काठमाडौं - सभामुख डिपी अर्यालले एमाले सांसद राजेन्द्र राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। सांसद राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भन्दै प्रश्न सोधेका थियो।
राईले भनेका थिए, ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईंले कुरा सुन्न पर्दैन?’ यो अभिव्यक्तिपछि सदनमा विवाद उत्पन्न भएको थियो।
१५ मिनेट स्थगित भएपछि बसेको बैठकमा सभामुखले सांसद राईको सबै अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिए