्रदेशमा विद्युत् पहुँच विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए ।  सांसद गजाला शमीम मिकरानीले अहिले मध्य बर्सातको समय रहेकाले विपद् व्यवस्थापनको पूर्वतयारीमा रहन सरकारलाई सुझाव दिए। 
 


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सांसद बोलिरहँदा बीचबाट हिँडेकोमा कांग्रेसकी सांसद यादवकाे आपत्ति
सांसद बोलिरहँदा बीचबाट हिँडेकोमा कांग्रेसकी सांसद यादवकाे आपत्ति बिहीबार, असार २५, २०८३
चिया प्रशोधन उद्योग क्षेत्रमा ‘भूमिका’
चिया प्रशोधन उद्योग क्षेत्रमा ‘भूमिका’ बिहीबार, असार २५, २०८३
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री बिहीबार, असार २५, २०८३
रास्वपा सांसद बानुले  औँल्याइन् सरकारको गम्भीर कमजोरी
रास्वपा सांसद बानुले औँल्याइन् सरकारको गम्भीर कमजोरी बिहीबार, असार २५, २०८३
राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ : सांसद प्रमेशकुमार हमाल
राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ : सांसद प्रमेशकुमार हमाल बिहीबार, असार २५, २०८३
संसदमा सुनाइयाे शिक्षा मन्त्रालयकाे  सय दिनका उपलब्धी
संसदमा सुनाइयाे शिक्षा मन्त्रालयकाे सय दिनका उपलब्धी बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP