काठमाडौं - प्रतिनिधिसभाकी सांसद नितिमा भण्डारी कार्कीले देशमा गोली चल्ने र कुटपिटका घटना सामान्य बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पछिल्लो समय देशको शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन्।
शान्ति सुरक्षा कायम गर्नु राज्यको पहिलो दायित्व भएको बताउँदै उनले यस्ता घटनामा सरकारले, विशेषगरी गृहमन्त्रीले, के–कस्ता कदम चालेका छन् भन्ने प्रश्न उठाइन्।
सांसद कार्कीले देशभरका नागरिकले सुरक्षित महसुस गर्ने वातावरण सिर्जना गर्न प्रभावकारी सुरक्षा व्यवस्था अपनाउन सरकारसँग आग्रह गरिन्।